मंसिर १४, २०८०
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
सरकारी जागिरप्रति युवामा आकर्षण बढ्दो छ । युवाको निजामती, शिक्षक तथा सेनाप्रहरीदेखि बैंकिङ क्षेत्रमा जागिर गर्ने चाहना दैनानुदिन बढ्दो छ । तर कतिपय व्यक्तिहरू यस्ता पनि छन् जो सरकारी जागिर छाडेर कृषि तथा पशुपालनमा लागेका छन् ।
प्रदेश पाँचको प्यूठान जिल्लाका एक युवा स्थायी शिक्षण पेशा त्यागेर बाख्रा पालनमा रमाएका छन् । प्युठानको माण्डबी गाउँपालिका–२ का दलबहादुर खत्रीले शिक्षण पेशा त्यागेर ८ वर्षदेखि व्यावसायिक बाख्रापालन गरी प्रदेश पाँचमै उदाहरण बनेका छन् । खत्री प्रदेशमै कृषि कर्ममा लाग्नेहरूका लागि प्रेरणाका स्रोत बनेका छन् । तर उनको बाख्रापालनमा लाग्नुपर्ने कारण भने पृथक छ ।
शिक्षण पेशा छाडेर सिंगापुरदेखि–बहराइनसम्म
२०४६ सालदेखि प्युठानकै सुधा मावि झ्यालनेटामा पठाउने थाले, २०४८ सालमा उनको पढाउँदै शिक्षा सेवा आयोगको परीक्षा दिएपछि प्रावि तहको स्थायी शिक्षकका नाम निस्कियो । पढाउँदै गए । प्रावि तहको शिक्षण पेशाको तलबले सात जनाको परिवारको पालनपोषण गर्न पुगेन । तलबले नधानेपछि पारिवारिक समस्याले थिच्दै लगेपछि वैदेशिक रोजगारमा जाने सोच बनाए ।
नेपालगञ्जका एक जना एजेन्टमार्फत उनी पर्यटक भिषामा सिंगापुर पुगे । तीन लाख रुपैयाँ खर्च गरेर सरकारी जागिर चटक्कै छाडेर २०५२ सिंगापुर हानिएका खत्री उतै पक्राउ परे । भिटिज भिषामा गएका उनलाई काम गरेको भन्दै प्रहरीले २८ दिन हिरासतमा राख्यो । त्यसपछि उनी घर फर्काइए । उनले पढाउँदै गरेको विद्यालयमा अन्य शिक्षक नआएको भएपछि पुन: अध्यापन गराउन लागे । खेतीपाती गर्दै पढाए ।
विदेशको भूतले उनलाई छाडेको थिएन । २०६८ मा आकर्षक तलम मासिक ५० हजार कमाई हुने कम्पनीमा पठाइदिन्छु भन्दै दलालको सम्पर्कमा उनी पुगे । मासिक ५० हजार रुपैयाँ कमाई हुने भन्दै बहराइन पुगेको उनलाई जम्मा १५ हजार तलब हुने कम्पनीमा काम लगाइयो । दोस्रो पटकको वैदेशिक यात्राले पनि उनलाई धोका दियो । एक महिनामै पुन: स्वदेश फर्किए । उनले दह्रो अठोट लिए- अब देशमै केही नमूना काम गरेर देखाउँछु ।
२०६९ मा गाउँमै लेकाली बाख्रापालन तथा दाना उद्योग दर्ता गरेर व्यावसायिक बाख्रापालन शुरू गरे । १० लाख रुपैयाँ कृषि विकास बैंकबाट ऋण लिएर उनले ५९ वटा पाठा/पाठीबाट शुरू गरेको उनको फर्ममा अहिले ३ सय ५० भन्दा बढी बाख्रा छन् । ‘धादिङको बाग्मती बाख्रा फर्मबाट मैलै बाख्राका पाठा ल्याएर बाख्रापालन शुरू गरे । अहिले यसैमा खुशी छु ।’
‘मलाई सरकारी जागिर भन्दै केही व्यवसाय गरौं भनेर सरकारी शिक्षण पेशा छाडेर बाख्राको गोठालो भएको छु । पेशाभन्दा परिश्रममा रमाएर सन्तुष्ट छु,’ मुस्कुराउँदै खत्रीले भने । उनको फर्ममा अहिले व्यवासिक पालनका लागि बाख्रा किन्नेहरूको भीड लाग्ने गर्छ । उनले पाठी प्रतिकेजी १३ सय र पाठा बियाठेका लागि १५ सय रुपैयाँ केजीमा बिक्री गर्ने गर्छन् । पाठापाठी किन्न रोल्पा, बाग्लुङसम्मबाट किसानहरू आउने गर्छन् । ४८ वर्षीय खत्रीको काममा श्रीमती छोराछोरीले पनि साथ दिएका छन् ।
कामको खोजीमा विदेश जाने खोज्नेहरूलाई देशमै केही गर्न सुझाव दिन्छन् । ‘म दुई-दुई पटक विदेश जाँदा ठूलो दुःख पाएँ । अन्य नेपाली युवाको पनि यही हालत हुँदो हो । जाँगर र आँटका साथ काम गरे नेपालमै सुन फलाउन सकिन्छ,’ खत्री भने । आफ्नै गाउँठाउँमा मेहनत गरेमा आर्थिक रूपमा बलियो हुन विदेश जान नपर्ने भन्दै उनले आत्मनिर्मर बन्न चाहनेहरूका लागि बाख्रापालन राम्रो विकल्प रहेको बताए ।
बोयर बाख्राको केन्द्र बन्दै फर्म
शुरूका दुई वर्ष राम्रो कमाई हुन नसके पनि पछिल्ला वर्षहरूमा उनले वार्षिक १२ देखि १८ लाखको कमाई गर्दै आएका छन् । उनको फर्ममा अहिले बोयर, क्रस, साना र खरी जातका बाख्रा छन् । उनीको दैनिकी बाख्राको रेखदेख र सुसारमा बित्छ । खत्री अहिले आफ्नो फर्मलाई बोयर बाख्रा उत्पादनको केन्द्र बनाउने अभियानमा जुटेका छन् ।
उनी योजना सुनाउँछन्, 'अबको एक वर्षमा फर्ममा पाँच सय बाख्रा पुर्याउँछु र यहाँ बोयर बाख्रा उत्पादनको कन्द्रको रूपमा विकास गर्ने अभियानका साथ जुटेको छु ।’ उनी जिल्लाकै पहिलो व्यावसायिक बाख्रा पालन गर्ने पहिलो किसान पनि बनेका हुन् । अहिले उनको सिको गर्दै ९ वटा व्यवसायिक बाख्रा फर्म सञ्चालनमा आएका छन् । उनको फर्मका लगानी ५० लाख रुपैयाँ पुगेको छ । परम्परागत अनुसार बाख्रापालन राम्रो नहुने उनी बताउँछन् । 'आधुनिक प्रविधिका खोर बनाउनुपर्छ । खोरमा बाख्रालाई चिसो नभेट्ने खालको बनाउनुपर्छ । दाना पानी समय समयमा दिनुपर्छ,' उनी भन्छन् ।
उत्कृष्ट कृषकको रूपमा राष्ट्रपतिबाट सम्मानित
खत्रीको फर्म हेर्न आउनेको अहिले दैनिक ओइरा लाग्ने गरेको छ । उनीसँग बाख्रापालनबारे बुझ्न दैनिक ५/७ जना भेट्न आउने गर्छन् । ‘म घरबाहिर खासै हिँड्दिनँ । यहाँ बाख्राको दाना कसरी खुवाउने, खोरको व्यवस्थान कसरी गर्ने, डाले घाँस कस्तो लगाउने भन्ने बुझ्न दैनिक पाल्पा, दाङ, रुकुम रोल्पासम्मका किसानहरू आउने गर्नुहुन्छ,’ उनले भने ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट उत्कृष्ट किसानको रूपमा पुरस्कृत समेत भएका छन् उनी । किसानका लागि उन्नत बीउबिजन कार्यक्रमले उनलाई उत्कृष्ट कृषकको रूपमा सम्मान गरेको हो । त्यस्तै प्यूठान उद्योग वाणिज्य संघले पनि आफूलाई समान्न गरेको खत्रीले स्मरण गरे । पाठपाठी बिरामी नहुन् भनेर उनी भेटेरीनरी डक्टरसँग पनि निरन्तर छलफल गर्ने गर्छन् ।
६ जनालाई रोजगारी
उनका फर्ममा अहिले ६ जना कामदार पनि छन् । उनीहरू बाख्राको रेखदेख गर्नेदेखि दानापानी र डाले र भुईं घाँसमा खटिन्छन् । बाख्राका लागि डाले घाँस पनि उनले आफ्नो पाखो पखेरामा लगाएका छन् । उनले दश बिघा क्षेत्रफलमा घाँस लगाएका छन् । केही कामदार बाख्रा चराउन पनि लैजान्छन् कोही घास तयार पार्छन् कोही दाना बनाउन जुट्छन् । राज्यले खत्रीजस्ता युवालाई कृषि र पशुपालनमा लाग्न प्रोत्साहन गर्न सकेमा दश समृद्धिको बाटोमा जान ढिलाई हुँदैन ।
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...