कात्तिक २८, २०८०
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
सडक विभागले साउनदेखि २७७ किलोमिटर सडक कालोपत्र गरेको छ । यो अवधिमा २८८ किमी सडक खण्डस्मित९ग्राभेल० र ५८ किमी नयाँ सडकको ट्र्याक खोलिएको विभागले जनाएको छ ।
चालु आवमा अहिलेसम्म सबैभन्दा बढी सडक कालोपत्र हुलाकी राजमार्गमा भएको विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले बताए। हुलाकी राजमार्ग आयोजनाका अनुसार सो सडकमा ५० किमी सडक कालोपत्र भएको छ भने २५ किमी ग्राभेल भएको छ । मध्यपाहाडी लोकमार्गमा २० दशमलव ५ किमी सडक कालोपत्र र ६९ किमी ग्राभेल सम्पन्न भएको छ । सो सडकमा दुई वटा सडक पुल सम्पन्न भएको विभागले जनाएको छ।
मदन भण्डारी राजमार्ग आयोजनामा १९ किमी सडक कालोपत्र, १५ किमी ग्रोभल र एउटा पुल सम्पन्न भएको छ। काडमाडौँका विस्तारका क्रममा रहेका आठ किमी सडक कालोपत्र भएको र व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत सात किमी कालोपत्र भएको छ।
विभागले सडकको नियमित र पटके मर्मतसमेत गरिरहेको अहिलेसम्म ६४ किमी सडक अद्यावधिकमर्मत सम्पन्न भएको प्रवक्ता सापकोटाले बताए। अहिलेसम्म ४५ पुल सम्पन्न भइसकेको छ । अघिल्ला वर्षमै निर्माण शुरु भएका पुल अहिले आएर सम्पन्न भएको उहाँको भनाइ छ । उनले भने, 'वर्षभरमा तीन सय पुल सम्पन्न गर्ने लक्ष्य रहेको छ ।'
गत आवमा विभागले ९८८ किमी सडक कालोपत्र गरेको थियो । गतवर्ष नै नेपाल सरकारको अधिकार क्षेत्रमा पर्ने एक हजार ३६३ किमी सडक ग्राभेल र ४४० किमी ट्र्याक खोलिएको थियो । गत वर्ष नै २४३ पुल सम्पन्न भएका थिए भने २३० किमी सडक आवधिक मर्मत भएको थियो ।
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...