क्यामेरा पछाडिका नायक करण, जसले 'उही खोलीमा पानी'देखि बोलमाया र गलबन्दीसम्म खिचे

प्रदिप अधिकारी
प्रदिप अधिकारी

अधिकारी लोकान्तरका लागि मनोरञ्जन र खेलकुदमा कलम चलाउँछन् ।

हामी लोकगीत सुन्छौं, हेर्छौं । आनन्द लिन्छौं । फिल्म हेर्छौं, कथा बुझ्छौं । तर तिनै गीत तथा फिल्मका कथा खिच्नेलाई खासै महत्त्व दिँदैनौं । दृश्यलाई क्यामेरामा कैद गर्ने 'लुकेका हिरो'लाई खोज्दैनौं ।

गीत राम्रो हुनलाई पहिला स्वर, शब्द र संगीतको तालमेल मिल्नुपर्छ भनिन्थ्यो । अहिले भिडियो पनि थपिएको छ ।


Advertisement

यतिबेला लोकगीतका भिडियो खिच्ने चल्तीका क्यामेराम्यान हुन्- करण चैसिर ।

लोक दोहोरी क्षेत्रमा चल्तीका क्यामेराम्यान करण पहिला मेकअप म्यान थिए ।


Advertisement

दार्चुलाका करण ८ पछि भारत गए । उतै पढे । मेट्रिक पास गरे । पछि नेपाल फर्केर पुन: पढाइ शुरू गर्न खोजे । तर उताको सर्टिफिकेटले यता काम गरेन । त्यसपछि करणमा पढ्ने 'मूड' हट्यो ।

काठमाडौंमा उनको अंकलले डीजी फिल्मस् चलाएर बसेका थिए ।

उनले शुरूआती संघर्ष सम्झिए, 'अंकलले हाम्रोमा मेकअपम्यान छैन भन्नुभयो । मेकअप सिक्नका लागि ओके भएँ ।'

सिक्ने त सिक्ने तर कसरी ? उनको मनमा ठ्याक्कं यही प्रश्नले डेरा जमायो ।

'हरेक ठाउँमा पैसा चाहिन्छ । सिक्नका लागि पैसा थिएन,' उनले भने । करण शिवन पोखरेललाई गुरु मान्छन् । किनकी शुरूआती दिनमा उनैले करणलाई सहयोग गरे ।

'हामी पूर्व शूटिङका लागि गएका थियौं । तर अंकलले गाडी भाडामा २ सय खर्च हुने भएकाले यसले यहिँ सिक्छ भन्नुभएको थियो । तर शिवन सरले होइन म लिएर जान्छु भन्नुभयो,' उनले सिकाइका दिन सम्झिए, 'सिकाइका दिन सम्झिए उनले, 'मलाई शुरूशुरूमा रामशरण जिरेल, कृष्ण कँडेल तथा चन्द्र लामा दाइले मेकअप सिकाउनुभयो । दुई/तीन महिना मेकअप गरेँ । अनि यो फिल्डमा एकदमै चासो लाग्न थाल्यो ।'

*****

अरूले भिडियो खिच्दा उनी चासो दिएर हेर्थे । तर हेर्दा पनि उनले गाली खाएछन् । भन्छन्- के हेरेको छस् ? क्यामेरा हेर्दा पनि के हेरेको भनेर हप्काउँथे । कसरी खिच्छ यसले भनेर बडो नियाल्थेँ । यसैगरी सिक्दै गएँ ।

विसं २०६३ सालमा भिडियो खिच्न ब्रेक चाहिँ उनलाई कुमार केसीले दिएका रहेछन् ।

४०० डी  क्यामेरामा यो गर्दा यस्तो हुन्छ, भन्दै उनलाई नवराज सुवेदीले सिकाउँथे रे ! 'अलि गाह्रो थियो त्यो क्यामेरा चलाउन । फिल्टरहरूको आइडिया चाहिँ अर्जुन तिवारी दाइले दिनुहुन्थ्यो,' सफलतामा पछाडिका नाम लिन्छन् उनी ।

*****

लोक दोहोरी क्षेत्र नै छोडेर उनी भारतको लेलकदाक हानिए । दुई महिना उतै बसे । उनी पहिला क्रिकेट खेल्थे । चिसोले गर्दा पहिला गेम खेल्दा लागेको छातीको चोट बल्झियो । त्यसपछि मुम्बईमा बस्ने ज्वाइँलाई भने- त्यहाँ कोही मानिस चाहिएको भए खबर गर्नु । मैले क्यामेरा चलाउन जानेको छु ।

मुम्बईमा काम पक्का भयो । महिनाको १५ हजार भारु तलब हुने भयो । काम गर्न थाले । काम गर्दागर्दै एउटा सिरियल पनि खिचे । 'त्यतिखेरसम्म नेपालमा एचडी सिस्टम प्रयोग भएको थिएन,' उनले भने, 'नेपालमा सेभेन डी, फाइभ डी आएको थियो तर फोटो प्ले गरेर काम हुन्थ्यो । शिवराय फिल्मस्मा १० महिना काम गरेँ ।'

त्यो समयमा उनले मैले फाइभ डी र सेभेड डी क्यामेरा चलाउन जानिसकेका थिए ।

त्यसपछि एउटा फिल्म खिच्ने भनेर नेपाल आए । तर केही कारणले पछि फिल्म खिचेनन् । त्यसपछि तीजको भिडियो खिचे ।

एकदिन कुमार केसीले भनेछन्- इमर्जेन्सी छ, आज शूटिङ गर्न सकिन्छ ?

उनले 'हुन्छ' भने ।

४०० क्यामेराले खिचे । फेरि कुमारले एउटा भिडियो फाइभ डीले खिचौं न भने । खिचे पनि । त्यसपछि एचडीमा आउटपुट राम्रो आएको उनको टीमले ठहर्‍यो ।

बासु बराललाई मैले सेभेन डी क्यामेरा किन्न लगाए । भन्छन्, 'क्यामेरा किन्न जाँदापनि दोहोरी खिच्ने टप क्यामेराम्यानहरूले भन्थे- ह्या यो क्यामेरा नि चल्छ र ?'

त्यो बेलामा कपिल लामाले उसको खुबी हो गर्छ भने किनोस् त भनेका थिए रे ! 'कसैले पनि त्यो क्यामेरा चलाउँदैन थिए । मैले जबरजस्ती दोहोरीमा धकेलेको हो,' उनको दाबी छ ।

त्यसपछि प्रविण भट्ट र उनको टीमवर्क भयो । त्यसपछि आफूहरूले रिक्सी काम पनि गर्न थालेको उनले बताए । भन्छन्, 'कुनै कुरामा पनि कम्परमाइज नगरी काम गर्न थाल्यौं ।'

काम गर्दागर्दै उनीहरू चाहना फिल्मस्‌सँग जोडिए । जसले गर्दा टीभीका कार्यक्रममा आफूले खिचेका अधिकांश गीतहरू बज्थे । त्यसपछि करण हिमसम्झौता डिजिटलमा जोडिए ।

गीतहरू फरक-फरक तरिकाबाट खिच्न प्रकाश भट्टले सिकाएको उनले बताए । 'त्यसपछि साई भिजनका प्रकाश भट्टसँग जोडिन पुगेँ म । हरेक गीत खिच्ने शैली फरक हुन्छ । कुन गीत कसरी खिच्ने भन्ने कुरा मलाई प्रकाश भट्टले सिकाउनुभयो । कौडा र सालैजो गीत खिच्ने अरूभन्दा अलग स्टाइल हुन्छ ,' उनले थपे ।

*****

विगत दुई वर्षदेखि करण प्रकाश सपुतसँग सहकार्य गर्दै आएका छन् । 'उहाँले मलाई पहिलो प्राथमिकता दिनुहुन्छ । उहाँले टाइम के छ भन्नुहुन्छ । मैले टाइम भ्याउँछु भनेपछि हामी कामका लागि ओके हुन्छौं,' उनले सुनाए ।

अहिलेसम्म आफूले लगभग ८ हजार गीत खिचेको बताउँछन् । तर यति नै गीत खिचेको भन्ने तथ्यांक उनीसँग छैन ।

हिट क्यामेराम्यान हुँ भन्ने लाग्दैन?

उनले जवाफ दिए, 'क्यामेराम्यान भएँ भनेर अहिले पनि लागेक छैन । लगभग ८ हजार गीत खिच्दा पनि मलाई प्रोफेसनल क्यामेराम्यान हुँ जस्तो लाग्दैन । भोलि अर्को प्रविधि सहितको क्यामेरा आउन सक्छ । त्यसको लागि त म सिकारु हो नि । अहिले बजारमा चलेका क्यामेराका लागि चाहिँ म अभ्यस्त भएको छु । म सेट क्यामेराम्यान हुँ भन्न रुचाउँदिनँ ।'

उनले छाती चिरेर हेर सानु, दामी देखिन्छ, उही खोलीमा पानी, बोल माया, गलबन्दी, दोहोरी ब्याटल, चौतारीको बर, बत्ती बाल्न पर्दैन, कपलु कोरेर, बैनी झ्यालैमा जस्ता हिट गीत खिचेका छन् ।

अनि दु:ख नि?

उनी क्यामेराम्यानका दु:ख मान्छेहरूले नबुझ्ने बताउँछन् ।  'एकदमै दु:ख छ । मान्छेले बुझ्दैनन् । हेर्दा वाह हुन्छ । सानो कुरा मिस्टेक हुँदा पनि ह्या त्यसले यस्तो खिचिदिएछ भन्छन्,' उनी सुनाउँछन्, 'कुनै बेला खान पाउँदैन । कुनै बेला सुत्ने ठाउँ पाइँदैन ।'

जति दु:ख पाए पनि क्यामेरा चलाउन थालेपछि त्यो भुलाइदिने उनी बताउँछन् ।

प्रदिप अधिकारी
प्रदिप अधिकारी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्