×

NMB BANK
NIC ASIA

अपराधमा अन्तर्राष्ट्रिय सञ्जाल

मृत्युदण्डको कानून नहुँदा लागूऔषध तस्करको रोजाइमा नेपाल

पुस १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

पछिल्लो समय नेपाल लागूऔषधको ‘ट्रान्जिट पोइन्ट’ बनेको छ ।

Muktinath Bank

नेपाललाई ट्रान्जिट बनाएर अन्य मुलुकमा ओसारपसार हुने गरेको देखिएको आगूऔषध नियन्त्रण ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेश अमात्यले स्वीकार गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत आइतवार पत्रकार सम्मेलनमा बोल्दै डीआईजी अमात्यले भने, ‘नेपालमा महंगो लागूऔषधको खपत हुँदैन, कोकिन जस्ता लागूऔषध विदेशमा प्रयोग हुने हो । नेपाल ट्रान्जिट मात्र भएको देखिन्छ ।’


Advertisment
Nabil box
Kumari

पुस ९ गते प्रहरीले ६ किलो लागूऔषध कोकिनसहित ४ जना विदेशी नागरिकलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो । पक्राउ परेका विदेशी नागरिकले नेपाललाई ट्रान्जिट बनाएको देखिएको छ ।

Vianet communication
Laxmi Bank

अवैध लागूऔषध कोकिन लिन बेलारुसबाट २१ वर्षीया एलिना अल्डोसायना र पावेल भासिल्यू पुस २ गते नेपाल आएको लागूऔषध नियन्त्रण ब्यूरोको अनुसन्धानले देखाउँछ । 

ब्राजिल, इथोपिया हुँदै भारतको दिल्लीबाट लागूऔषध कोकिन लिएर ४३ वर्षीय ब्राजिलियन नागरिक रोबर्ट कास्लोस र ५४ वर्षीय राहुल जाम्ब्राना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मंसिर २८ गते नेपाल आए । दुवै टोलीको भेट काठमाडौंको लाजिम्पाटस्थित लस्ट गार्डेन होटलमा भयो ।

लस्ट ग्राडेन होटलमा आरोपीले लागूऔषध कोकिनलाई ज्याकेटमा फल्स बटम बनाएर हङकङ लैजाने योजना बनाएको डीआईजी अमात्यले बताए । ‘उनीहरूले नेपाल हुँदै हङकङ लैजाने योजना रहेको देखियो,’ अमात्यले भने ।

लागूऔषध नियन्त्रण ब्यूरोको विशेष टोलीले पुस ५ गते बेलारुसका नागरिक एलिना र पावेललाई हङकङ जाँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो भने अन्य २ जना रोबर्ट र राहुललाई एलिनाको सहयोगमा लस्ट गार्डेनबाट पक्राउ गरेको थियो ।

पुस १ गते पनि लागूऔषध नियन्त्रण ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोलिभियन नागरिक हेरेरा आर्टेगा ओल्गालाई प्रहरीले ३ किलो लागूऔषध कोकिनसहित पक्राउ गरेको थियो । बिहान फ्लाई दुबईको जहाजबाट बिहान ९ बजे नेपाल आउँदै गर्दा ज्याकेटमा फल्स बनाइ ल्याएको ३ किलो लागूऔषध कोकिनसहित पक्राउ गरिएको थियो ।

यसअघि कात्तिक २५ गते ब्यूरोले २ किलो कोकिनसहित नेपाल आउँदै गर्दा ब्राजिलियन नागरिक सेरगियो तुर्सवागालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । ब्राजिलको सापाउलोबाट कतारको दोहा हुँदै नेपाल आउँदै गर्दा २ किलो कोकिनसहित पक्राउ गरेको थियो ।

यसरी हेर्दा लागूऔषध तस्करले नेपाललाई ट्रान्जिट पोइन्ट बनाएको देखिन्छ । नेपालमा खुकुलो कानून र विमानस्थलमा आवतजावतमा सजिलो हुने भएकाले नेपालको एयरपोर्ट प्रयोग गर्ने गरिएको आगूऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त लामाले बताए ।

‘खुकुलो नियम र सजिलो एयरपोर्टका कारण नेपाललाई ट्रान्जिट पोइन्टको रुपमा प्रयोग गरेको देखिन्छ,’ प्रमुख अमात्यले भने, ‘जहिले पनि उनीहरूले डेथ पेनाल्टी (मृत्युदण्ड) नहुने देशहरू प्रयोग गरेको देखिन्छ । नेपालमा डेथ पेनाल्टीको कानून छैन, यदि पक्राउ परिहाले पनि मृत्युदण्ड नहुने भएकाले तस्करको रोजाइमा नेपाल गर्छ ।’

कोकिन उत्पादन हुने मुख्य देश साउथ अफ्रिका हो । अन्य देशहरू पाकिस्तान, अफगानिस्तान, बोलिभिया, कोलम्बिया, मेक्सीको लगायतका देशमा पनि कोकिन उत्पादन हुने गर्छ । नेपाल कोकिन, आइसजस्ता लागूऔषधको माग हुने देश होइन ।

कोकिन अत्याधिक मात्रामा युरोपियन देश अमेरिका, जापान, चीन, हङकङ लगायत कतिपय एसियाका धनी देशमा खपत हुने गरेको अनुसन्धानले देखाएको एसएसपी लामाले बताए ।

‘नेपालमा विगतदेखि नै लागूऔषध तस्करीको प्रयास गर्ने गरिएको छ । अहिले पनि प्रयास गरिरहेका छन्, नेपाल प्रहरीको सक्रिताले गर्दा उनीहरू विफल भइरहेका छन्,’ एसएसपी लामाले भने ।

समय–समयमा नेपाललाई लागूऔषध अन्तर्राष्ट्रिय कारोबारीले नेपाललाई प्रयोग गरेको देखिन्छ । त्यसविरुद्ध नेपाल प्रहरीले काम गरिरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) शैलेश थापा क्षेत्रीले बताए ।

प्रवक्ता थापा क्षेत्रीका अनुसार नेपाल प्रहरीले लागूऔषधविरुद्ध काम गरिरहेको छ । लागूऔषध नियन्त्रण ब्यूरो अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गरिरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x