कात्तिक २६, २०८०
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
मधुमेह भएको मानिसले आफ्नो आहारामा विशेष ध्यान दिनुपर्छ । जथाभावी खाने गरेमा मधुमेह अनियन्त्रित भएर गम्भीर शारीरिक समस्या आउन सक्छ । विशेषगरी कार्बोहाइड्रेट भएका खाद्यवस्तु खाँदा विचार पुर्याउनु आवश्यक छ । यसमा अन्न, तरकारी मात्र होइन फलफूल पनि पर्छन् ।
मधुमेह रोगीले खान नहुने परम्परागत मान्यता रहेको एउटा फल हो केरा । मधुमेह भएकाले केरा खानै हुन्न, केरामा कार्बोहाइड्रेटको मात्र धेरै हुन्छ भन्ने सोचाइ छ तर त्यसो हुँदैन । बरू मधुमेह भएका मानिसले थोरै मात्रामा केरा खाने गरेमा त्यसबाट फाइदा मिल्छ ।
समग्रमा भन्नुपर्दा केरामा स्याच्युरेटेड चिल्लो, सोडियम र कोलेस्टेरोल निकै कम हुन्छ । केरामा शरीरलाई अत्यावश्यक पोषक तत्व भिटामिन बी ६, पोटासियम र म्याग्निजको राम्रो संयोजन हुनेगर्छ । तथापि केही चिकित्सकले मधुमेह रोगीलाई केरा खाँदा विचार गर्न सुझाव दिन्छन् किनभने केरामा क्यालोरीको उच्च मात्रा हुन्छ ।
एउटा सामान्य आकारको केराको ग्लाइसेमिक इन्डेक्स ११ हुने जानकारी हार्वर्ड हेल्थ पब्लिसिङमा दिइएको छ । रगतको ग्लुकोज मात्रामा खाद्यवस्तुले पार्ने प्रभावलाई ग्लाइसेमिक इन्डेक्सले मापन गरिन्छ । १० भन्दा कम ग्लाइसेमिक इन्डेक्स हुनुलाई राम्रो मानिन्छ ।
कम चिनी भएका फलपूmलको नाम लिँदा स्याउ, अङ्गुर र नासपाती पर्छन् । यसैगरी मेवा र भुइँकटहरमा धेरै चिनी हुन्छ । केरामा केही बढी कार्बोहाइड्रेट भए पनि मधुमेह रोगीले केरा खान चटक्कै छाड्नुहुन्न । किनभने केरामा हुने अन्य पोषक तत्व शरीरलाई चाहिन्छ ।
मधुमेह नियन्त्रणमा राख्न प्रत्येक छाकमा आफूले कत्तिको कार्बोहाइड्रेट खाइरहेको छु भन्ने हेक्का राख्नु जरुरी छ । मध्यम आकारको एउटा केरामा करिब ३० ग्राम कार्बोहाइड्रेट हुन्छ । यसैबाट आपूmलाई कत्तिको मात्रामा कार्बोहाइड्रेट चाहिएको छ र केरा कति खाने भन्ने निर्णय लिनुपर्छ ।
अनस्याच्युरेडेड चिल्लो वा स्वस्थ चिल्लोका स्रोत जस्तो कि बदाम, गेडागुडीसँग केरा खाँदा शरीरलाई बढी फाइदा पुग्छ । रगतको ग्लुकोजमा यसले सकारात्मक प्रभाव पर्ने देखिएको छ । यस अतिरिक्त दहीसँग केरा खाँदा पनि शरीरलाई धेरै राम्रो हुन्छ । विशेषगरी पाचन प्रणालीलाई यसले फाइदा मिल्छ ।
अनुसन्धानकर्ताले रगतको ग्लुकोजमा काँचो केराको प्रभाव जाँच गरेका छन् । हरियो केरा वा पूरै नपाकेको केराले रगतमा ग्लुकोजको मात्रा खासै नबढाउने पाइएको छ । किनभने
काँचो केरामा कम चिनी हुन्छ । साथै काँचो केरामा शरीरले सजिलै पचाउन नसक्ने स्टार्च हुने भएकाले रगतमा ग्लुकोजको मात्रा विस्तारै वृद्धि हुन्छ ।
मानिसले दिनमा कति केरा खानुपर्छ भन्ने कुरा उसको शारीरिक क्रियाकलाप र रगतमा चिनीको मात्रामा केराले पार्ने प्रभावमा भर पर्छ । कडा परिश्रम गर्नेले बढी केरा खान सक्छन् । केही मानिसको रगतमा चिनीको मात्रा केरा वा अन्य फलप्रति बढी सम्वेदनशील पनि हुन्छ
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...