चैत २७, २०८०
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
पुस २७, २०७६
क्रसर व्यवसायी विपिन महतोको समूहले दिलिप भनिने ओमप्रकाश महतोको हत्या गरेको प्रकरण प्रहरी निरीक्षक रामकुमार यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषा तानिएको छ ।
घटना भएको स्थान मिथिला नगरपालिकाको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषामा झिकाइएको प्रदेश नम्बर २ का प्रमुखसमेत रहेका प्रहरी नायब महानिरीक्षक प्रद्युमनकुमार कार्कीले पुष्टी गरेका छन् ।
‘कारवाही नै त भन्न मिल्दैन, आन्तरिक व्यवस्थापनका क्रममा उहाँलाई जिल्ला प्रहरी कार्यालय धनुषामा झिकाइएको हो,’ डीआईजी कार्कीले लोकान्तरसँग भने, ‘उहाँ आज बिहानैदेखि जिल्लामा आइसक्नु भएको छ, उहाँको ठाउँमा अब अर्को प्रहरी निरीक्षक पठाउने तयारी गरिएको छ ।’
प्रहरी निरीक्षक यादवले दिलिपको हत्यालाई सवारी दुर्घटनामा परिणत गर्न खोजेको भन्दै मृतकका परिवारहरुले असन्तुष्टि व्यक्त गरेका थिए । गत शुक्रवार बिहान ४ बजेतिर फेला परेको महतोको मृत शरीरको लासजाँच मुचुल्का नै नउठाएर उपचार गराउने बहानामा प्रहरी भ्यान लिएर आएको आरोप मृतकका आफन्तले लगाएका थिए ।
‘शुरुमा घटनास्थल नजिकैको लालागढस्थित मोडेल अस्पतालमा उपचार गराउने भनेर लासलाई उठाएर प्रहरीले लागेको थियो,’ मृतक दिलिपको शव परीक्षणका लागि शनिवार प्रादेशिक अस्पतालमा ल्याइएका बेला मृतककी बहिनी लक्ष्मी महतो र बुबा रामजीवन महतोले भने, ‘उपचार गराउने नै हो भने पीडित परिवारका सदस्यलाईसमेत लग्नु पर्छ भन्दा पनि गाडीमा चढाएका थिएनन् ।’
पिडित परिवारले घटना भएको बेलादेखि नै प्रहरी निरीक्षक यादव पनि क्रसर व्यवसायीसँग मिलेर हत्यालाई सवारी दुर्घटनामा मृत्यु भएको पुष्टि गर्न लागिपरेको आरोप लगाएको थियो ।
त्यसै कारण स्थानीयबासीहरुले शुक्रवार पूर्व-पश्चिम राजमार्गमा टायर बालेर सडक अवरुद्ध गरेर विरोध प्रदर्शन गर्नुका साथै प्रहरीमाथि ढुंगामुढा पनि गरेका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) रमेश कुमार बस्नेतका अनुसार राजमार्ग खुलाउने क्रममा प्रहरीले २ दर्जन अश्रु ग्यास प्रहार गरेको थियो ।
प्रहरीमाथि आक्रोशित स्थानीयबासीले ढुंगामुढा गर्दा एक जना प्रहरी घाइते भएको उनले बताए । प्रहरीमाथि ढुंगामुढा गर्दा पनि प्रहरीले संयमता अपनाएको एसपी बस्नेतले दाबी गरे ।
दुर्घटनामा हत्या भएको प्रमाणित गर्न खोजेको भन्दै मृतक दिलिपका आफन्तले शनिवार शवलाई पोस्टमार्टम गर्न मानिरहेका थिएनन् । एसपी आफैं पुगेर पीडित परिवारलाई निष्पक्ष तरिकाले छानबिन गर्ने प्रतिबद्धता जनाएपछि शवको पोस्टमार्टमा भएको थियो ।
घटनामा संलग्न ४ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको भोलिपल्टै प्रहरी निरीक्षकलाई जिल्ला प्रहरी कार्यालय धनुषामा तानिएकोले त्यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रहरी निरीक्षक यादवले अनुसन्धानका क्रममा लापरबाही गरेका कारण कारवाहीस्वरूप झिकाएको भन्ने समेत विश्लेषण भइरहेको छ । ‘कारवाहीस्वरूप उहाँलाई तानिएको होइन, भोलि त्यहाँ कार्य सम्पादनमा जाँदा फेरि समस्या हुना सक्ने हुनाले २/४ दिनको लागि तान्नै पर्यो,’ एसपी बस्नेतले लोकान्तरसँग भने ।
यता आफूमाथि भीडले लगाएको आरोप निराधार रहेको प्रहरी निरीक्षक यादवले प्रतिक्रिया दिएका छन् । ‘हिजोसम्म मान्छे पक्राउ नपरेको अवस्थामा आक्रोशित मानिसले जे पनि आरोप लगाउने नै भए,’ इन्स्पेक्टर यादवले भने, ‘तर अहिले पीडित परिवारलाई सोध्नुस्, उहाँहरु पूर्ण रुपमा सन्तुष्ट हुनु हुन्छ ।’
आफूले राजमार्गमा लाश राखेर राजनीति गर्न नदिएको भन्दै आफ्नै कारणले थप मानवीय क्षति नभएको उनले दाबी गरे ।
‘घटना भएको ४८ घण्टा भित्र केस समाधान गर्न सकेका छौं,' उनले भने, 'आरोपित ४ जना मध्ये टिपर चालक, लोडर चालक र अर्को मानिसलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा बुझाएको छु ।’
'हत्यामा संलग्न भएको सामानसहित टिपरसमेत पक्राउ गरेर बुझाएको मान्छेले घटना दबाउने कुरा गर्नु कति सही हो ?' उनले प्रश्न गरे ।
इलाका प्रहरी कार्यालय ढल्केवरमा इन्चार्ज भएर जानुअघि उनी जिल्ला प्रहरी कार्यालय धनुषाकै प्रशासन फाँट प्रमुख भएर काम गरेका थिए । जिल्लामा हुँदा विवादरहित छवी बनाएका प्रहरी निरीक्षक यादवलाई अनुसन्धानमा लापरवाही गरेको आरोप लागेको थियो । प्रहरी निरीक्षक यादव राष्ट्रिय जनता पार्टी (राजपा)को अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवको आफ्नै भाईसमेत रहेकाले उक्त घटना त्यहाँ राजनीति गर्नका लागि उनलाई विवादमा तानिएको हुन सक्ने अनुमान पनि एक पक्षबाट आइरहेको छ ।
क्रसर उद्योगको अवैध उत्खननको विरोध गर्दै आएका कारण क्रसर संचालकसहितका मानिसहरुले दिलिपको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) रमेश कुमार बस्नेतसमेतले पुष्टि गरेका छन् ।
‘औरही खोलामा टिपरले बालुवा-गिट्टी चोरी गरिलगिरहेको भन्ने थाहा पाएर टिपर समात्न गएका ओमप्रकाशलाई क्रसर व्यसायी सहितका मानिसहरुले उनको हत्या गरेको कुरा प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ,’ एसपी बस्नेतले भने, ‘दिलिपलाई चार जनाले खोलामा समातेर फलामको लिभरले दाहिने कोखमा घोची घाइते बनाई खोलामा सुताएर ना ७ ख ६४३१ नम्बरको टिपरले किचेर हत्या गरेको कुरा खुल्न आएको छ ।’
हत्या गरेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेर सार्वजनिकसमेत गरेको छ । औरही खोलामा चुरिया माई बालुवा प्रशोधन उद्योगले संचालन गर्दै आएका धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ का क्रसर संचालक २७ वर्षीय बिपिन महतो, महोत्तरी बर्दिबास नगरपालिका वडा नम्बर ९ का टिपर चालक ३४ वर्षीय मुनिन्द्र महतोलाई प्रहरीले पक्राउ गरेको छ ।
त्यसै गरी महोत्तरी बर्दिबासकै अनटेस्ट लोडर चालक २४ वर्षीय जितेन्द्रकुमार महतो र धनुषा मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ का २७ वर्षीय रोशनकुमार यादवसमेतलाई पक्राउ गरिएको छ ।
‘दिलिपको हत्यामा यी चारै जना संलग्न रहेको कुरा अहिलेसम्मको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ एसपी बस्नेतले भने, ‘विगतमा पनि अवैध उत्खननको दिलिपले विरोध गर्दै आएका कारणले नै हत्या गरिएको कुरा खुल्नमा आएको छ ।’
घटनाको थप अनुसन्धान अहिले जारी नै रहेको र अरु पनि थप मानिस संलग्न छन् वा छैनन् भन्ने कुरा थप अनुसन्धानबाट खुल्ने उनले बताए ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...
नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...
यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...
निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...