×

NMB BANK
NIC ASIA

कर्णालीमा आयुर्वेद सेवा : १५ हजारको शल्यक्रिया ४ हजारमै हुँदा बिरामीको चाप

पुस २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित प्रदेश आयुर्वेद औषधालय कालागाउँमा पाइल्स र फिस्टुलाको क्षारसूत्र विधिबाट आयुर्वेदिक शल्यक्रिया सस्तोमै हुने भएपछि बिरामीको चाप देखिएको छ ।

Muktinath Bank

बाहिर १०–१५ हजार रुपैयाँसम्म खर्च लाग्ने भएपनि प्रदेश आयुर्वेद औषधालयले ४ हजारमै शल्यक्रिया गर्ने गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

औषधालयका सूचना अधिकारी एवं कविराज निरीक्षक श्रीराम आचार्यले विगतमा जिल्ला मातहत रहेको औषधालयलाई प्रदेश औषधालयमा रुपान्तरण गरेपछि झन् सेवाग्राहीको संख्यामा बढोत्तरी भएको बताए ।


Advertisment
Nabil box
Kumari

‘आर्थिक वर्ष २०७४/०७५ मा जिल्लामा २१ हजार २७६ जनाले सेवा लिएका थिए । आर्थिक वर्ष २०७५/०७६ मा सो संख्या बढेर २२ हजार ९६३ पुगेको थियो,’ उनले भने, ‘चालू आर्थिक वर्षको पहिलो चौमासिकमा ५ हजार ८२० जनाले सेवा लिएका छन् । पहिलो चौमासिकमा वर्षायाम र चाडपर्व भएका कारण सेवाग्राहीको संख्या थोरै कम देखिएको छ ।’

Vianet communication
Laxmi Bank

औषधालयमा पेट सम्बन्धी ग्यास्ट्रिक रोग, हातखुट्टा, जोर्नी, नशा सम्बन्धी रोग, दम, खोकी, छाला सम्बन्धी समस्या, पाइल्स र फिस्टुला तथा मानसिक समस्या (डिप्रेसन), महिलाको महिनावारी गडबडी, सेतोपानी बग्ने, रगत बग्ने जस्ता रोगको उपचार हुने गरेको छ । ज्येष्ठ नागरिक, असहायलाई औषधालयमा निःशुल्क रुपमा उपचार सेवा उपलब्ध रहेको छ ।

औषधालयमा कर्णाली प्रदेशका १० जिल्लाबाहेक ५ नम्बर प्रदेशको बाँके र बर्दिया तथा सुदूरपश्चिम प्रदेशका अछाम, बाजुरा, डोटीबाट सेवाग्राही आउने गरेका छन् । औषधालयमा १ चिकित्सक, १ कविराज निरीक्षक, १ ल्याब असिस्टेन्ट र २ कार्यालय सहयोगीले सेवा प्रदान गर्दै आइरहेका छन् ।

कति लाग्छ उपचार खर्च ?

औषधालयमा पहिलो पटक सामान्य चेकजाँचका लागि नाम दर्ता गराउन २५ रुपैयाँ लाग्छ । फ्लोअपका लागि आउने बिरामीको दर्ता शुल्क १० रुपैयाँ लाग्छ । ल्याबको टेस्ट हेरेर फरक–फरक लाग्ने गरेको छ भने पञ्चकर्म सेवा अन्तर्गत ‘स्टीम वाथ’ गर्दा र शिरोधारा गर्दा १०० रुपैयाँ शुल्क लाग्ने गरेको छ । पाइल्स र फिस्टुलाको शल्यक्रिया शुल्क ४ हजार रुपैयाँ मात्र पर्छ ।

औषधालयले पाउडरजन्य औषधिको उत्पादन समेत गर्दै आइरहेको छ । कविराज निरीक्षक खत्रीले औषधालयले अभिपत्तीकर चूर्ण, हिंग वास्टक चूर्ण, शितोपलाडी चूर्ण, त्रिफला चूर्ण, अशोक गन्धा चूर्ण, आमलकी चूर्ण, बुडुची चूर्ण, विरेचक चूर्ण, पित्तसामक चूर्ण र सतावरी चूर्ण उत्पादन भइरहेको छ ।

कर्णाली प्रदेश आयुर्वेद अस्पताल बनाइँदै

कार्यालय प्रमुख डा. शंकरप्रसाद रिजालले औषधालयलाई कर्णाली प्रदेश आयुर्वेद अस्पतालको रुपमा विकास गर्न सामाजिक विकास मन्त्रालयमा पेश गरिएको जानकारी दिए । उनका अनुसार औषधालयले हाल कार्यरत ७ बाहेक थप ४२ जना कर्मचारीको माग गरेको छ । ‘१५ शैयाको अस्पताल शुरू गर्न हामी तयार छौं । सरकारले दरबन्दी स्वीकृत गरी पठाएको खण्डमा हामी अस्पताल शुरू गर्छाैं,’ उनले भने, ‘अस्पताल भवनको डीपीआर बनिसकेको छ । विशेष अनुदान अन्तर्गत बजेटका लागि माग पेश भइसकेको छ ।’ 

कर्णालीमै नमूना जडिबुटी बगैंचा पनि बनाइने उनले बताए । ‘यहाँका जडिबुटीहरू मात्रै बगैंचामा रोप्ने तयारी गरेका छौं,’ उनले भने, ‘त्यसका लागि आवश्यक तयारी गरिरहेका छौं । यही वर्षभित्र भिडियो एक्सरे मशिन ल्याउने तयारी गरेका छौं ।’

पर्याप्त पाइँदैन जडिबुटी, व्यहोर्नुपर्छ झन्झट

कर्णाली प्रदेशमा पाइने अधिकांश जडिबुटी सोझै व्यापारीले नेपालगञ्ज लैजाने भएका कारण औषधालयका कर्मचारीले थप झन्झट व्यहोर्नुपरिरहेको छ । ‘कर्णालीको जडिबुटी पनि छ । १२ थरि जडिबुटी हामीले प्रयोग गर्दै आइरहेका छौं । चिराइतो, कुटकी, जटामसी, हर्रो बर्रो, अमला, गुर्जो, धाइरोको फूल, बेल, अदुवा, कुरिलो मुख्य हुन्,’ डा. रिजालले भने, ‘चाहिने मात्रामा कहिले पाइन्छ, कहिले पाइँदैन । यहाँको बिरामीलाई पुग्ने गरी मात्रै हामीले औषधि उत्पादन गर्दै आइरहेका छौं । यहाँ जडिबुटीको भण्डारण गर्ने क्षेत्र नभएका कारण नेपालगञ्ज लैजानुपर्ने बाध्यता छ । ५ नम्बर प्रदेशबाट जडिबुटी कर्णाली ल्याउँदा बनको सिफारिस गर्नुपर्ने, औषधि बनाउन लाग्ने कि सिफारिस ल्याउने तनाव छ ।’ उनले सुर्खेतमा औषधि भण्डारण गर्न सके समस्या नआउने बताए ।

सामाजिक विकास मन्त्री दल रावलले कर्णाली आयुर्वेदिक अस्पताल बनाउने गरी मन्त्रालय अगाडि बढेको बताए । ‘म अस्पताल बनाउन लागिपरेको छु । आज मात्रै प्रस्ताव मन्त्रालयमा आएको छ,’ उनले भने, ‘त्यो प्रस्ताव हेरेर आवश्यकताअनुसार दरबन्दीका लागि मन्त्रिपरिषद्को बैठकमा केही दिनमा नै प्रस्ताव लैजान्छु ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x