×

NMB BANK
NIC ASIA

सिन्धुलीमा ४ वर्षसम्म भएन स्वास्थ्य चौकीको पुनर्निर्माण

पुस २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सिन्धुली जिल्लामा २०७२ वैशाख १२ गते आएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पनले क्षति पुर्‍याएका स्वास्थ चौकीको अझै पुनर्निर्माण हुन सकेको छैन ।

Muktinath Bank

भूकम्पले क्षति पुर्‍याएको ४ वर्ष बितिसक्दासमेत धेरै स्वास्थ्य संस्थाको पुनर्निर्माण हुने वा नहुने भन्ने अन्योल कायमै छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भूकम्पको क्षतिपछि पुनर्निर्माण गर्नुपर्ने १२ स्वास्थ चौकीमध्ये हाल ४ वटा मात्रको पुनर्निर्माण भइरहेको छ । घ्याङ्लेख गाउँपालिका–५ शान्तेश्वरीमा रहेको शान्तेश्वरी स्वास्थ चौकी, भीमस्थान स्वास्थ चौकी कोटगाउँ, आम्बोटे स्वास्थ चौकी र सुनकोशी गाउँपालिका पुरानो झागाझोली स्वास्थ चौकीको निर्माण कार्य भइरहेको छ ।


Advertisment
Nabil box
Kumari

पुनर्निर्माण भइरहेको स्वास्थ चौकीमध्ये भीमस्थान हेल्थपोस्ट कोटगाउँ र पुरानो झागाझोली स्वास्थ चौकीको ४५ प्रतिशत निर्माण कार्य सकिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ भवन सिन्धुलीले जनाएको छ । २ वटा स्वास्थ चौकीको यही चैतमा निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने लक्ष्य लिएको छ । 

Vianet communication
Laxmi Bank

शान्तेश्वरी र आम्बोटे स्वास्थ चौकीको ३५ प्रतिशत निर्माण कार्य भएको र २०७७ असोजसम्ममा निर्माण हुने जिल्ला आयोजना कार्यान्वयन एकाइ भवन सिन्धुलीका सवइञ्जिनीयर विदुर खतिवडाले जानकारी दिए ।

सिन्धुलीमा भूकम्पले क्षति पुर्‍याएका तामाजोर स्वास्थ चौकी, अमले स्वास्थ चौकी, रतनचुरा स्वास्थ चौकी, वितिजोर स्वास्थ चौकी, तीनकन्या स्वास्थ चौकी, जिनाखु स्वास्थ चौकी, खोलागाउँ स्वास्थ चौकी र हरिहरपुरगढी स्वास्थ चौकीको पुनर्निर्माण अझै अन्योल रहेको छ । यी स्वास्थ चौकीको निर्माण गर्ने आर्थिक स्रोत सुनिश्चित हुन नसक्दा अझै पुनःनिर्माण हुन सकेको छैन । स्वास्थ चौकीको भवन नहुँदा स्वास्थ्योपचार सेवासमेत प्रभावित भएको छ । 

यसैबीच भूकम्पका कारण क्षति पुगेका सरकारी कार्यालय र मर्मत गरी सञ्चालन गर्नसक्ने कृषि ज्ञान केन्द्र, कन्दमूल तरकारी विकास केन्द्र सिन्धुली, प्रमुख जिल्ला अधिकारीको निवास मर्मत गरी हस्तान्तरण गरिएको छ । पुनर्निर्माण गर्नुपर्ने सरकारी कार्यालयमध्ये प्रमुख जिल्ला अधिकारीको निवास, भू–संरक्षण कार्यालय सिन्धुली, सिँचाइ डिभिजन र वन डिभिजन सिन्धुलीको भवन निर्माण सम्पन्न गरी सम्बन्धित कार्यालयलाई हस्तान्तरण गरिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ भवन सिन्धुलीले जनाएको छ ।

हाल निर्माण भइरहेका सरकारी वकिलको कार्यालय, शहरी विकास, हुलाक कार्यालय र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको भवन निर्माणको अन्तिम चरणमा रहेको छ । सिन्धुलीमा भवन निर्माण गरिए पनि भू–संरक्षण, खानेपानी डिभिजन कार्यालय भने सिन्धुलीबाट अन्यत्रै लगिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x