×

NMB BANK
NIC ASIA

अनियमितताको आशंका

एम्बुलेन्स खरिद विवादमा सामाजिक विकास मन्त्रालय, खरिद सम्झौता सार्वजनिक

पुस २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

शृंखलाबद्ध रुपमा एकपछि अर्को अनियमितताको घटना सार्वजनिक हुन थालेपछि सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय एम्बुलेन्स खरिद विवादमा तानिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

पूर्व सामाजिक विकास मन्त्री दीर्घ सोडारी यौनकाण्डमा मुछिएपछि पार्टीकै निर्देशन अनुसार बर्खास्तीमा परेपछि मन्त्रालयको जिम्मेवारी कैलाली निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य कृष्णराज सुुवेदीले पाए तर गत वर्ष कात्तिकमा मन्त्रीको जिम्मेवारी पाएका उनी पनि विवादित बनेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रालयको जिम्मेवारी पाएपछि कृष्णराज सुवेदी पहिलो पटक चुरे गाउँपालिकाबाट इन्धन लिएको घटनामा मुछिएका थिए । एक कार्यक्रममा चुरे गाउँपालिका जाँदा उनले गाउँपालिकाबाट गाडीका लागि अत्तरियास्थित मनिषा पेट्रोल पम्पको इन्धनको कुपन लिएका थिए ।


Advertisment
Nabil box
Kumari

घटना बाहिरिएपछि नेकपाका नेता लेखराज भट्टले सुवेदीसँग मौखिक प्रस्टीकरण सोध्नुका साथै सचेत गरेको सार्वजनिक भएको थियो ।

Vianet communication
Laxmi Bank

मन्त्री सुवेदी सेती प्रादेशिक अस्पतालको मेसु परिवर्तन गर्ने खेलमा पनि जोडिएका छन् । एक निजी अस्पतालका सञ्चालकको प्रभावमा परेर नवौं तहका चिकित्सकलाई मेसु बनाउन लागेको उनीमाथि आरोप लागेको थियो ।

मन्त्री सुवेदी अल्ट्रासाउन्ड खरिद प्रकरणमा पनि मुछिए । उनले ११ करोड ६५ लाख रुपैयाँ पर्ने अल्ट्रासाउन्ड खरिद प्रक्रियामा एक फर्मलाई जिम्मेवारी दिने भनेर तय गरी त्यही फर्मले मात्र पूरा गर्नसक्ने मापदण्ड राखेर मन्त्रालयका तर्फबाट टेन्डर आह्वान गराएको आरोप लागेको छ ।

मन्त्रालयले बजार मूल्यभन्दा धेरै प्रतिअल्ट्रासाउन्ड १३ लाख २३ हजार रुपैयाँभन्दा बढी रकम हालेर ८८ वटा अल्ट्रासाउन्ड खरिद गरेको जनाइएको छ । 

मन्त्री सुवेदी मुख्यमन्त्री कप प्रतियोगितामा पनि विवादित बनेका थिए । ३ दिनको प्रतियोगितामा ५ करोड बढी खर्च गर्दा सहभागी संख्याभन्दा ५ गुणा बढी व्यक्तिलाई भत्ता दिएको आरोप उनीमाथि लागेको थियो ।

हाल आएर मन्त्रालय तथा मन्त्री सुवेदी पुराना मोडेलका मिनी ट्रकलाई एम्बुलेन्स बनाएर वितरण गरेको भन्दै विवादमा तानिएका हुन् । 

पुराना मोडेलका एम्बुलेन्स खरिद गरेको चर्चापछि मन्त्री सुवेदी पुनः विवादको घेरामा छन् । एम्बुलेन्स प्रकरण बाहिरिएपछि बिहीवार मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री सुवेदीसँग स्पष्टीकरण लिएका थिए । भेटपछि मुख्यमन्त्री भट्टले सत्यतथ्य सार्वजनिक गर्न निर्देशन दिएको बताइएको छ ।

शृंखलाबद्ध रुपमा अनियमितता भएको समाचार विभिन्न सञ्चारमाध्यममार्फत बाहिएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र गम्भीरताका साथ लिएको बताइएको छ । नेकपा सुदूरपश्चिम प्रदेश समिति सचिव नेपबहादुर चौधरीले प्रदेश सरकार नेकपाकै रहेको र पछिल्लो समय सरकारप्रति हुने टीकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

‘सरकारप्रति सकारात्मक र नकारात्मक टिप्पणी हुँदै आएका छन् । जसलाई गम्भीरताका साथ लिइएको छ । मशिनरी औजार तथा एम्बुलेनस खरिदबारे पनि ध्यानाकर्षण भएको छ । औपचारिक रुपमै छलफल नभएपनि समय–समयमा सरकारका नेतृत्व पंक्तिलाई घटनाक्रमबारे खबरदारी गर्ने कार्य हुँदै आएका छन्,’ उनले भने ।

आरोप प्रमाणित गरेर देखाउन मन्त्री सुवेदीको चुनौती

मन्त्री सुवेदीले आफूमाथि लगाइएका सबै आरोपहरू प्रमाणित गर्न चुनौती दिएका छन् । मन्त्री सुवेदीले हालसम्म आफूविरुद्ध आएका प्रायोजित समाचारमा विश्वास नगर्न आग्रह गर्दै आरोप प्रमाणित गर्न चुनौती दिएका हुन् ।

सामाजिक विकास मन्त्रालयले बिहीवार एक विज्ञप्ति जारी गर्दै एम्बुलेन्स खरिद प्रक्रियाबारे सञ्चारमाध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयका निमित्त सचिव झंकरबहादुर बिष्टद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘मन्त्रालयले स्वीकृत बजेटको परिधिभित्र रही सम्बन्धित विषयको इन्जिनीयरमार्फत टाइप–बी एम्बुलेन्सको मापदण्ड बनाई अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी सार्वजनिक खरिद ऐन, नियमावली बमोजिम न्यूनतम अंक कबोल गर्ने टाटा मोटर्स लिमिटेडबाट एम्बुलेन्स खरिद गरिएको व्यहोरा जानकारी गराउन चाहन्छौं ।’

मन्त्रालयले विज्ञप्तिसँगै टाटा मोटर्सको बिक्रेता सिप्रदी ट्रेडिङसँग भएको खरिद सम्झौता समेत सार्वजनिक गरेको छ ।

यस्तो छ मन्त्रालयको विज्ञप्ति –

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x