×

NMB BANK
NIC ASIA

गिरिजापुत्री सुजाताको दाबी : देउवा सभापति बनिरहे कांग्रेस शून्य हुन्छ, भोट हाल्न मेरै हात काप्छ !

पुस १८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेसमा सभापति शेरबहादुर देउवा रहिरहे विवाद कायम रहने र अर्को चुनावमा पार्टीको जीत शून्यमा झर्ने बताएकी छिन् । 

Muktinath Bank

बुटवलमा नेपाल प्रेस युनियन रूपन्देहीले बुटवलमा बोल्दै उनले पार्टीभित्र भइरहेको विवादले पार्टीको लोकप्रियता गुम्दै गएको बताइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘पार्टीको विवाद र झगडा देखेर त मलाई पनि अर्को चुनावमा भोट हाल्दा मेरो हात काप्छ जस्तो लाग्न थालिसक्यो,’ उनले पार्टीको विवादप्रति असन्तुष्टि व्यक्त गर्दै भनिन्, ‘म पार्टीमा यति समय लागें, त्यत्रो मानेको नेता गिरिजाप्रसाद कोईरालाको छोरी, मलाई नै कांग्रेसको शैलीप्रति चित्त बुझेको छैन, जनतालाई कसरी चित्त बुझ्छ होला ?’


Advertisment
Nabil box
Kumari

उनले पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीका कारण पार्टी कमजोर बनिरहेको भन्दै असन्तुष्टि व्यक्त गरिन् । ‘सभापतिले आफूलाई मात्रै हेर्ने हो कि पूरा पार्टी र जनताको फाइदा हेर्नुपर्‍यो नि, सधैभरि आफ्नै फाइदा हेरेर पार्टी बन्दैन,’ उनले भनिन्, ‘यसरी हुँदैन, पार्टी बनाउने हो भने सबैलाई मिलाएर अघि बढ्नुपर्छ ।’

Vianet communication
Laxmi Bank

उनले पार्टीमा भइरहेको विवादका कारण आफू निष्क्रिय हुँदै गएको बताइन् । उनले निर्मला हत्याकाण्डमा सरकारको लापरबाही देखिएको भन्दै यो विषयमा आवाज उठाएर दोषीलाई कारबाही गराउन दबाब दिनुपर्ने बताइन् ।

‘हाम्रो देशमा महिलाहरू असुरक्षित हुने अवस्था आउन दिनु हुँदैन, निर्मलाको हत्यारालाई कारबाही गर्न नसक्ने, किन यस्तो भयो म त छि थु भन्छु, यस्ता मान्छेलाई जोगाउनु हुँदैन, फाँसी दिनुपर्छ,’ आक्रोशित हुँदै उनले भनिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x