×

NMB BANK
NIC ASIA

सामुदायिक वनलाई ‘तेहोरो’ कर लगाउन खोजिएको भन्दै प्रदर्शन

पुस १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सामुदायिक वनलाई ‘तेहोरो’ कर लगाउन खोजिएको भन्दै सामुदायिक वन उपभोक्ता महासंघले सोमवार बुटवलमा विरोध प्रदर्शन गरेको छ ।

Muktinath Bank

सामुदायिक वनलाई संघीय, प्रदेश र स्थानीय सरकारले ‘तेहोरो कर’ लगाउन खोजेको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश ५ का १२ जिल्लाका उपभोक्ताले बुटवलमा विरोध प्रदर्शन गरेका छन् । विरोध सभामा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकले सामुदायिक वनले आम्दानीको १५ प्रतिशत संघ, १० प्रतिशत स्थानीय, १५ प्रतिशत आयकर र १३ प्रतिशत भ्याट गरी ६३ प्रतिशत कर तिर्नु व्यावहारिक नभएको बताइन् । 


Advertisment
Nabil box
Kumari

सेवामूलक संस्थासँग पनि तीनै तहको सरकारले कर लगाएको भन्दै त्यसैको विरोध स्वरुप आन्दोलन शुरू गरिएको पाठकको भनाइ छ । वैज्ञानिक वन व्यवस्थापन समेत उपभोक्तालाई आवश्यक नरहेको भन्दै सामुदायिक वनमाथि सरकारका मोतियारले आँखा लगाएको आरोप लगाइन् ।

Vianet communication
Laxmi Bank

महासंघका केन्द्रीय उपाध्यक्ष भीमप्रकाश खड्काले काठ र दाउराबाट प्राप्त गरेको रकमको १५ प्रतिशत रकम वन पैदावार शुल्कको रुपमा संघीय विभाज्य कोषमा जम्मा गरी संघ, प्रदेश र स्थानीय तहले बाँडफाँड गर्नुपर्ने बताए ।

प्रदेश ३ ले प्रदेश सञ्चित कोषमा २५ प्रतिशत र प्रदेश सेवा शुल्कबापत २ प्रतिशत कर लगाउने गरी विधेयक बनाइसकेकाले त्यसको सिको अरुले नगरुन् भन्दै महासंंघले विरोध जनाएका महासंघका केन्द्रीय महासचिव बिर्खबहादुर शाहीले बताए ।

सामुदायिक वनमाथि सरकार कठोर भएर अझ बढी आन्दोलन चर्काउने महासंघका केन्द्रीय सचिव ठाकुर भण्डारीले बताए । देशभर २२ हजार २६६ सामुदायिक वन, २९ लाख ७० हजार घरधुरी र १ करोड ४० लाख जनता सामुदायिक वनसँग प्रत्यक्ष जोडिएका छन् ।

विरोध कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश नम्बर ५ की अध्यक्ष बसन्ती अधिकारी, कपिलवस्तु जिल्लाका अध्यक्ष हुमानाथ भट्टराई, महासंघ प्रदेश नम्बर ५ का महासचिव राममल्ल ठकुरी लगायतले बोलेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x