×

NMB BANK
NIC ASIA

संगीतकार पेलाले २३ वर्षपछि ल्याए आँसु–३ एल्बम

पुस १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

लामो समयदेखि शास्त्रीय संगीतमा साधनारत गायक तथा संगीतकार तिकलसिंह पेलाले २३ वर्षपछि आँसु एल्बमको तेस्रो भाग ‘निर्जन किनार’को प्रोमो सार्वजनिक गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

शनिवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत आँसु–३ मा २ वटा नेपाली गजल, ४ वटा आधुनिक गीत, एउटा हिन्दी भजन गरी ८ वटा रचना समावेश गरिएको गायक पेलाले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तीमध्ये ‘निर्जन किनार’ र ‘कथा एउटै तिम्रो मेरो’ गीतको कार्यक्रममा प्रोमो सार्वजनिक गरिएको हो ।


Advertisment
Nabil box
Kumari

विक्रम संवत् २०५३ सालमा आफ्नै गायन तथा संगीतमा आँशु एल्बम बजारमा ल्याएका गायक तथा संगीतकार पेलाले २०५४ सालमा आँसु भाग २ ल्याएका थिए ।

Vianet communication
Laxmi Bank

आँसु एल्बमले त्यतिबेला निकै चर्चा पाएको थियो । विक्रम संवत् २०६१ सालदेखि काठमाडौं वनस्थलीमा श्रीकृष्ण गुरुकुल संगीत पाठशालाको स्थापना गरी उनी शास्त्रीय संगीत साधनामा तल्लिन रहे । स्रोताहरूको अपार माया र स्नेहले २३ वर्षको साधनापछि आफू आँसु भाग ३ लिएर सांगीतिक बजारमा पुनः आएको गायक पेलाले बताए । 

एल्बम पुस २६ गते औपचारिक समारोहबीच सार्वजनिक हुने भएको छ । सांगीतिक हिसाबले सुदूरपश्चिमलाई देउडाका माध्यमले बढी चिन्ने गरिन्छ तर पेलाले देउडाका साथसाथै शास्त्रीय संगीतका माध्यमलाई मूल विधा बनाए ।

उनले पनि देउडा नगाएका भने होइनन् । एउटा मातृभूमिप्रति समर्पित देउडा गीतको एल्बम नै निकाले उनले तर उनको छवि शास्त्रीय संगीतमै बन्यो ।  

ज्ञान विनाको नाम कमाएर आफू पनि ठगिनु र अरुलाई पनि ठग्नु जस्तो लागेर शास्त्रीय संगीतको लामो साधनापछि झण्डै २३ वर्ष पछाडि रेकर्डिङको दुनियाँमा आफू फर्केको पेलाले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​ बा...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x