×

NMB BANK
NIC ASIA

विप्लव नेकपाका युवा अध्यक्ष परियारलाई एनसेलमा आगजनी गरेको मुद्दा

माघ १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका काभ्रेपलाञ्चोक जिल्ला सदस्य एवं राष्ट्रिय युवा जन–स्वयंसेवकका जिल्ला अध्यक्ष रमण परियारलाई आगजनी अभियोगमा मुद्दा दायर गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

पाँचखाल नगरपालिका–७ होक्सेका ३० वर्षीय परियारलाई गत साल फागुन १० गते भुम्लु गाउँपालिकास्थित एनसेल टावरमा आगजनी गरेको अभियोगमा प्रहरीले मंगलवार मुद्दा दायर गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

परियारलाई सार्वजनिक सम्पत्तिमा नोक्सानी पुर्‍याएको कसुरमा मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

प्रहरीले परियारलाई विशेष सूचनाका आधारमा बा ८१ प ३२ नम्बरको मोटरसाइकलमा बनेपा नगरपालिकास्थित गोदाम चोकबाट सोमबार साँझ पक्राउ गरेको थियो । परियार केही वर्षअघि गुडिरहेको यात्रुवहाक बसमा आगो लगाएर सर्वसाधारणको ज्यान लिन खोजेको अभियोगमा केही महिना जेल बसेर निस्केका थिए । 

Vianet communication
Laxmi Bank

यसअघि पक्राउ परेका सोही समूहका जिल्ला सेक्रेटरी सुन्तली थोकर विरुद्धको २०७५ चैत १० गते काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–५ सल्लेडाँडामा रहेको एनसेल (बीटीएस) टावरमा आगजनी तथा महाभारत गाउँपालिका नजिकै सिलिण्डर बम विस्फोट गरेको अभियोगमा जिल्ला अदालतले मागेको २५/२५ हजार धरौटी तिर्न नसक्दा केन्द्रीय कारागार चलान गरिएको प्रहरीले जनाएको छ । ३२ वर्षीया थोकरलाई कात्तिक अन्तिम साता विप्लव माओवादीको जिल्ला फर्मेशनमा जिल्ला सक्रेटरी भएलगत्तै कात्तिक ६ गते राति पनौती नगरपालिका–९ नौबिसेस्थत घरबाटै प्रहरीले पक्राउ गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x