×

NMB BANK
NIC ASIA

कालो धनलाई सेतो बनाउने खेल

नेपालमा चिनियाँ नागरिकको अर्को धन्दा : हुण्डीबाट पैसा मगाउने, बैंकबाट फिर्ता पठाउने !

सहज कानून र कमजोर सुरक्षाका कारण अपराधका लागि रोजाइमा नेपाली भूमि

पुस १६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बैंकिङ तथा साइबर अपराधका लागि मात्र होइन चिनियाँहरू कालो धनलाई सेतो बनाउन पनि नेपाल आउने गरेको पाइएको छ । प्रहरी स्रोतका अनुसार चीनबाट नेपालमा हुण्डीमार्फत पैसा मगाउने र नेपालबाट विभिन्न बैंकमार्फत फिर्ता पठाउने गरेको देखिएको छ । 

Muktinath Bank

साइबर अपराधमा संलग्न रहेको भन्दै गत पुस ७ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को नेतृत्वमा महानगरीय अपराध अनुसन्धान महाशाखा र महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले १ सय २२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरीले उनीहरूको साथबाट ७ सय ४७ थान मोबाइल, ३ सय ३१ ल्यापटप, ९८ सीपीयू, ९९ मोनिटर, २२ पेनड्राइभ र ३ सय २७ सीमकार्ड बरामद गरेको थियो । 


Advertisment
Nabil box
Kumari

शंकास्पद् गतिविधि देखिएकाले प्रहरी पहिलोपटक जिल्ला प्रशासन कार्यलयबाट ५ दिनको म्याद थपेर अनुसन्धान थालेको थियो । दोस्रोपटक सोमवार थप १० दिनको म्याद लिएर उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।

Vianet communication
Laxmi Bank

चिनियाँ नागरिकबाट बरामद भएका मोबाइल र ल्यापटपको अनुसन्धान प्रहरीले गरिरहेको र रिपोर्ट आउन केही समय लाग्ने नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले लोकान्तरलाई जानकारी दिए ।

‘धेरै संख्यामा मोबाइल, ल्यापटप र कम्प्युटर भएकाले अनुसन्धानमा केही समय त लाग्छ नै, हामीले जनशक्ति परिचालन गरिरहेका छौं, केही समयमा रिपोर्ट आउला,’ प्रवक्ता थापा क्षेत्रीले भने ।

नेपालको साइबर कानून र बैकिङ कानून सजिलोे भएकाले अपराधीहरूले नेपाललाई रोजाइमा पारेको विज्ञहरू बताउँछन् । नेपालमा बैंकिङ प्रणाली सजिलो भएकाले यसका लागि नेपाली बैंक प्रयोग हुने गरेको सुरक्षा विज्ञ तथा नेपाली सेनाका पूर्वसाहयक रथि बलानन्द शर्माले बताए ।

‘नेपालको बैंकिङ प्रणालीमा कमी–कमजोरी छ, कानूनी व्यवस्था पनि कमजोर भएकाले विदेशीले खेल्न पाएका छन्,’ शर्माले लोकान्तरसँग भने ।

सजिलो कानूनी व्यवस्थालाई नै कमजोरीका रूपमा लिएर चिनियाँहरूले नेपालमा आर्थिक चलखेल गरिरहेको शर्मा बताउँछन् ।

‘नेपालको कानूनी व्यवस्था यति कमजोर छ कि विदेशीले नेपालमा आर्थिक चलखेल सजिलै गर्न सक्छन्,’ शर्माले भने, ‘नेपालको राजनिति नै अपराधिक मानसिकताबाट ग्रसित छ, यसको फाइदा उठाउँदै नेतालाई प्रलोभनमा पारेर विदेशीले आर्थिक अपराधहरू गरिरहेका छन् ।’

विदेशीहरूले बैंकसँग सहज पहुँच हुने मनी एक्सचेञ्जलाई प्रलोभनमा पारेर पैसाको कारोबार गरिरहको उनको भनाइ छ । ‘उनीहरूको सहज पहुँच भनेकै मनी एक्सचेञ्जमा छ, मनी एक्सचेञ्ज बैंकसँग छ, यसरी उनीहरूले आर्थिक गतिविधि गरिरहेका छन्,’ शर्मा भन्छन् ।

धेरैभन्दा धेरै पर्यटक भित्र्याउने नाममा उनीहरूको पृष्ठभूमि नहेरी भिषा दिँदा अपराधीहरू पनि नेपाल भित्रिन सक्ने उनको चिन्ता छ । ‘नेपाल भ्रमण वर्ष २०२० मनाउँदै छौं, २० लाख पर्यटक भित्र्याउने भनेका छौं, त्यसका लागि सहज भिषाको व्यवस्था गर्दा अपराधीहरूले फाइदा उठाउन सक्छन्,’ शर्माले भने ।

नेपालमा विदेशीले चाहेजति पैसा भित्र्याउन सक्ने व्यवस्था छ ।

उद्योग विभागको स्वीकृतिमा नेपालमा जतिपनि पैसा भित्र्याउन र बाहिर लैजान सकिने नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौला बताउँछन् ।

‘सम्बन्धित विभागको स्वीकृतिमा नेपालमा जति पनि पैसा भित्र्याउन पाइन्छ र लैजान पनि पाइन्छ,’ प्रवक्ता निरौलाले लोकान्तरसँग भने, ‘सबै काम सम्बन्धित विभागले हेर्छन्, राष्ट्र बैंकको भूमिका अभिलेखीकरणमा मात्र हो ।’

एक वर्षमा नेपाल भित्रिए १ लाख ६० हजार चिनियाँ नागरिक

सन् २०१९ मा करीब १ लाख ६० हजार चिनियाँ नागरिक नेपाल भित्रिएका छन् ।

२०१९ को जनवरीदेखि डिसेम्बर २९ सम्ममा १ लाख ५९ हजार ८१ जना चिनियाँ नागरिकहरूले पर्यटक भिसा लिएको अध्यागमन विभागका निर्देशक रामचन्द्र तिवारीले जानकारी दिए ।

तिवारीले भने, ‘गएको एक वर्षमा नेपालमा लगभग १ लाख ६० हजार चिनियाँहरू भित्रिएका छन् । यो अध्यागमनको नेपालभरका नाका कार्यलयहरूबाट डिजिटल सिस्टममा दर्ता भएको तथ्याङ्क हो । केही म्यानुअल रूपमा पनि नेपाल भित्रिएका हुन्छन् ।’

अध्यागमन विभागले केन्द्रीय सर्भर नचलेको अवस्थामा ढड्डामा टिपोर्ट गरेरपनि उत्तरी भागका नाकाहरूबाट भिषा दिने गरेको छ ।

डिपोर्ट भएर जानेमा सबैभन्दा धेरै चिनियाँ !

एक वर्षमा नेपालबाट डिपोर्ट भएर जानेमा चिनियाँ नागरिक सबैभन्दा धेरै देखिएका छन् । 

अध्यागमन विभागको तथ्याङ्क हेर्ने हो भने सन् २०१९ मा ३ सय चिनियाँ नागरिकलाई डिपोर्ट गरिएको छ ।

‘डिपोर्ट हुनेमा अधिकांश ‘ओभर स्टे’ (भिषा म्याद सकिएपछि पनि बस्ने) गरेकाहरू छन्,’ अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पोखरेलले भने ।

‘अधिकांश चिनियाँहरूलाई ओभर स्टेका कारण डिपोर्ट गरेका छौं, निकै थोरै मात्र अन्य कारणले डिपोर्ट भएका छन्,’ महानिर्देशक पोखरेलले थपे, ‘डिपोर्ट गरिएका ३०० त हामीले थाहा पाएर प्रहरीमार्फत पक्राउ गरेका र उनीहरू आफैं विभागमा आएर निवेदन दिएका मात्र हुन्, अरू धेरै हुन सक्छन् ।’

विभागको तथ्याङ्कलाई हेर्ने हो भने नेपालमा गैरकानूनीरूपमा बस्नेमा सबैभन्दा धेरै चिनियाँ नागरिक छन् । अस्ट्रेलिया, अमेरिका, कोरिया, मलेसिया लगायतका मुलुकका पनि केही नागरिक पनि ओभर स्टेमा दोषि पाइएका छन् ।

नेपालमा बस्नका लागि सजिलो, सस्तो र कानूनीरूपमा पनि सहज भएकाले निर्धक्कसाथ यहाँ बसेर आईटी कम्पनीको बहानामा साइबर अपराध गर्ने गरेको प्रहरी स्रोत बताउँछ ।

स्रोतका अनुसार अन्य देशभन्दा चिनियाँहरूका लागि भिषामा सहता, बस्न खानलाई सस्तो र नेपालको कानूनहरू कठोर नभएकाले नेपाललाई अपराध गर्ने भूमिको रूपमा रोज्ने गरेको पाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x