कात्तिक ८, २०८०
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
पूर्वकूटनीतिज्ञ एवं साहित्यकार प्रो. यदुनाथ खनालको संस्मरणमा हुलाक सेवा विभागले रु. १० दरको हुलाक टिकट प्रकाशित गरेको छ ।
उक्त टिकट प्रकाशनको प्रथम दिवसीय टाँचा मंगलवार काठमाडौंमा एक समारोहका बीच हुलाक सेवा विभागका महानिर्देशक देवीप्रसाद ज्ञवालीले लगाएका हुन् । विभागले सन् २०१९ मा प्रकाशित गरेका टिकटमध्ये यो अन्तिम टिकट हो ।
विसं २०६१ साल असोजमा दिवंगत खनाल शिक्षाविद्, कूटनीतिज्ञ तथा साहित्यकार (समालोचक) थिए ।
कूटनीतिक सेवामा रहँदा खनालले भारत, चीन र अमेरिकामा नेपालको राजदूतको रूपमा काम गरेका थिए । नेपालको लागि सर्वाधिक महत्त्व राख्ने दुई छिमेकी र अमेरिका गरी तीन वटै देशमा राजदूत भएर काम गर्ने उनी अहिलेसम्मका एकमात्र कूटनीतिज्ञ हुन् ।
खनाललाई संस्कृत, नेपाली र अंग्रेजी तीन वटै भाषामा दख्खल राख्ने विद्वान्को रूपमा चिनिन्छ ।
एक समय त्रि-चन्द्र कलेजका प्राध्यापक रहेका खनाल पछि निजामती सेवामा प्रवेश गरी पहिले गृह मन्त्रालय र पछि परराष्ट्र मन्त्रालयको सेवामा रहे । एक समय लोकसेवा आयोगको अध्यक्ष भएर पनि उनले सेवा गरेका थिए ।
उनको जीवनी लेख्ने डा. जयराज आचार्यको संयोजकत्वमा आज काठमाडौंमा भएको कार्यक्रममा नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर राणाले खनाल नेपालका लागि हेनरी किसन्जर नै हो भन्ने मन्तव्य राखेका थिए ।
त्यस्तै, पूर्वमन्त्री डा. भेषबहादुर थापाले कुनै बेला राजा वीरेन्द्रले आफ्नो शासनकालमा खनाललाई परराष्ट्र मन्त्री हुन प्रस्ताव गरी खबर पठाउँदा पद अस्वीकार गरेको स्मरण गरे । तर पछि उनले लोक सेवा आयोगको अध्यक्ष रहेर काम गर्ने प्रस्ताव भने स्वीकार गरेका थिए ।
खनालले नेपालको कूटनीति सेवाका लागि उपयोगी हुने र नेपालको परराष्ट्र सम्बन्धमा अभिरुचि राख्ने जोसुकैलाई काम लाग्ने गहकिला पुस्तकहरू लेखेका छन् ।
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...