कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पुस २७ गते मनाइने राष्ट्रिय एकता दिवसको पूर्व सन्ध्यामा शनिवार नेपाली सेनाको मध्यपश्चिम पृतना हेड क्वाटर बुटवलले भिक्टोर म्याराथुल युनिटी दौडको आयोजना गर्यो ।
दौडमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल पनि दौडिए । दौडमा पोखरेलसहित प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेल र मन्त्रीहरूले ५ किलोमिटरको दूरी दौडेर पार गरेका थिए ।
दौडमा सेनाका अधिकारी र जवान सहितको टोलीसँग म्याराथुनमा दौडिन सयांैको संख्यामा नागरिकसहित नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका जवानहरू शनिवार बिहानै बुटवलको सडकमा निस्केका थिए ।
सेनाले आयोजना गरेको म्याराथुन प्रतियोगिता शनिवार बिहान ८ बजे बुटवल बहुमुखी क्याम्पसबाट शुरू भई जितगढी किल्लामा पुगेर समापन भएको थियो । म्याराथुन प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित सर्वसाधारण नागरिकले समेत भाग लिएका थिए ।
सेनाको मध्यपश्चिम पृतना हेडक्र्वाटरले आयोजना गरेको भिक्टर म्याराथुन युनिटी रनमा ५, १०, २१ र ४२ किलोमिटर म्याराथुन प्रतियोगितामा आयोजना गारिएको हो । म्याराथुन प्रतियोगिताको विजयी धावकहरूलाई पुरस्कार वितरण गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै संघीय सरकारका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपालको सीमा रक्षाको सवालमा कहीँकसैसँग सम्झौता नगरिने दृढता व्यक्त गरे ।
उनले राष्ट्रिय अखण्डता र सर्वभौमिकताको रक्षाको विषयमा सरकार सधै संवेदनशील रहेको बताउँदै ऐतिहासिक तथ्य प्रमाणको आधारमा सीमाहरू रक्षा गर्न नेपालीहरू एकजुट रहेको उद्घोष गरे ।
विश्व विजेता अंग्रेजलाई परास्त गर्ने लडाइँमा नेपाली सेनाको कमाण्ड गर्ने कर्णेल उजीर सिंहको सम्मान तथा सरकारको भ्रमण वर्ष २०२० लाई टेवा पुर्याउन नेपाली सेनाले म्याराथुनको कार्यक्रम राखेको मध्यपश्चिम पृतना हेड क्वाटरका पृतनापति सिताराम खड्का बताउँछन् ।
४२ किलोमिटर दौडमा रिमाल प्रथम
सेनाले आयोजना गरेको म्याराथुनमा ४२ किलोमिटर अन्तर्गत पुरुषतर्फ हरिकुमार रिमालले २ घण्टा ३१ मिनेटमा दूरी पार गरी प्रथम भएका थिए भने राजन रोकायाले २ घण्टा ३२ मिनेटमा पार गर्दै दोस्रो र कल्याण बानियाँले २ घण्टा ३५ मिनटमा दूरी पार गरी तेस्रो भएका थिए ।
महिलातर्फ कान्छीमाया क्वजु २ घण्टा ५६ मिनेटमा पार गरी प्रथम रमिता बासी ३ घण्टा १२ मिनटमा पूरा गरी दोस्रो र कृष्णेश्वरी सिम्ता ३ घण्टा ३२ मिनेटमा पार गरी तृतीय बनेकी थिइन् । २१ किलोमिटर दौडमा गजेन्द्र राई प्रथम, रामजी बस्नेत द्धितीय र मिलन कार्की तृतीय बनेका थिए भने महिलातर्फ विश्वरुपा बुढा प्रथम, पूर्णलक्ष्मी न्यौपाने दोस्रो र रेखा बिष्ट तृतीय बनेकी थिइन् । १० किलोमिटर पुरुषतर्फ शिव रायमाझी प्रथम, विकास राई द्वितीय र गणेशसिंह ठकुरी तेस्रो भएका थिए भने महिलातर्फ सानुमाया कार्की प्रथम, सिता श्रीस द्वितीय र सिता चौधरी तृतीय भएकी थिइन् ।
विजयी धावकलाई बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, प्रदेश ५ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलबहादुर केसी तथा संघीय सरकारका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले नगद, शिल्ड तथा प्रमाणपत्र वितरण गरे ।
कर्णेल उजीर सिंह किल्ला जितगढीमा आयोजना गरिएको समापन कार्यक्रममा युद्ध संगीतमा आधारित सरायानाच तथा विजयी उत्सव नाच नेपाली सेनाले प्रदर्शन समेत गरेको थियो । स्थानीय विद्यालयका विद्यार्थीको राष्ट्रिय भावनामा ओतप्रोत भएको नृत्यले सहभागिलाई मनोरञ्जन प्रदान गरेको थियो ।
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...