कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
पुस १५, २०७६
काठमाडौंको माइतीघर मण्डलामा आन्दोलन गरिरहेका अधिकांश उखु किसान बिमारी भएका छन् ।
धर्नामा रहेका उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायले आफू बोल्नै नसक्ने अवस्थामा रहेको बताए । ‘मलाई अब नसोध्नुस्, अरुलाई सोध्नुस्, म त बोल्न पनि नसक्ने भएँ,’ उनले आग्रह गर्दै भने ।
रायलाई चिसोले रुघाखोकी लागेको छ । ‘म त आज उभिन पनि नसक्ने भएँ,’ रायले भने, ‘मलाई घरबाट बोलाइरहेका छन् तर घर त्यसै गएर के गर्नु ? महाजनलाई ऋण कसरी तिर्ने ? म काम सकेर मात्रै आउँछु भनेको छु ।’
सर्लाहीको धनकौल गाउँपालिकाका ४५ वर्षीय महाराज रायको ओठ चिसोले फुटेको छ । रुघाले गर्दा रायको स्वर फेरिएको छ । महाराजले ६ हजार ऋण खोजेर काठमाडौं आएको तर पैसा सकिएको बताए ।
‘घरमा ७० वर्षीया आमा हुनुहुन्छ । घरमा हाम्रो आम्दानीको स्रोत उखु खेती मात्रै हो,’ उनले भने, ‘कृषि विकास बैंकबाट ६ लाख ऋण लिएर कृषि पेशा गरेको हो । १–२ वर्ष भयो, अहिले गाह्रो भइरहेको छ ।’
अरुसँग कर्जा लिएर बैंकको ब्याज बुझाउने गरेको महाराजले बताए । ‘घरमा पालेको गोरु र गाढा बेचेर केही ऋण तिरें,’ उनले भने, ‘हामी किसानको जीवन खेती गरेर बिउ किन्न गाडा बेच्ने स्थिति छ हजुर !’
सर्लाहीको धनकौल गाउँपालिकाका ४६ वर्षीय बिन्देश्वर राय उखुको मूल्य भुक्तानीका लागि धर्नामा बस्न काठमाडौं आएको १४ दिन भयो । चिसोले बिन्देश्वरको खुट्टा सुन्निएका छन् । उपचार गर्न र घर फर्कन उनीसँग पैसा छैन ।
‘महाजनसँग ३६% ब्याजमा ऋण काढेर उखु लाएको बेचेर पैसा पाइएन, ऋण तिर्न सकिएन, ब्याज बढेको बढ्यै छ,’ बिन्देश्वरले भने, ‘सरकारले सुन्छ कि भनेर यहाँ आएको, खै कसैले सुन्दैन । अब घर फर्कन पैसा पनि छैन, उपचार गर्न पनि पैसा छैन, तपाईंहरूले दिए खर्च गरेर घर फर्किने हो ।’
गाउँको मान्छेले डिल्लीबजारमा कवाडीको काम गर्ने गरेको र साँझ त्यहीँ बस्ने गरेको बिन्देश्वरले बताए । ‘सरकारले पैसा देला/नदेला तर महाजनलाई हामीले आफ्नो जग्गा बेचेर पनि पैसा दिनुपर्यो । घरमा बालबच्चा छन्, समस्या धेरैै छ,’ बिन्देश्वरले दुःख पोखे ।
उखु किसानको आन्दोलनमा संघीय समाजवादी पार्टीका नेता तथा राष्ट्रियसभा सदस्य रामप्रित पासवान पनि सहभागी भएका छन् । उखु किसानको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै पासवानले चिनी मिल मालिकसँग मिलेर सरकार किसानप्रति अनुदार बनेको आरोप लगाए ।
‘सरकार देशप्रति र देशका अन्नदाताप्रति यतिधेरै अनुदार किन छ ? यी किसानहरूको कुरा सरकारले किन सुनिरहेको छैन ? यो विषय अचम्मको छ । चिनी मिलका सञ्चालकसँग सरकार कतै मिलिरहेको त छैन ? हामीलाई शंका लागेको छ,’ पासवानले लोकान्तरसँग भने, ‘किसान सरकारसँग पैसा माग्न आएको होइनन् नि ! किसानले आफूले बेचेको उखुको भुक्तानी पाउनको लागि भन्न आएको हो । धर्नामा आएका किसानको स्वास्थ्य अवस्था कमजोर हुँदै गइरहेको छ, सरकारले अविलम्ब किसानको आवाजलाई सुनुवाइ गर्नुपर्छ ।’
धर्नामा आएका केही किसान घरमा बच्चाबच्चा बिरामी भएर फर्केको र केही बिमारीको कारण कोठामै बसेकाले धर्नामा सहभागिता घट्दै गएको छ । आफ्नो स्वास्थ्य अवस्था कमजोर भएपनि महाजनलाई घरमा फर्केर पैसा तिर्ने अवस्था नभएकाले धर्नामा बस्नुको विकल्प नभएको सर्लाहीका किसान बिन्देश्वर रायले बताए ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...