×

NMB BANK
NIC ASIA

गरीबीमा प्रदेश २ धेरै अगाडि !

पुस २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रदेश नम्बर २ को बहुआयामिक गरीबी दर राष्ट्रिय औसतभन्दा धेरै बढी देखिएको तथ्य सार्वजनिक गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

केन्द्रीय तथ्यांक विभागको आर्थिक सर्वेक्षण २०७५ अनुसार राष्ट्रिय औसत बहुआयामिक गरीबी दर २८.६ प्रतिशत छ भने प्रदेशको बहुआयामिक गरीबी दर ४७.९ प्रतिशत रहेको रहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मानव विकास सूचकांकका आधारमा पनि पछि परेको यस प्रदेशको गरिबीसम्बन्धी अन्य सूचकसमेत राष्ट्रिय औसतभन्दा तल रहेको देखिएको छ । तथ्यांकअनुसार बहुआयामिक गरीबीको सङख्या २४.१ र मानव विकास सूचकांक ०.४२१ प्रतिशत रहेको छ ।


Advertisment
Nabil box
Kumari

गरीबीको सघनताका दृष्टिले राष्ट्रिय औसत ४४.२ प्रतिशत छ भने प्रदेशको गरीबीको सघनता ४५.३ प्रतिशत देखिएको छ ।

Vianet communication
Laxmi Bank

मानव गरीबीको सूचकांक पनि प्रदेशका सम्पूर्ण जिल्लामा राष्ट्रिय औसतभन्दा बढी रहेको देखिएको छ । राष्ट्रिय योजना आयोगको तथ्यांकअनुसार प्रदेश अन्तर्गतका जिल्लामध्ये मानव गरीबीको सूचकांकको उच्चमानसहित रौतहट जिल्लामा मानव गरीबी सबैभन्दा बढी ४६.४३ तथा पर्सा जिल्लामा सबैभन्दा कम ३६.३७ प्रतिशत रहेको अवस्था छ ।

प्रदेशको महोत्तरीको ४४.७५, सर्लाहीको ४३.८६, सिरहाको ४२.६२, धनुषाको ४१.७२, बाराको ४०.०९ र सप्तरीको ३८.३४ प्रतिशत मानव गरीबीको सूचकांक रहेको छ ।

प्रदेशमा रहेका १८ वर्षमुनिका बालबालिकाको संख्या १ लाख ५३ हजार ८०९ मध्ये ३७ प्रतिशत बालबालिका कुपोषणको शिकार छन् । सोमध्ये १ देखि १४ वर्षका उमेर समूहका ८३.८ प्रतिशत बालबालिकाले स्याहार गर्नैबाटै शारीरिक कष्ट पाएका छन् ।

कुपोषण भएका ५ वर्षमुनिका बालबालिकामध्ये उचाइअनुसार तौल कम भएका बालबालिकाको सङ्ख्या १४.४ प्रतिशत रहेको छ भने उमेरअनुसार तौल कम भएका बालबालिका ३६.८ प्रतिशत देखिएको छ ।

नेपाल जनसंख्या तथा स्वास्थ्य सर्वेक्षणअनुसार नेपालमा भेटिएका कालाजारको घटनामध्ये १३.८ प्रतिशत घटना प्रदेश नम्बर २ मा हुने गरेको पाइएको छ । खासगरी धनुषा र सर्लाही जिल्ला कालाजारका लागि बढी जोखिममा रहेको देखिएको छ ।

हात्तीपाइलेका घटनामध्ये १८.३ प्रतिशत घटना यस प्रदेशमा भएको देखिएको छ । महोत्तरी र रौतहट जिल्ला यसका लागि सबैभन्दा उर्वर देखिएको छ । कुष्ठरोगको हकमा नेपालमा हुने सबै घटनाको ४०.३ प्रतिशत हिस्सा यस प्रदेशमा रहेको छ । यो रोग यस प्रदेशका आठै जिल्लामा भेटिएको भए पनि धनुषा जिल्लामा सर्वा्धिक रहेको छ । महोत्तरी र बारा जिल्लामा पनि यो रोग लाग्नेको संख्या अधिक देखिएको छ ।

यस प्रदेशमा जम्मा जनसंख्याको १.३२ प्रतिशत कुनै न कुनै प्रकारको अपाङ्गता भएको देखिएको छ । यो प्रतिशत राष्ट्रिय औसत १.९४ प्रतिशतभन्दा केही कम हो । 

प्रदेशका पुरूषमध्ये १.५१ प्रतिशत कुनै न कुनै प्रकारको अपाङ्गता भएका छन् भने राष्ट्रमा यस्ता पुरुष २.१८ प्रतिशत  रहेको छ । प्रदेशका महिलामध्ये कुनै न कुनै प्रकारको अपाङ्गता भएकाको संख्या १.१३ प्रतिशत तथा समग्र राष्ट्रको १.७१ प्रतिशत रहेको छ ।

प्रदेशभित्र कुनै न कुनै प्रकारको अपाङ्गता भएकाको प्रतिशत बारा जिल्लामा सबैभन्दा बढी १.६९ प्रतिशत तथा पर्सा जिल्लामा सबैभन्दा कम १.०३ प्रतिशत रहेको छ । सबै जिल्लामा महिला तथा पुरुष दुवैमा सबैभन्दा बढी शारीरिक अपाङ्गता भएका र त्यसपछि दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्ति छन् ।

तथ्यांकअनुसार यस प्रदेशमा नवजात शिशु मृत्युदर राष्ट्रिय औसतभन्दा बढी छ । प्रतिहजार जीवित जन्ममा राष्ट्रमा २१ जना शिशुको मृत्यु १ महिना नपुग्दै हुन्छ भने यस प्रदेशमा यसरी मृत्यु हुने शिशुको संख्या ३० जना रहेको छ । 

प्रतिहजार जीवित जन्ममा १ महिनादेखि १ वर्षको उमेरभित्र मृत्यु हुनेको संख्या राष्ट्रिय औसतमा १२ जना छ भने यस प्रदेशमा १३ जना रहेको देखिएको छ । सबैभन्दा प्रचलित शिशु मृत्युदर पनि यस प्रदेशमा ४३ तथा राष्ट्रिय औसत ३२ जना प्रतिहजारमा रहेको पाइएको छ ।

यही अवस्थालाई दृष्टिगत गरी प्रदेश सरकारले उच्च मानव विकास र पहिचान, समृद्ध मधेश समाज  भन्ने सोचसँगै सरकारको पहिलो आवधिक योजनाको आधारपत्र निर्माण गरेको छ । आधारपत्रमा प्रदेशवासीको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याई उच्च आर्थिक वृद्धिदर हासिल गर्ने गन्तव्य निर्धारण गरेको छ । सोका लागि सामाजिक विकास, पूर्वाधार विकास, कृषिको विकास, पर्यटनको विकास, वन, वातावरण तथा चुरेको संरक्षण र सम्वद्र्धन, उद्योग स्थापनाको विकास, मानवीय स्रोतको विकास र रोजगारी सिर्जना, सुशासन लगायतका विकासको प्राथमिकतामा जोड दिएको छ ।

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले आधारपत्रमा गरिबी न्यूनीकरणतर्फ गरिबीको रेखामुनि रहेका नागरिकको जीवनस्तरलाई ५ वर्षभित्र २७.७ प्रतिशतबाट २१ प्रतिशतमा झार्ने र योजना अवधिभित्र ११ प्रतिशत आर्थिक वृद्धि दर हासिल गर्ने लक्ष्य लिइएको बताउँछन् ।

सोका लागि कूल स्थिर लगानी ११ खर्ब ५९ अर्ब ३६ करोड आवश्यक पर्ने पर्ने अनुमान गरिएको छ । योजनात्मक लगानीमा सार्वजनिक क्षेत्रबाठ ३८, निजी क्षेत्रबाट ५८ र सहकारी क्षेत्रबाट चार प्रतिशत लगानी अनुमान गरिएको उनले जानकारी दिए ।

आधारपत्रमा प्रक्षेपित लगानीको फतिफलका रूपमा योजनाको अन्तसम्ममा यस प्रदेशमा प्रतिव्यक्ति आय १ हजार (अमेरिकी डलर) पुग्ने अनुमान गरिएको छ । हाल यस प्रदेशको प्रतिव्यक्ति आय ७९९ अमेरिकी डलर रहेको छ । – हिमांशु चौधरी/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x