×

NMB BANK
NIC ASIA

इरानको कुद्स फोर्सका प्रमुख मेजर जनरल कासिम सुलेमानीलाई अमेरिकी सेनाले इराकको राजधानी बग्दादमा शुक्रवार बिहान हत्या गरेपछि पश्चिम एसियामा तनावको स्थिति छ । 

Muktinath Bank

धेरैजनालाई इरानी सेनाका शीर्ष कमान्डरको हत्या कारवाही कसरी गराइयो भन्नेमा चासो छ । अनि अमेरिका र इरानबीच युद्ध हुन्छ कि हुँदैन अनि यो विश्वयुद्धमा परिणत हुन्छ कि भन्ने विषयमा पनि रुचि छ । यहाँ त्यसैको चर्चा गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुलेमानी र इरानसमर्थित मिलिसियाहरू शुक्रवार बिहान दुईवटा कारमा बसेर बग्दाद विमानस्थलबाट निस्कँदै गर्दा अमेरिकाले ड्रोन आक्रमण गरेर उनीहरूको हत्या गरेको हो ।


Advertisment
Nabil box
Kumari

उनीसँगै आक्रमणमा परी कताइब हेज्बोल्लाह मिलिसिया समूहका अबु माहदी अल–मुहान्दिस पनि मारिएका छन् । उक्त समूह इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्सको एक प्रोक्सी हो र त्यसले इराकमा अमेरिकी अड्डाहरूमाथि रकेट आक्रमण गर्ने गरेको आरोप छ । 

Vianet communication
Laxmi Bank

सुलेमानीले अमेरिकालाई अप्ठ्यारो पार्ने गरी इराक, लेबनान र सिरियामा कारवाही चलाएकाले उनी अमेरिकाको तारो बनिरहेका थिए । त्यसमा उनलाई अल–मुहान्दिसले साथ दिइरहेका थिए ।

उनलाई यसअघि नै हत्या गर्नका लागि अमेरिकी सुरक्षा समुदायमा आवाज उठिरहेको थियो । तर अघिल्लो साता एक अमेरिकी ठेकेदारको हत्या हुने गरी मुहान्दिसको कताइब समूहले रकेट आक्रमण गरेपछि ट्रम्पले सुलेमानीलाई मार्ने आदेश दिएको बताइएको छ । अमेरिकाले तत्कालै प्रतिशोध लिँदै कताइबका पाँचवटा अड्डामा हवाई कारवाही चलाएर लगभग दुई दर्जन लडाकूलाई मार्‍यो । 

त्यस कारवाहीबाट क्रुद्ध भएको इरानले आफ्ना समर्थकहरूलाई बग्दादस्थित अमेरिकी दूतावासमा तोडफोड गर्न प्रेरित गरेको थियो । त्यसमा मुहान्दिसको समूह नै सक्रिय रह्यो । दुई दिनसम्म हंगामा मच्चाएपछि उक्त समूह दूतावासबाट हट्यो । अमेरिका यसबीचमा सुलेमानी र मुहान्दिसका हरेक गतिविधि पछ्याउँदै थियो । 

त्यसैक्रममा अमेरिकाले सुलेमानी बग्दाद जान लागेको खबर पायो । सुलेमानी बिहीवार मध्यरात सिरियाबाट बग्दाद आएको खबर अमेरिकी जासूसहरूले पाए । विमान ओर्लनेबित्तिकै त्यहाँ उनलाई लिनका लागि दुईवटा कार पुगेका थिए । 

त्यही कारमा अल–मुहान्दिस पनि सुलेमानीलाई स्वागत गर्न आएका थिए । मुहान्दिस र सुलेमानीले अमेरिकालाई पश्चिम एसियामा दबाब दिनका लागि योजना बनाउन भेटघाट गरेको बताइएको छ । 

मुहान्दिस र सुलेमानी दुईमध्ये पहिलो कारमा चढे भने उनीहरूका रक्षकहरू अर्को कारमा चढे । अनि उनीहरू धावनमार्गको सबभन्दा पल्लो कुनाबाट बाहिर जाने एक सडकतर्फ लागे । 

सुलेमानी बग्दाद आउँदैछन् भन्ने खबर केही दिनअघि मात्र लीक गरिएको थियो । उनी र उनका साथीहरूलाई अमेरिकाको एमक्यू–९ रीपर ड्रोनले निगरानी गरिरहेको थियो र त्यस ड्रोनले उनीहरूका सबै गतिविधि पेन्टागन र सीआईएलाई पठाइरहेको थियो ।

सुलेमानीलाई अमेरिकीहरू तपाईंलाई निगरानी गरिरहेका छन् र तपाईंमाथि खतरा छ भन्ने सूचना पनि पुगेको थियो तर उनले त्यसलाई हाँसेर टारेको बताइन्छ ।

सुलेमानी र मुहान्दिस चढेको एसयूभी गाडी विमानस्थलबाट केही पर पुगेपछि अन्य यात्रु र इराकी अधिकारीहरूलाई चोट नलाग्ने हिसाबमा ड्रोनले दुईवटा क्षेप्यास्त्र प्रहार गरेको थियो । ती दुवै क्षेप्यास्त्र पहिलो कारमा विस्फोट भएपछि त्यसमा आगो लाग्यो । 

अनि तेस्रो क्षेप्यास्त्र पनि तत्कालै प्रहार गरियो र त्यो अंगरक्षकहरू बोकेको कारमा बज्रियो । क्षेप्यास्त्र प्रहार भएपछि मुहान्दिसको शरीर तत्कालै खरानी भएको अनि सुलेमानीको हात चाहिँ एउटा शीशाबाट झुण्डिएको अवस्थामा भेटिएको थियो । उनले सधैं लगाइरहने रुबीको औंठी पनि हातको औंलामा देखिन्थ्यो । 

सुलेमानी र मुहान्दिसलाई मार्नका लागि उपयोग गरिएको एमक्यू–९ ड्रोन कतारस्थित अमेरिकी सेन्ट्रल कमान्ड हेर्डक्वार्टरबाट पठाइएको थियो । २३० माइल प्रतिघन्टाको गतिमा उड्ने यस ड्रोनलाई सयौं माइल परबाट दुईजनाले सञ्चालन गरिरहेका थिए । उक्त ड्रोनबाट एकदमै सानो आवाज मात्र निस्कने त्यसैले गर्दा तारो बनाइएकाहरूले यसको बारेमा पूर्वचेतावनी पाउन मुश्किल हुने बताइन्छ । 

उक्त रीपर ड्रोनले चारवटा लेजर निर्देशित हेलफायर क्षेप्यास्त्रहरू बोक्छ र ती क्षेप्यास्त्रले एउटा ट्यांकलाई नै ध्वस्त बनाउन सक्छन् । ती क्षेप्यास्त्रको नाम आर९एक्स निन्जा क्षेप्यास्त्र हो र तिनले अतिरिक्त क्षति नहुने हिसाबमा टार्गेटलाई विनाश गरिदिन्छन् । क्षेप्यास्त्रमा ६ वटा लामा अनि तीखा ब्लेडहरू हुन्छन् र टार्गेटमा ठोकिनुअघि ती ब्लेडहरू बाहिर निस्कन्छन् अनि तिनले टार्गेटलाई धुजाधुजा बनाइदिन्छन् । 

विमानस्थलको सीसीटीभी फूटेज हेर्दा भयंकर विस्फोट भएको देखिन्छ र दुई कारको जत्था भताभुंग भएबाट विस्फोट डरलाग्दै किसिमको भएको देखिन्छ । 

यसरी ड्रोनहरूले टार्गेटलाई ठ्याक्कै पछ्याएर मार्नमा निकै मिहिन जासूसी सूचना उपलब्ध हुनुपर्ने हुन्छ । सुलेमानीलाई अमेरिका, साउदी अरब र इजरायलका सुरक्षाबलले लामै समयदेखि निगरानी गरिरहेकाले यो आक्रमण गर्न सफल भएका हुन् । 

द न्युयोर्क टाइम्सले छापेको समाचारमा उल्लेख भएअनुसार, पेन्टागनले सूचनादाताहरू, विद्युतीय वार्ता, खोजी विमान तथा अन्य जासूसी प्रविधिको उपयोग गरेर सुलेमानीको गतिविधिलाई पछ्याइरहेका थिए । 

सुलेमानीलाई हत्या गरिएको दिन ट्रम्प फ्लोरिडास्थित निवास मार–ए–लागोमा नयाँ वर्षको छुट्टी मनाएर बसिरहेका थिए । त्यस दिन उनले एक राउन्ड गल्फ खेले अनि आगामी निर्वाचनका लागि रणनीति बनाउन आफ्नो अभियान टोलीसँग छलफल गरे । टोलीसँगको बैठक चलिरहँदा बेलुका ५ बजेतिर उनी बाहिर गए । त्यही बेलामा उनले सुलेमानीलाई मार्ने आदेश दिएको अमेरिकी सञ्चारमाध्यमले लेखेका छन् । 

आफूले पहिलेदेखि नै मार्न खोजेका व्यक्तिलाई अमेरिकाले मारिछाड्यो तर यसको परिणाम निकै हिंस्रक र पीडादायी हुने देखिन्छ । इरानसँग संसारभरि जुनसुकै पनि टार्गेटलाई आक्रमण गर्न सक्ने क्षमता छ । अनि सुलेमानीको बदला नलिइकन इरान चुप लागेर बस्दैन भन्ने संकेत पाइसकिएको छ ।

सुलेमानीको भौतिक अवशेष इराकबाट इरानमा ल्याइँदा उनको सम्मानमा लाखौं इरानीहरू सडकमा ओर्लिए । उनीहरूले अमेरिकाविरुद्ध निकै चर्को नारा लगाउँदै सुलेमानीको हत्याको बदला लिने बताए । इरानले ट्रम्पको हत्या गर्नेलाई ८ करोड डलर पुरस्कार दिने घोषणा गरेको छ भने ह्वाइट हाउसमा आक्रमण गर्ने चेतावनी पनि दिएको छ । 

इरानमा सम्मानित नायकको दर्जा पाएका सुलेमानीको हत्याले इरानी मनोविज्ञानमा निकै ठूलो चोट पुगेकाले इरानले जुनसुकै किसिमको बदला लिने सुरक्षाविज्ञहरूले बताएका छन् । 

इरानको समर्थनप्राप्त इराकी मिलिसियाहरूले अमेरिकी अड्डामा आक्रमण गर्न सक्छन् । अनि पश्चिम एसियामा अमेरिका र उसका साझेदार मुुलुकका दूतावासहरू पनि सम्भाव्य टार्गेट हुन सक्छन् । 

सुलेमानीको हत्याका लागि अनुमति दिएर ट्रम्पले पश्चिम एसियामा थप उथलपुथल ल्याएका छन् । त्यहाँ अमेरिकाको उपस्थिति नै अब संकटमा पर्ने देखिएको छ किनकि इराकमै पनि इरानको उपस्थितिलाई नरुचाउने समूह पनि सुलेमानीको हत्यापछि इरानको समर्थन गर्न थालेको छ र अमेरिकी सेना इराकबाट हट्नका लागि दबाब दिएको छ ।

बोलीको ठेगान नभएका ट्रम्प पहिले आफैंले भनेका कुरा काट्ने गर्छन् । उनले यसअघि ‘मध्यपूर्वका मूर्खतापूर्ण अन्त्यहीन युद्ध’बाट अमेरिकालाई अलग्याउने बताएका थिए । तर सुलेमानीलाई हत्या गरेर उनले अमेरिकालाई उक्त क्षेत्रबाट अलग्याउनु त परै जाओस् झन् ठूलो जालोमा पारेको देखिन्छ । 

सुलेमानी

द गार्डियनले ड्युक विश्वविद्यालयमा आतंकवादविज्ञका रूपमा अध्यापन गर्ने डेभिड शान्जरको भनाइ उद्धृत गर्दै लेखेको छ, ‘ट्रम्पले कासिम सुलेमानीलाई मारेर इरानसँगको युद्ध चर्काउने निर्णय लिए । यसबाट उनीसँग इरानका विषयमा कुनै रणनीति छैन भन्ने स्पष्ट हुन्छ । यसको परिणामस्वरूप इरानले आणविक कार्यक्रम अघि बढाइरहेको छ अनि पश्चिम एसियामा ऊ थप आक्रामक हुँदैछ र छिमेकी मुलुक इराकमा हिंसा चर्काउँदैछ ।’

त्यसो त ट्रम्प प्रशासनले इरानसँग युद्ध नचर्काउने बताउँदै आएको छ । तर इरानले आफूलाई आक्रमण गरेमा  आफ्ना अत्याधुनिक हतियार उसमाथि बर्साउने भनी ट्रम्पले ट्वीट गरिसकेका छन् अनि इरानका ऐतिहासिक तथा सांस्कृतिक धरोहरलाई पनि ध्वस्त पार्ने चेतावनी दिइसकेका छन् । 

ट्रम्पले अमेरिकामाथिको सम्भावित इरानी आक्रमण रोक्न सुलेमानीको हत्या गरिएको तर्क दिएको भए पनि इरान एक व्यक्तिको मात्र वरिपरि घुम्दैन ।

आफ्नो राष्ट्रिय स्वार्थ रक्षाका लागि उसले विभिन्न कारवाही चलाइरहने नै थियो र अब आफ्ना सम्मानित व्यक्तित्वको हत्या गरिएपछि उसलाई लड्नका लागि थप अर्को कारण प्राप्त भएको छ । त्यसैले सुलेमानीको हत्याको बदला लिनका लागि इरानले चलाउने सैन्य कारवाहीले संघर्ष चर्काउने अनि दुवै मुलुकलाई भयानक युद्धतर्फ धकेल्ने देखिन्छ यद्यपि तनाव मत्थर पार्नका लागि प्रयासहरू भने भइरहेका छन् । तनाव मत्थर पार्न भइरहेका प्रयासले सार्थकता नपाउने हो भने तेस्रो विश्वयुद्धको बीजारोपण समेत हुनसक्ने चिन्ता विश्लेषकहरूले गरेका छन् ।

यो सामग्री तयार पार्न द न्युयोर्क टाइम्स, द वाशिंगटन पोस्ट, द डेली मेल, अलजजीरा, बीबीसी, दी इन्टरसेप्ट, द न्युयोर्कर, मोडर्न डिप्लोपेसी, एसिया टाइम्स लगायतमा प्रकाशित सामग्रीको सहयोग लिइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x