×

NMB BANK
NIC ASIA

प्रहरीको ‘हिरोगिरी’ : गुण्डा नाइके लामालाई पक्राउ गरेको २ घण्टापछि गोली प्रहार !

पुस २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

आइतवार साँझ जम्मुडाँडामा प्रहरीले गोली हानेका गुण्डा नाइके विष्णु लामालाई पक्राउ परेको २ घण्टापछि खुट्टामा गोली हानिएको दाबी गरिएको छ ।

Muktinath Bank

बौद्ध मेडिकल कलेज छेउको पसलमा चिया खाइरहेको अवस्था पक्राउ गरी जम्मुडाँडामा लगेर गोली हानिएको गुण्डा नाइके भनिने विष्णु लामाले लोकान्तरलाई बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरीले लामालाई साढे ३ बजे नियन्त्रणमा लिएर २ घण्टापछि साँझ साढे ५ बजे हत्कडीमै गोली हानेको लामाले लोकान्तरलाई बताए ।


Advertisment
Nabil box
Kumari

काठमाडौंको ट्रमा सेन्टरमा उपचाररत लामाले लोकान्तरलाई दिएको बयानको सम्पादित अंश :

Vianet communication
Laxmi Bank

बौद्धको मेडिकल कलेज नजिकै मेरो घर छ । हिजो (आइतवार) दिउँसो साढे ३ बजे घर नजिकैको पसलमा साथीहरूसँग चिया पिउँदै थिएँ । सादा पोशाकमा रहेका प्रहरीले मलाई समायो ।

त्यसपछि प्रहरीले मलाई त्यहीँ क्षेत्र वरिपरि प्रहरीकै भ्यानमा घुमाइरह्यो । मेरो हातमा हत्कडी थियो । ६ महिनादेखि भारत बस्दै आएको थिएँ । केस (बच्चालाई मारेको आरोप) मिलाउनको लागि आफन्तले बोलाएर नेपाल आएको थिएँ ।
प्रहरीले समायो अब केस छिट्टै मिल्ने भो भन्ने मेरो आकलन थियो तर त्यसो गरिएन । प्रहरीले अलिअलि अँध्यारो हुने बेलामा लगभग साढे ५ बजेको समयमा जम्मुडाँडामा लग्यो । २ जना प्रहरीले अगाडि कुरा गरिरहेका थिए । १ जनाले पछाडिबाट आएर हत्कडीमै प्रहरी बिटको पछाडि २ वटा रुख छ, त्यसैको बीचमा राखेर मेरो दायाँ खुट्टामा प्रहरील गोली हान्यो ।

म रक्ताम्य भएँ । त्यसपछि प्रहरीकै भ्यानमा उनीहरूले महानगरीय प्रहरी वृत्त बौद्धमा ल्याए । बल्ल थाहा पाएँ, सादा पोशाकका प्रहरी बौद्धका रहेछन् । त्यसपछि बौद्ध प्रहरी अर्को गाडीमा हालेर मलाई ट्रमा सेन्टरमा ल्याएर राखेको छ । मैले प्रहरीलाई ढुंगा हाने भनेर समाचारहरू आएका छन् । त्यस्तो होइन, मैले प्रहरीलाई ढुंगा हानेको छैन ।

भाग्न खोज्दा गोली हान्यौं : प्रहरी

प्रहरीले गुण्डा नाइके लामालाई समाएपछि गोली हानेको अस्वीकार गरेको छ । प्रहरीले समाउन खोज्दा लामा भाग्न खोजेपछि गोली हानेर नियन्त्रण लिएको जनाएको छ ।

‘उसँगै अरु पनि फरार अभियुक्त थिए । उनीहरूलाई समाउन खोज्दै थियौं । लामा भाग्ने खोजेपछि प्रहरीले गोली हानेको हो,’ महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश सिंहले लोकान्तरलाई बताए । समाएपछि प्रहरीले गोली हानेको भन्ने कुरा सत्य नभएको डीएसपी सिंह बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x