×

NMB BANK
NIC ASIA

सन् २०१९ मा नेपाली पत्रकारलाई सखुद रहेन, 'पत्रकारलाई मुद्दा चलाउने प्रवृत्ति बढ्यो'

पुस १५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल पत्रकार महासङ्घले सन् २०१९ नेपाली पत्रकारिता क्षेत्रका लागि त्यति सुखद् नरहेकोे जनाएको छ।

महासङ्घको सञ्चार अनुगमन इकाइमा तयार पारेको प्रतिवेदन अनुसार सन् २०१९ मा प्रेस स्वतन्त्रता हननका ५० वटा घटना भएको उल्लेख गरिएको छ ।

गतवर्ष सन् २०१८ मा प्रेस स्वतन्त्रता हनन्का ५८ वटा घटना भएका थिए । गतवर्षको तुलनामा यो वर्ष स्वतन्त्रता हननका घटनामा कमि आएको भए तापनि प्रेस स्वतन्त्रता उपभोगको दृष्टिले सुखद् नरहेको महासङ्घले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

राजनीतिक परिवर्तन पश्चात राज्य र गैरराज्य पक्षका व्यक्तिबाट पत्रकार पीडित भएका छन् । पत्रकारले निर्वाध र स्वतन्त्ररूपमा प्रेस स्वतन्त्रताको उपभोग गर्ने वातावरण बनेन,' प्रतिवेदनमा भनिएको छ, 'समाचारको स्रोतसँग सम्पर्क रहेको आधारमा पत्रकारलाई पक्राउ गरी मुद्दा चलाउनुले प्रवृत्ति बढ्यो । पत्रकारमाथि घटेका यी घटनाले सरकार प्रेसप्रति कति उदार छ भन्ने स्पष्ट पारेको छ।

पचास वटा घटनामा ७६ जना पुरुष पत्रकार, पाँचजना महिला पत्रकार र एक सञ्चार संस्था पीडित भएका उल्लेख गरिएको छ ।

यस अवधिमा मकवानपुरका पत्रकार मनोहर ढकाललको हत्या भएको महासङ्घका महासचिव रमेश विष्टले जानकारी दिए। महासङ्घले तयार पारेको अभिलेखअनुसार पत्रकार आक्रमणका १५ वटा घटनामा १७ जना पत्रकार तथा एक सञ्चारसंस्था पीडित भएका छन् भने ११ जना पत्रकारमाथि दुव्र्यवहार भएको जनाइएको छ ।

'यसवर्ष १० वटा धम्कीका घटना भए भने सातजना पत्रकारलाई पक्राउ गरी मुद्दा चलाइएको थियो,' महासङ्घले सार्वजनिक गरेको अभिलेखमा भनिएको छ, 'अल्पकालीन पत्रकार पक्राउका तीन वटा घटना भएकामा १९ जना पत्रकार पीडित भए भने पत्रकारको पेशागत असुरक्षाको एक, पेशाबाट विस्थापन एक र समाचार सङ्कलनमा अवरोधको एक घटना भएको छ ।'

 यसबीचमा राज्यका तीनै तहको सरकारबाट कानून बनाउने काम भएसँगै प्रेस स्वतन्त्रतालई सङ्कुचन पर्ने कानून बनेको उल्लेख गरिएको छ । कतिपय प्रदेश सरकारले बनाएका मिडिया सम्बन्धी कानून प्रेस स्वतन्त्रतालाई सङ्कुचन गर्नेगरी बनेका कारण महासङ्घले दिएको सुझाएपश्चात संशोधनका क्रममा रहेको भन्दै महासङ्घले राज्यका तीनै तहबाट बन्ने कानून मिडियामैत्री बनाउन मागसमेत गरेको छ।

महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हुने यस्ता सबैखाले घटनाको भत्र्सना गर्दै घटनामा संलग्नमाथि कानूनी कारवाही गरी पत्रकारलाई निर्वाध र स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण बनाउन र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग समेत गरेको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x