×

NMB BANK
NIC ASIA

विमानस्थलबाट तस्करीको नयाँ तरिका : मुखबाट निलेर पेटभित्र लुकाइन्छ सुन र हिरा !

पुस २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

आइतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुन र हिरा खाएर पेटमा राखी तस्करीमा संलग्न २ जना भारतीय नागरिक पक्राउ परे ।

Muktinath Bank

मलेसियाबाट काठमाडौं उत्रिएका मोहम्मद मेदिन साथली र यूएईबाट काठमाडौं उत्रिएका कोत्तकुथ किजाक्केथिल नौशाद विमानस्थलबाट परे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साथलीको पेटमा २०० ग्राम हिरा र नौशादको पेटमा ५०० ग्राम सुन थियो । शंका लागेर प्रहरीले काठमाडौं मेडिकल कलेज (केएमसी) मा चेकजाँच गराउँदा पेटमा सुन र हिरा भेटिएको थियो ।


Advertisment
Nabil box
Kumari

शुक्रवार विमानस्थलबाटै २ जना भारतीय १ किलो सुन तस्करी गर्दैगर्दा पक्राउ परे । विमानस्थलको भन्सार क्षेत्रमा शंका लागेपछि चेक गर्दा ६ वटा क्याप्सुल बनाएर मलद्वारमा लुकाइराखेको अवस्थामा १ किलो सुनसहित भारतीयलाई महानगरीय विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गर्‍यो ।

Vianet communication
Laxmi Bank

कतारको दोहाबाट एयर अरेबियाको विमानमा नेपाल आउँदै गर्दा भारतको महाराष्ट्रका नविन गोपीचन्द र भारत सुरेशलाललाई प्रहरीले पक्राउ गर्‍यो । 

बिहीवार १ किलो सुनसहित १ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गर्‍यो । दुबईबाट नेपाल आउँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत महाराष्ट्रका भारत सुरेशलाई पक्राउ गरेको थियो ।

विक्रम संवत् २०७५ जेठ ८ गते ३८ किलो सुनकाण्डमा मुख्य नाइके भनिएका ‘गोरे’ भनिने चुडामणि उप्रेतीलाई प्रहरीले पक्राउ गर्‍यो । सुन तस्करीको मुख्य नाइके समाएपछि प्रहरीले नेपालको एयरपोर्ट हुँदै नेपालमा भित्रिने सुन तस्करीको जालो तोडिएको दाबी गर्‍यो तर पनि विमानस्थलबाट सुन भित्रिन छोडेको देखिँदैन । 

नेपालमा पहिले जस्तो ठूलो परिमाणमा सुनको तस्कर भएको नदेखिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) शैलेस थापा क्षेत्रीले बताए ।

‘अहिले तस्करहरूले तरिका परिवर्तन गरेको देखिन्छ । पहिला जस्तो ठूलो परिमाणमा भने भित्रिएको छैन,’ प्रवक्ता थापा क्षेत्रीले लोकान्तरसँग भने, ‘तस्करले तस्करी गर्ने तरिका परिवर्तन गरेका छन् । उनीहरूले स्वास्थ्यलाई जोखिम राखेर तस्करी गर्न लागेको पछिल्लो तस्करीको तरिकाले देखाउँछ ।’

भारतमा मूल्य बढेपछि नेपालमा सक्रियता

भारतमा सुनको मूल्यको उतारचढावले नेपालमा तस्करहरू सक्रिय हुने पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नवराज ढकालले बताए । ‘भारतमा सुनको मूल्य बढेपछि नेपालमा सुन तस्करहरू सक्रिय हुन्छन्, नेपाल–भारत खुला सीमा र नेपालका एयरपोर्टहरू कमजोर हुनाले तस्करहरू नेपालमा सक्रिय भएको देखिन्छ,’ पूर्व एआईजी ढकालले भने ।

भारतमा सुनको अत्याधिक माग भएकाले नेपालको बाटो हुँदै भारतमा सुन तस्करी हुने गरेको ढकालले बताए ।

१ वर्षमा विमानस्थलबाट ४० किलो सुन र ९७ अपराधी पक्राउ

अध्यागमन विभाग, प्रहरी र भन्सार विभागले १ वर्षमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४० किलो सुन बरामद गर्दै ९७ जना तस्करलाई पक्राउ गरेको छ । देशभरबाट आर्थिक वर्ष २०७५/०७६ मा १०९ जनाबाट ८९ किलोग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा भन्सार नेपाली, भारतीय, चिनियाँ, भुटानी, थाई लगायतका ९७ जना अपराधीले ३१ किलोग्राम सुन र पछिल्ला ३ जना चिनियाँ नागरिकबाट बरामद गरेको ९ किलो सुनसहित ४८ किलो सुन बरामद गरिएको महानगरीय प्रहरी कार्यालय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएपी) श्यामलाल ज्ञवालीले बताए ।

पछिल्लो १ वर्षमा ५८ जना नेपाली, २९ जना भारतीय, २ जना थाई, २ जना कम्बोडियन, २ जना भुटानी र केही चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका महानगरीय प्रहरी कार्यालयको तथ्यांकले देखाउँछ । 

२०७५ भदौ ५ गते १ किलो ६०० ग्राम सुनसहित भारतका आरिफ अली, भदौ ८ गते १ किलो ६०० ग्राम सुनसहित थाई नागरिक झुथामस जाकपारिन्याकूल, थाई नागरिक प्रेयानन देचाचीवाचोकचाइलाई भन्सार विभागले नियन्त्रणमा लिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x