मंसिर २९, २०८०
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
सुदूरपश्चिम प्रदेश सरकारले छाउपडी प्रथा उन्मुलन नीति ल्याएको छ ।
सामाजिक विकास मन्त्रालयले अघि सारेको नीतिलाई सोमवार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले स्वीकृति प्रदान गरेको छ ।
नीति अनुसार चालू आर्थिक वर्षदेखि नै छाउपडी प्रथा उन्मुलनको लागि विभिन्न अभियान कडाइका साथ लागू गरिने जनाइएको छ ।
सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले कुप्रथाको रुपमा रहेको छाउपडी प्रथालाई हटाउन गाउँगाउँमा जनचेतनामूलक अभियान चलाउने बताए । छाउगोठ पूर्णरुपमा हटाउने बताउँदै मन्त्री सुवेदीले कसैले कानून विपरीत कार्य गरे कडा कारवाही गर्ने समेत चेतावनी दिए । प्रदेशको अछाम सहितका जिल्लामा छाउगोठ हटाउने कार्य जारी राखिएको जनाइएको छ ।
मन्त्रिपरिषद्को बैठकले प्रदेश सभाको हिउँदे अधिवेशन माघ ६ गतेदेखि शुरू हुने निर्णय गर्दै विभिन्न ऐनहरूलाई स्वीकृति प्रदान गर्नुको साथै केही विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ ।
सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा प्रदेश सभामा पेश गर्न स्वीकृति दिइएको हो । मुख्य न्यायाधीवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धी ऐन २०७५ को दफा ११ बमोजिम प्रदेश सरकारका मुख्य न्यायाधीवक्ता कार्यालयको वार्षिक प्रतिवेदन प्रदेश सभामा पेश गर्न स्वीकृति दिनुको साथै साझेदारी व्यवसायी दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ को मस्यौदा सो बैठकले स्वीकृत गरेको छ ।
निजी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ को मस्यौदा स्वीकृत गर्ने, कोल्ड स्टोर, कोल्ड चेम्बर र राइपेनिङ चेम्बर स्थापना तथा सञ्चालन कार्यविधि २०७६ लाई स्वीकृत गरिएको छ ।
प्राकृतिक विपदबाट कृषि तथा पशुपन्छी व्यवसायको क्षेत्रमा पुुर्याएको क्षतिमा राहत प्रदान सम्बन्धी मापदण्ड २०७६ लाई स्वीकृत गर्नुको साथै प्रदेशस्थित अस्पताल व्यवस्थापन समिति गठन आदेश २०७५ लाई संशोधन गर्ने र प्रदेश स्वयंसेवक परिचालन कार्यविधिको मस्यौदा २०७६ लाई स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ ।
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...
नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ । ट...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...