कात्तिक २०, २०८०
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
जानकी मन्दिरको जग्गा अतिक्रमणसम्बन्धी समाचारका लागि जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर शाहको प्रतिक्रिया लिन पुगेका पत्रकारमाथि कुटपिट भएको छ ।
मेयर साहको कार्यकक्षमा ढोका थुनेर उनका आसेपासे तथा नगरप्रहरी समेतको संलग्नतामा पत्रकारहरूमाथि कुटपिट भएको हो ।
पत्रकारहरू अरकान्त अमर, विकास साह, राजा झा, सुमित मिश्र, सुवास कर्ण र शत्रुधन यादवमाथि कुटपिट भएको हो ।
मेयरले आसेपासे र नगर प्रहरी लगाएर कुटे– पत्रकार विकास साह
समाचारका लागि बाइट लिन भनेर हामी उपमहानगरपालिकामा पुगेका थियौं । हामीलाई ३ घण्टासम्म कुराइयो ।
कार्यताहरू भित्रबाहिर गरिरहने, तर हामीलाई बाहिर कुराइराख्ने । १ बजेसम्म त हामी बाहिर कुरेरै बस्यौं ।
अझै भित्र जान नदिएपछि अमरकान्त अमरजीले आक्रोशित भएर सोध्नुभयो– भित्र मिटिङ छ भन्ने, कार्यकर्ताहरू आउने जाने गरिरहने, हामीलाई किन टाइम नदिने ?
त्यसपछि पनि केही जवाफ आएन । के रहेछ त भनेर हामी भित्र छिर्यौं । त्यहाँ मिटिङ थिएन । पत्रकार महासंघका पूर्वअध्यक्ष अशोक रौनियार भित्रै थिए ।
हामी भित्र पुगेपछि मेयर'सापले टाइम लिएको छ ? भनेर सोध्नुभयो ।
अमरजीले बाइट लिनुछ, त्यसैले आएको भन्नुभयो । मेरो क्यामेराम्यानले पनि बाइट लिनुछ भन्नुभयो, म केही बोलिनँ ।
त्यसपछि मेयर'सापले 'मिडियाका नाममा आतंक फैलाएर राखेका छौ' भन्नुभयो ।
अमरजीले हाम्रो पूर्वअध्यक्ष पनि यहीँ हुनुहुन्छ, हामीले के आतंक फैलाएका छौं ? भनेर सोध्नुभयो ।
त्यसपछि त मेयरका आसेपासे र नगर प्रहरी आएर धक्कामुक्की शुरू गरिहाले । शुरूमा अमरजीलाई कुटपिट गरे । त्यसपछि मलाई पनि धक्का दिए ।
धक्कामुक्की झण्डै १५ मिनेट चल्यो । कार्यकक्षबाट बाहिर निकालिएपछि हामी त्यहीँ धर्ना दिएर बस्यौं ।
पत्रकार महासंघका जिल्ला अध्यक्ष अनिल मिश्रलाई पनि फोन गर्यौं । उहाँ पनि आउनुभयो ।
माहोल झनै तनावपूर्ण बन्यो । कसले कसलाई हानिरहेको छ भन्ने नै थाहा नहुने ।
पाइप, हेल्मेट लगायतले हाने । अमरजीको टाउकोमा चोट लागेको छ । पत्रकार सुमित मिश्रलाई पाइपले हानिएको छ ।
खोसिएको क्यामेरा समेत फिर्ता भएको छैन ।
(एपीवान टिभीका पत्रकार साहले लोकान्तरसँग गरेको कुराकानीमा आधारित ।)
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...