×

NMB BANK
NIC ASIA

शेयर बजारमा साताभर २ अर्ब ३९ करोडको कारोबार

पुस १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

धितोपत्र बजारमा यस साता कूल १८१ कम्पनीका ७१ लाख ८४ हजार ६३९ कित्ता शेयर खरीद बिक्री भए ।

Muktinath Bank

बजारमा कारोबार मापक नेप्से परिसूचक  तुलनात्मकरूपमा अस्थिर रहेको बेला साताभर २ अर्ब ३९ करोड ९२ लाख ७३ हजार ६५ बराबरको कारोबार भयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साताको पहिलो दिन आइतवार कारोबार मापक नेप्से परिसूचक झण्डै ५ अंकले ओरालो लाग्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.९९ विन्दुले ओरालो लागेर १ हजार १६२.४३ मा पुग्यो । 


Advertisment
Nabil box
Kumari

कूल १८१ कम्पनीको १५ लाख ५४ हजार ८९० कित्ता शेयर रु ४२ करोड २४ लाख ५३ हजार ९०९ मूल्यमा खरीद बिक्री भए । सोमवार नेप्से परिसूचक साढे ५ अंकले बढ्यो । कूल १७७ कम्पनीको १४ लाख ९१ हजार ४४ कित्ता शेयर ६२ करोड २३ लाख ६३ हजार ४८८ मूल्यमा खरीद–बिक्री भए । 

Vianet communication
Laxmi Bank

सोमवार साढे ५ अंकले बढेको नेप्से मंगलवार भने झिनो अंकले घट्यो । सो दिन नेप्से परिसूचक १.९२ विन्दुले घटेर १ हजार १६६.०३ मा पुग्यो । कूल १७७ कम्पनीको १३ लाख २ हजार ९८६ कित्ता शेयर ४४ करोड २२ लाख ५६ हजार १५६ मूल्यमा खरीद–बिक्री भए । 

बुधवार कूल १७६ कम्पनीका ११ लाख ७५ हजार ३१३ कित्ता शेयर ३७ करोड ९९ लाख ८८ हजार ३०१ रुपैयाँ मूल्यमा खरीद बिक्री भए । साताको अन्तिम दिन बिहीवार नेप्से परिसूचकमा सामान्य गिरावट आयो । नेप्से ३.२९ अंकले घटेर १ हजार १६६.२१ मा पुग्यो । 

परिसूचक घटे पनि कारोवार रकम भने ५० करोड नाघेको छ । स्टकका अनुसार त्यस दिन  १७० कम्पनीका १६ लाख ६० हजार ४०६ कित्ता शेयर रु ५३ करोड २२ लाख ११ हजार २११ मा खरीद बिक्री भए ।

साताभर विभिन्न दुई कम्पनीको शेयर स्टकमा सूचीकृत भए । त्यसमा हिमालयन बैंकको ऋणपत्र २५ लाख ६९ हजार १०४ सूचीकृत भयो । यस्तै वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको पाँच लाख चार हजार कित्ता शेयर सूचीकृत भएको छ । 

बजार पूँजीकरणका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्षस्थानमा रहँदा नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एनएमबी बैंक, एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, एनआइसी एशिया बैंक र कृषि विकास बैंक क्रमशः शीर्षस्थानमा रहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x