×

NMB BANK
NIC ASIA

अतिक्रमित क्षेत्र राज्यको मातहतमा ल्याउन सरकारलाई निर्देशन

पुस १५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

संघीय संसद् राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङकन समितिले लिपुलेक, कालापानी र लिम्पियाधुरालगायतका अतिक्रमणमा परेका क्षेत्रमा नेपालको नियन्त्रण सुदृढ तुल्याई आफ्नो मातहतमा ल्याउन सरकारलाई निर्देश गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

भारतले राजनीतिक नक्शामा नेपालको कालापानी क्षेत्र समावेश गरेकामा त्यसलाई हटाउन भइरहेको कूटनीतिक र राजनीतिक प्रयासका सम्बन्धमा हालसम्म भएको प्रगतिबारे गृह, परराष्ट्र, वन तथा वातावरण  र भूमि व्यवस्थापन तथा सहकारी मन्त्रीसगँ जानकारी लिएपछि समितिको बैठकले यस्तो निर्देशन दिएको हो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 समितिले नेपालका अतिक्रमित भू–भागलाई मुक्त गरी ती स्थानलाई समावेश गरेर तत्काल नयाँ नक्शा जारी गर्ने र त्यसलाई सरकारी कामकाज एवं शिक्षणसंस्थालगायत सबै काममा उपयोग गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । बैठकले अतिक्रमित क्षेत्रमा भएका विदेशी सुरक्षा पोष्ट हटाउनेलगायतका काम गर्न राष्ट्रियहित अनुकूल नेपाल सरकारले राजनीतिक र कुटनीतिक माध्यमबाट प्रभावकारी वार्ता गर्न सुझाव दिएको छ।


Advertisment
Nabil box
Kumari

नेपालको सीमा क्षेत्र विशेष गरी अतिक्रमण परेको  स्थानमा आवश्यकता अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सबै मौसममा रहनसक्ने गरी सुविधायुक्त प्रहरीचौकी निर्माण गरी तैनाथ गर्न र त्यसका लागि आवश्यक बजेट र जग्गाको व्यवस्था गर्न पनि समितिले सरकारको ध्यानाकर्षण गराएको छ ।
 सीमा नियमन र सुरक्षाका लागि योजनाबद्ध ढङ्गबाट निरन्तर काम गर्न आवश्यक प्रबन्ध मिलाउन पनि समितिले सरकारलाई भनेको छ । नेपाल–भारतबीचको समग्र सीमा क्षेत्रमा रहेका सीमा स्तम्भको मर्मत, हराएकाको खोजी, दशगजा खाली गर्ने लगायतका विषयमा यथार्थ अभिलेख तयार गरी नेपालको भौगोलिक अखण्डतालाई सुदृढ गर्न पनि सरकारलाई सुझाव दिइएको छ ।
     
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा अतिक्रमणमा परेका नेपालीलाई शिक्षा, स्वास्थ्य, मालपोत, सुरक्षाजस्ता तत्कालै आवश्यक सेवा सुविधा उपलब्ध गराउन तथा त्यस क्षेत्रमा नेपालको भूमिबाट आवतजावत् गर्नसक्ने गरी बाटो र यातायातका लागि सडक विस्तार गर्न ध्यान पु-याउन पनि सरकारलाई भनेको छ ।

Vianet communication
Laxmi Bank

यसअघि बैठकमा गृहमन्त्री रामबहादुर थापाले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था प्रभावकारी तुल्याउने सिलसिलामा  उत्तरतर्फ सात र दक्षिणतर्फ १०५ सुरक्षाचौकी स्थापना गर्न र लिम्पियाधुरा क्षेत्रमा बाटा बनाउन बजेट विनियोजनसहितका कार्यअघि बढिरहेको जानकारी दिए

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमालगायत धेरै समस्या सम्बोधन गर्न र नेपाल भारतबीच असल सम्बन्ध विस्तारका लागि प्रबुद्ध समूहले कार्यन्वयन गर्न आवश्यक रहेको बताए। उनले भन्नुभयो– नेपाल–भारत सीमा समस्यालाई स्वीकार गर्दै कुटनीतिक ढङ्गबाट यसलाई सुल्झाउन तयार छौं, कुटनीतिक माध्यमबाट मिति तयार गर्नुपर्छ भनेर भारतले  पत्र पठाएको छ । भारतसँगको तुलनामा हिमाल क्षेत्र नै सीमा रहेर बसेका हुनाले उत्तरतर्फ ठूलो सीमा समस्या छैन । पत्रका आधारमा समस्या समाधान गर्न वार्तामा बस्न भारत तयार भएको हामीले सकारात्मक रुपमा लिएका छौं ।
 
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय सुरक्षालाई प्राथमिकतामा राखेर कालापानी, कञ्चनपुर र कञ्चनजङ्गा क्षेत्रमा सुरक्षाचौकी राख्न मन्त्रालयले स्वीकृत प्रदान गरिसकेको जानकारी दिए। भूमि व्यवस्थापन तथा सहकारीमन्त्री पद्माकुमारी अर्यालले  परराष्ट्रमन्त्रालयको योजनालाई सहयोग गर्ने र सीमा स्तम्भको नियमित निरीक्षण गर्ने काम भइरहेको बताइन्।

बैठकमा सदस्यहरुले अतिक्रमित नेपाली भू–भाग समेटेर यथाशक्य छिटो नेपालको नक्शा सार्वजनिक गरी कार्यान्वयन गर्ने काममा ढिलाइ नगर्न सुझाव दिए। यसअघि उक्त विषयमा अन्तर्राष्ट्रिय सम्बन्ध समिति, राज्य व्यवस्था तथा सुशसान समितिले पनि सरकारलाई निर्देशन दिइएकेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x