×

NMB BANK
NIC ASIA

ऊर्जा बचत गर्नेलाई प्रमाण पत्रको व्यवस्था गरिँदै

पुस २०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

ऊर्जा दक्षता तथा संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामा ऊर्जा बचत योजनामा सहभागी हुनेलाई ‘ऊर्जा बचत प्रमाण पत्र’ को व्यवस्था गर्न लागिएको छ । 

Muktinath Bank

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको उक्त विधेयकको मस्यौदामा ऊर्जा बचत योजनामा सहभागी हुनेले तोकिएको परिमाण वा सोभन्दा कम ऊर्जा खपत गर्ने प्रतिष्ठानले ‘ब्यूरो‘बाट ऊर्जा बचत प्रमाणपत्र प्राप्त गर्ने उल्लेख गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘ऊर्जा दक्ष उपकरण र प्रविधि अपनाएर ऊर्जाको बचत गर्ने उद्योगलाई प्रोत्साहनको रुपमा यस्तो प्रमाण पत्र दिने व्यवस्था गर्न लागिएको छ,’ मन्त्रालयका प्रवक्ता प्रवीण अर्यालले भने, ‘यससम्बन्धी ऐनले कोषको परिकल्पना र दण्ड सजायको व्यवस्था पनि गर्न लागेको छ।’ बचत प्रमाणपत्र पाउनेले ऐनमा व्यवस्था गरिए बमोजिम यसलाई खरिद बिक्री गर्न सक्ने भई आम्दानी गर्न सक्ने बताइएको छ। 


Advertisment
Nabil box
Kumari

मासिक रुपमा तोकिएको परिमाणभन्दा बढी ऊर्जा खपत गर्ने क्षेत्र तथा प्रतिष्ठानले आपसी रुपमा सहमत भएको ऊर्जा बचत योजनामा सहभागी हुन सक्ने व्यवस्था उक्त मस्यौदामा गरिएको छ । हाल मन्त्रालयले सरोकारवालासँग प्रदेशस्तरमा उक्त विधेयकका बारेमा सुझाव सङ्कलन गरिरहेको छ । ऊर्जा दक्ष उपकरण, प्रविधि प्रक्रिया र ऊर्जाको विवेकसम्मत उपयोगको माध्यमबाट ऊर्जाको बचत तथा पहुँच विस्तार गरी देशको आर्थिक समृद्धि र दिगो विकास हासिल गर्नका लागि यससम्बन्धी कानून बनाउन लागिएको जनाइएको छ ।  

Vianet communication
Laxmi Bank

यो ऐन निर्माण गरी कार्यान्वयनको चरणमा गएपछि व्यापार घाटा कम गर्नमा टेवा पुग्ने मात्र नभई ऊर्जा निर्यातसमेत गर्न सकिने मन्त्रालयका अधिकारीको भनाइ छ । बन्न लागेको ऐन आल्मुनियम, स्टील तथा फलाम प्रशोधन, रसायनिक मल कारखाना, पल्प तथा पेपर, चिनी, चिया, यातायात, डेरी, एलपिजी ग्यास, सिमेन्ट लगायतका उद्योग र विद्युत् उत्पादन प्रसारण वितरण, व्यापारिक भवन, सेवा क्षेत्रमा लागू हुने व्यवस्था मस्यौदामा गरिएको छ ।

नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहले ऊर्जा दक्षता तथा संरक्षण हासिल गर्नका लागि विद्युत् उत्पादन, प्रसारण, वितरणमा ऊर्जा दक्ष प्रविधिको प्रयोग र प्रोत्साहन गराउने, वातावरण संरक्षण र दिगो विकासका पक्षलाई ध्यान दिने, अनावश्यक प्रयोगलाई कटौती गर्ने लगायतका विषयमा कानूनी व्यवस्था गर्न लागिएको छ । प्रस्तावित मस्यौदामा ऊर्जा दक्ष यन्त्र उपकरण प्रविधिको प्रयोग र यसको किफायती उपयोगलाई प्रोत्साहन गर्न तथा यसको पहुँच सबैमा पु¥याउनका लागि नेपाल ऊर्जा तथा संरक्षण बोर्डका साथै ब्यूरोको गठन प्रस्ताव पनि गरिएको छ ।

 नेपालमा झण्डै एक चौथाइ जनसङ्ख्या अझै पनि आधुनिक ऊर्जाको पहुँच बाहिर रहेको, ऊर्जाको आपूर्ति र मागको बीचमा फराकिलो अन्तर रहेको तथा ऊर्जाको आयातमा विद्यमान परनिरभरताले आपूर्ति जोखिम र वैदेशिक मुुद्रा सञ्चितिमा ह्रास भइरहेको जस्ता समस्या रहेका बताइएको छ । 

यसैबीच ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आइतबार धनगढीमा आयोजना गरेको अन्तरक्रियाका सहभागीले ‘बोर्ड’को गठनमा प्रदेश र स्थानीय तहको प्रतिनिधित्व हुनुपर्ने लगायतका सुझाव दिएका छन् । नगरपालिका महासङ्घ, जिल्ला समन्वय समिति महासङ्घ, प्रदेश सरकारका मन्त्रालयका प्रतिनिधि लगायतका सरोकारवालाको सहभागिता रहेको कार्यक्रममा मन्त्रालयका सहसचिव तोयानाथ अधिकारीले विधेयकका मुख्य प्रावधानका विषयको प्रस्तुती राखे। उनले सबै प्रदेशबाट आएका सुझावका आधारमा मस्यौदाको परिमार्जन गरेर मन्त्रिपरिषद् बैठकमा पेश गर्न लागिएको बताए।
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x