×

NMB BANK
NIC ASIA

भ्रमण वर्ष २०२०

भ्रमण वर्ष २०२० : यी हुन् प्रदेश ५ का पर्यटकीय गन्तव्य

पुस १६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

२० लाख पर्यटक भित्र्याउने महत्त्वकांक्षी लक्ष्यसहित अंग्रेजी नयाँ वर्षको पहिलो दिन बुधवारबाट सरकारले नेपाल भ्रमण वर्ष २०२० शुरू गर्दैछ ।

Muktinath Bank

प्रदेश ५ सरकारले पनि लुम्बिनी भ्रमण वर्ष २०७६ मनाइरहेको छ । संघीय सरकारले शुरू गर्न लागेको ‘महायज्ञ’ प्रदेश सरकारले काँध थापेर त्यसको प्रवद्र्धनमा जुटेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पूर्वाधार विकासमा खासै जुटन नसके पनि प्रचारप्रसारका काम भने गरिएको प्रदेश सरकारको दाबी छ । 


Advertisment
Nabil box
Kumari

प्रदेश ५ सरकारले बुधवार बर्दियाको ठाकुरद्वारामा मुख्यमन्त्री शंकर पोखरेलबाट भ्रमण वर्षको उद्घाटन गर्ने कार्यक्रम छ । त्यहाँ पुग्ने पर्यटनलाई जंगल सफारी गराइने प्रदेश ५ सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरीले बताए । संघीय सरकारले पर्यटन वर्षका लागि भन्दै प्रदेशलाई २५ लाख रुपैयाँ पनि विनियोजन गरेर पठाएको छ । 

Vianet communication
Laxmi Bank

पर्यटन प्रवद्र्धनबाटै समृद्ध प्रदेश बनाउने लक्ष्य राखेको प्रदेश सरकारले भ्रमण वर्ष सफल बनाउनुलाई जिम्मेवारीकै रूपमा लिएको छ ।

संसारभरका पर्यटकलाई आकर्षण गर्न सक्ने लुम्बिनी सहितका प्रमुख पर्यटकीय स्थल प्रदेश ५ भित्र छन् । बुद्ध जन्मस्थल लुम्बिनीदेखि ३ हजार वर्षभन्दा पुरानो सभ्यता बोकेको तिलौराकोट क्षेत्र, बुद्धको एक मात्र अस्तुधातु रहेको रामग्रामस्तुपादेखि पशुपतिनाथ मन्दिरको जत्तिकै पुराना अवशेष रहेको नरैनापुरधाम, पर्रोहा परमेश्वर बोलबमधामहरू यहीँ प्रदेशमा रहेका छन् ।

हरिया पहाड पर्वत, तालतलैया र सिमसार, निकुञ्ज र जडीबुटीले भरिएका वनजंगल, प्राग ऐतिहासिक रामापिथेकशको अवशेष भेटिएको क्षेत्रदेखि नेपालीको शिर उचो बनाउने जितगढी किल्ला यहीँ प्रदेशमा छन् । यति मात्रै होइन, एसियाकै ठूला उपत्यका, उर्वर खेतीयोग्य भूमि, जलपर्यटन, साहसिक पर्यटन र हिल स्टेसनका अथाह सम्भावना यहीँ प्रदेशमा रहेकाले समृद्धिको बलियो आधार पर्यटन नै रहेकोमा दुईमत छैन । 

नेपालको पर्यटनको मुख्य केन्द्र अर्थात् पर्यटनको मेरुदण्ड शान्तिका अग्रदूत गौतम वुद्धको जन्मस्थल लुम्बिनी नै हो । बुद्धसँग सम्बन्धित स्थलहरू रुपन्देही, कपिलवस्तु र नवलपरासीमा छन् । यी ३ वटै जिल्लाका बुद्धसँग सम्बन्धित स्थलको संरक्षण र विकासमा प्रदेश सरकार केन्द्रित भएको छ । लुम्बिनीमा संघीय सरकारसँगको सहकार्यमा काम भइरहेका छन् ।

लुम्बिनी गुरुयोजना अबको २ वर्षमा सक्ने लक्ष्यका साथ काम भइरहेको छ भने तिलौराकोट, रामग्राम, सैनामैना क्षेत्रको नयाँ गुरुयोजना बनिरहेको छ । यी सम्पदा नै प्रदेशको समृद्धिका आधार रहेकाले प्रदेश सरकारले विशेष प्राथमिकता पनि दिएको छ ।

हाल लुम्बिनी आउने अर्थात् गौतम बुद्धको जन्मस्थल आउने विदेशी पर्यटकहरू १ रात नेपालमा बिताउन पनि गाह्रो मानिरहेको यथार्थलाई बुझेरै ग्रेटर लुम्बिनीको बुद्ध सर्किटको अवधारणा आएको छ । पर्यटकलाई अरु केही दिन भुलाउने खालका पर्यटनका प्याकेजको घोषणा गर्दै नयाँ गन्तव्यको पनि प्रचारप्रसारका काम भइरहेका छन् ।

लुम्बिनीको पर्यटन विकासका लागि एकीकृत योजना अगाडि बढाउनुपर्नेमा प्रदेश सरकारको खास जोड रहेको छ । पर्यटन विकासका काममा निजी क्षेत्रसँग पनि विशेष सहकार्यको अवधारणा बनाइएको प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले बताए ।

लुम्बिनी आउने पर्यटकलाई सबैभन्दा पहिला बुद्धसँग सम्बन्धित स्थलको भ्रमण गर्नुपर्छ भन्ने सन्देश दिँदै ती क्षेत्रमा सडक सञ्जाल, चमेना गृह, सूचना केन्द्रदेखि अरु संरचना निर्माणका काम भइरहेका छन् । अंग्रेज फौजलाई वीर गोर्खालीले हराएको ऐतिहासिक स्थल जीतगढी किल्ला, बुद्ध खेल्दै डुल्दै हिँड्ने बुद्धबलीको क्षेत्रमा पनि पर्यटकलाई आकर्षित गर्न सकिन्छ । 

जीतगढीको भ्रमणपछि पर्यटकलाई ऐतिहासिक स्थल मणिमुकुन्दसेन उद्यान पार्कमा घुमाउन सकिन्छ । पार्कमा रमाउने पर्यटकलाई विश्व मानव इतिहास बोकेको रामापिथेकसको बंगारा भेटिएको सिद्धबाबा क्षेत्रबारे बुझाउनु जरुरी छ । यी क्षेत्रलाई जोडेर बुटवल उपमहानगरपालिकाले पर्यटन रुट र पैदलपथ मार्ग बनाउन शुरू गरिसकेको छ । पर्यटकलाई राम्ररी बुझाउन सकेमा अंग्रेजलाई हराएको स्थल जीतगढी र जीतगढीसँग जोडिएको ऐतिहासिक स्थल बुटवल फुलवारीसँगै रामापिथेकसको बंगरा भेटिएको स्थलमा पुर्‍याउन सकिने र त्यसले आर्थिक उपार्जन बढाउन सकिने सम्भावना छ । 

पर्यटन विकासका लागि बुटवलले पर्यटन सर्किट बनाएको र त्यसलाई जोड्ने अर्को चक्रपथ निर्माण गरिरहेको नगर प्रमुख शिवराज सुवेदीले बताए । लुम्बिनीबाट घुम्दै सैनामैना हुँदै बुटवलमा आउने पर्यटकलाई बुटवल हिलपार्क, शंकरनगर वनविहार, कपरकट्टी बैठौलिया ताल, गजेडी अर्थात् दानापुर ताल, मुक्तिनाथ धाम लगायतका स्थलमा घुमाउन सकिन्छ । लुम्बिनी, देवदह, रामग्राम, कपिलवस्तुका बुद्धस्थल तथा रुपन्देहीका विभिन्न स्थानमा रमाउने पर्यटकलाई पाल्पाका ऐतिहासिक स्थल, गुल्मी, अर्घाखाँचीको ऐतिहासिक स्थलमा भ्रमण गराउन सकिन्छ । 

लुम्बिनीका पर्यटन स्थललाई जोड्ने गरी सडक विस्तारलाई तीव्रता दिन सकिएमा पर्यटन विकासको पूर्वाधार तयार हुन्छ । लुम्बिनी आउने पर्यटक लुम्बिनीमा मात्रै हैन प्रदेश ५ का सबै गन्तव्यमा पठाउन सकिन्छ । भैरहवामा विमानस्थल निर्माण भएपछि यहीँबाट पोखरा, ढोरपाटन, मानसरोवर, कोरलासम्म पठाउन सकिने सम्भावना छ । 

समग्र रुपमा हेर्दा प्रदेश ५ सरकारका हरेक जिल्ला पर्यटनका लागि आ–आफ्नो महत्त्वका छन् । कहीँ हिलस्टेसन, कहीँ जलपर्यटन, कहीँ जंगलसफारी, कहीँ वन्यजन्तुको अध्ययन अवलोकन, मौलिक संस्कृतिको अवलोकन गर्ने प्रशस्त ठाउँ रहेका छन् । यसले दक्षिणी र उत्तरी दुवै छिमेकका पर्यटकलाई आकर्षित गर्न सकिन्छ । बौद्ध धर्मका अनुयायीलाई आस्थाको एकमात्र केन्द्र बुद्धजन्मस्थल लुम्बिनी र हिन्दूलाई स्वर्गद्वारी, सुपादेउराली, रुरुधामदेखि यहीँबाट जान सकिने मानसरोवर कैलाश यात्रामा तान्न सकिन्छ ।

बुद्धको जन्मभूमि लुम्बिनीलाई केन्द्रमा राखेर सबैलाई जोड्ने त्यहीँ अभियानमा समुदायलाई पनि सहकार्यमा ल्याउने र सबैलाई अपनत्वबोध गराउने काममा प्रदेश सरकार केन्द्रित रहेको र त्यसमा निजी क्षेत्रको पनि विशेष सहकार्य रहेको पर्यटन व्यवसायी तथा होटेल व्यवसायी एवं नेपाल भ्रमण वर्ष २०२० प्रदेश स्तरीय समितिका सहसंयोजक माधव नेपालले बताए ।

प्रदेश ५ भित्र हिलस्टेसनका सम्भावना धेरै छन् । यसलाई महत्त्व दिँदै प्रदेश सरकारले पर्यटन क्षेत्रको विकास गर्न पहाडमा हिलस्टेसनको विकास गर्ने नयाँ योजना अगाडि सारेको छ । योजनामा लुम्बिनी आउने पर्यटकलाई प्रदेशका पहाडी जिल्लामा पुर्‍याउने र त्यहाँ रात बिताउन मिल्ने गरी पहाडी बजार विस्तारको नयाँ दृष्टिकोण अगाडि सारेको छ । 

हाल बस्तीकै रुपमा रहेका र स्थानीय समुदायले होमस्टेका रुपमा केही विकास गरेका क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै थप क्षेत्रमा हिलस्टेसन बनाउने प्रदेश सरकारको तयारी छ । हिलस्टेसनसम्म सहज सडक, पैदलपथ, हरियाली, चौपारीदेखि सडक सुधार र प्रदेशको आफ्नै राजमार्ग बनाउने योजनामा प्रदेश सरकार छ ।

प्रदेश ५ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीका अनुसार यस्ता हिल स्टेसन रुपन्देहीको नुवाकोट, पाल्पाको श्रीनगर, दाङका घोरदौरा, बर्दियाको ठाकुरद्वारा लगायतका स्थानमा रहने छन् । यस्ता स्टेसनमा सांस्कृतिक मनोरञ्जनका अतिरिक्त पर्यटक बस्ने खालका होटेल निर्माण गर्न प्रोत्साहन गरिने मन्त्री गिरीले बताए । प्रदेशको पर्यटन विकासलाई केन्द्रित गरेर मुख्यमन्त्रीकै योजनामा हिल स्टेसनको मिसन अगाडि सारिएको छ ।

प्रदेश ५ सरकारले सबै स्थानीय तहका केन्द्र जोड्ने गरी सडक विस्तारको योजना अगाडि सारेको छ । सबै जिल्लामा सहज यातायात सेवा विस्तारका लागि सडक सञ्जालका नयाँ–नयाँ योजना अगाडि सारेको छ । सुरक्षित सडकले सबै जिल्ला जोडेपछि पहाडी जिल्लामा रहेका पर्यटकीय स्थलको प्रवद्र्धन गर्दै पर्यटक आकर्षित गर्ने कार्यक्रम बनाइने छ ।

‘७–८ किलोमिटरका दूरीमा हिल स्टेसन बन्छन्, त्यस्ता स्टेसनमा गर्मी समयमा तराईका वासिन्दा समेत गर्मी छल्न जान रुचाउनेछन् भन्ने सोचका साथ सरकारले यो योजना अगाडि सारिएको हो,’ मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले भने । पर्यटकलाई आकर्षण गर्ने खालका राजमार्ग बन्ने तथा राजमार्गका किनारामा रुख रोप्ने अभियान शुरू भइसकेको छ ।

प्रदेशका सबै जिल्लामा पर्यटन विकासका योजना अगाडि बढेका छन् । पहाडी भेगमा सडक यातायातको प्रबन्ध मिलाउन प्रादेशिक मार्गको योजना समेत अगाडि बढेको छ । पाल्पाको रामपुरदेखि रोल्पाको होलेरी हुँदै कपुरकोटसम्म जीवराज आश्रित–कृष्णसेन मार्ग बनाउने योजना प्रदेश सरकारको छ । जुन सडक प्रदेशको आफ्नै राजमार्गका रुपमा विकास गर्न खोजिएको छ । यो मार्गले महाभारतीय शृंखलामा मनोरम हिलस्टेसन निर्माण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश संसदमा बजेट प्रस्तुत गर्दा नै यस मार्गका लागि ५ करोड विनियोजन गरेको उल्लेख गरिएको थियो । 

प्रदेश सरकारले पहाडी जिल्लामा विकासलाई महत्त्व दिने क्रममा बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रको सडकको वैकल्पिक मार्गलाई पनि प्राथमिकतामा राखेको छ । ती वैकल्पिक मार्गमा समेत ठाउँठाउँमा हिल स्टेसनका रुपमा विकास गर्न सकिने खालका रहेका छन । वैकल्पिक मार्गका रुपमा बुटवल–नुवाकोट हुँदै झुम्सा जोड्ने सडकको स्तरोन्नति भइरहेको छ । सिद्धबाबाको विकल्पमा चरङ्गे–झुम्सा सडकको लागि १० करोड बजेट विनियोजन गरिएको छ र काम भइरहेको छ । 

पहाडी जिल्लामा पर्यटक आकर्षित गर्न प्रदेश तथा स्थानीय सरकारले विभिन्न योजना अगाडि बढाएका छन् । लुम्बिनीमा आउने पर्यटकलाई पहाडी स्थलमा रहेका पर्यटकीय क्षेत्रमा समेत पुर्‍याउने खालका योजनामा निजी क्षेत्रले पनि सहकार्य गर्ने बताइसकेका छन् । प्रदेश सरकारले पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ, प्यूठान, बाँके, बर्दिया, रोल्पा, रुकुम सबै १२ जिल्लाको पर्यटन विकासका योजना अगाडि बढाएको छ ।

प्रदेशका जिल्लामा रहेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय महत्त्व भएका स्थलको विकास गर्ने कामलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x