×

NMB BANK
NIC ASIA

प्यारो बच्चा बचाउँदा जल्यो ‘तानाशाह’ किम जोङको तस्वीर, महिलालाई जेल !

पुस २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

उत्तर कोरियाका नेता किम जोङ उनको शासनलाई ‘तानाशाही’ भनेर विश्वभर चर्चा गरिन्छ । हालसालै सार्वजनिक भएको एक घटनाले किमको कठोर शासनबारे थप प्रस्ट भएको छ ।

Muktinath Bank

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उत्तर कोरियाको एउटा घरमा आगलागी हुँदा एक महिलाले आफ्नो बच्चालाई हतारहतार घरबाहिर निकालिन् । तर उनले घरभित्रबाट किमको तस्वीर सुरक्षित रुपमा निकाल्न बिर्सिइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उत्तर कोरियामा हरेक व्यक्तिले आफ्नो घरमा किमको तस्वीर राख्नुपर्ने व्यवस्था छ । घरमा भएको आगलागीबाट प्यारो बच्चा बचाउन सफल भएकोमा महिलालाई खुशी होइन, जेल जानुपर्ने भएको छ ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

बच्चालाई बचाउने क्रममा किमको तस्वीरमा आगो लागेपछि ती महिलाविरुद्ध ‘राजनीतिक अपराध’ मुद्दा चलाइएको जनाइएको छ । उत्तरी हेमयोङ प्रदेशको अन्सङकी पीडित महिलाको नाम भने सार्वजनिक भएको छैन ।

आगलागी हुँदा किमको तस्वीर सुरक्षित गर्नुपर्ने प्राथमिकतालाई छाडेर बच्चा बचाउनतिर ध्यान दिएको अभियोगमा ती महिलामाथि मुद्दा चलाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । महिलामाथि लागेको राजनीतिक अपराधको मुद्दामा जेल सजाय समेत हुनसक्ने जनाइएको छ ।

यसरी घरमा आगो लाग्दा तस्वीर सुरक्षित राखिएका घटना यसअघि समेत सार्वजनिक भइसकेका छन् । तस्वीर सुरक्षित राख्ने व्यक्तिलाई भने किम प्रशासनले सम्मानित गर्ने गरेको छ । यसरी तस्वीर बचाउन खोज्दा बच्चाको निधन हुने गरेका घटना समेत यसअघि सार्वजनिक भएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x