सुनको भाउ घट्यो, कति छ मूल्य ?

केही दिनदेखि लगातार बढिरहेको सुनको मूल्य सोमवार घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायीका अनुसार आइतवारको तुलनामा सोमवार सुनको मूल्यमा २ सय रुपैयाँको गिरावट आएको छ । 


Advertisement

सोमवार नेपाली बजारमा छापावाल सुन प्रतितोला ७४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतवार छापावाल सुन प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भएको थियो । 


Advertisement

यसैगरी सोमवार तेजावी सुन प्रतितोला ७४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

महासंघका अनुसार, सोमवार चाँदीको मूल्य भने स्थिर छ । आइतवार ८ सय ९० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी सोमवार पनि सोही मूल्यमा बिक्री खरिदबिक्री भइरहेको छ ।  
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्