माघ १८, २०८०
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
संक्रमणकालीन मुद्दा निरुपणका लागि सत्य निरुपण आयोग गठनमा ढिलाइ भइरहेको समयमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधवार दिएको अभिव्यक्तिले सामाजिक सञ्जाल तातेको छ ।
काठमाडौंको टुँडिखेलमा बुधवार थारु समुदायको माघी महोत्सवको कार्यक्रममा प्रचण्डले द्वन्द्वकालीन घटना स्मरण गर्दै ५ हजार व्यक्तिको हत्याको जिम्मा लिने बताए ।
माघी महोत्सवमा पुगेका प्रचण्डले जेलमा रहेका सांसद रेशम चौधरीको प्रसङ्ग कोट्याउँदै गएर ५ हजार व्यक्तिको मृत्युको जिम्मा लिन आफू तयार रहेको बताए ।
हत्याको विषय कोट्याउनको लागि न त्यो उपयुक्त मञ्च थियो, न यो शैलीमा उनले बोल्नु आवश्यक थियो । प्रचण्डले यसअघि पनि द्वन्द्वकालीन मुद्दाको जिम्मा लिने बताउँदै आएका थिए तर हिजोको अभिव्यक्तिलाई लिएर पूर्व माओवादीका नेताहरू समेत आश्चर्यमा परेका छन् ।
माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेका र पछिल्लो राजनीतिक कालखण्डमा ‘राजनेता’को छवि बनाएका गिरिजाप्रसाद कोइराला अड्कलेर तौली–तौली बोल्थे । केही महत्त्वपूर्ण विषयमा ‘फायर’ खोल्नुपूर्व उनले तलाउमा ढुंगा हान्थे तर झण्डै २ दशकदेखि नेपालको राजनीतिको केन्द्रमा रहेका प्रचण्ड दिनमा तीन वटा कार्यक्रममा भाषण गर्छन् र तीनथरि कुरा गर्छन् ।
प्रचण्ड शान्ति प्रक्रियामा आएको १ दशक पुगेको अवसरमा लिइएको प्रतिक्रियामा नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेले लोकान्तरलाई दिएको प्रतिक्रियामा भनेका थिए, ‘बिहान एकथरि, दिउँसो अर्को र बेलुका अर्कै कुरा गर्ने पनि नेता हुन्छ ?’ राष्ट्रिय राजनीतिलाई तरङ्गित गरिरहेका प्रचण्ड बेलाबखत यस्तै प्रतिक्रिया दिएर विवादमा आउने गर्छन् ।
गत वर्ष पनि प्रचण्डले यही समयमा अभिव्यक्ति दिएका थिए – फेरि माओवादी जन्मिने । त्यो नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई दिएको घुर्की थियो । यसपटक प्रचण्डको अभिव्यक्ति आफ्नै लागि आत्मघाती जस्तै देखिएको छ । यसै पनि माओवादीकै भाषामा ‘प्रतिक्रियावादी’ तत्वले माओवादी ‘जनयुद्ध’लाई राजनीतिक हिंसा भएको आरोप लगाउँदै प्रचण्ड लगायत माओवादी नेतालाई ‘हेग’ पुर्याउने भन्न छाडेका छैनन् ।
यस्तो बेला प्रचण्डले ५ हजार व्यक्ति हत्याको जिम्मा लिन्छु भन्नुले ‘जनयुद्ध’विरुद्ध प्रमाण संकलन गरिरहेकालाई प्रमाण पुगेको छ । माओवादी सशस्त्र युद्धको दौरान १७ हजार नेपालीको ज्यान गएको थियो । विद्रोही पक्षको नेतृत्वको हैसियतले प्रचण्डले ५ हजारको जिम्मा लिन्छु भनेका छन् ।
‘मलाई ५ हजारको जिम्मा दिनुहुन्छ भने लिन तयार छु,’ उनले भने । यसको अर्थ के लाग्छ ? कानूनका जानकार भन्छन् – यो अदालती प्रमाणको विषय बन्न सक्छ ।
प्रचण्डले बेलाबखत आफूलाई हेग लगे झन् हिरो भएर निस्कने अभिव्यक्ति पनि दिन्छन् । गएको साउन १३ गते विप्लव समूहका बारा जिल्ला अध्यक्षलाई पार्टी प्रवेश गराउने क्रममा प्रचण्डले भने, ‘मलाई हेग लगे भने त म विश्वको हिरो हुन्छु, त्यो त मेरो लागि गर्वको कुरा हुन्छ । मलाई लाग्दैन, यिनीहरूले लान्छन् र मलाई विश्वको हिरो बनाउँछन् ।’
प्रचण्डको यो अभिव्यक्तिमा पनि त्रास र धम्कीको मिश्रण बुझ्न सकिन्छ । यस्तै अभिव्यक्ति प्रचण्डले गत वर्षको माघमा पनि दिएका थिए, फेरि अर्को माओवादी जन्मने भन्दै । प्रदेशहरूलाई अधिकार नदिएको, भेनेजुएला प्रकरणमा निकालेको विज्ञप्तिलाई अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ‘वर्ड स्लिप’ भएर त्यस्तो विज्ञप्ति आएको भनेर अमेरिकी राजदूतलाई स्पष्टीकरण दिएपछि २ अध्यक्षको सम्बन्धमा खटपट भएको थियो ।
प्रचण्डको यो विवादास्पद अभिव्यक्ति त्यतिबेला सार्वजनिक भएको छ, जतिबेला नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको छ । अहिले पनि सभामुखको उम्मेदवार र एमसीसी सम्झौता अनुमोदनको विषयलाई लिएर नेकपाभित्र विवाद छ । नेकपाका अर्का अध्यक्ष एवं प्रधामनन्त्री केपी शर्मा ओलीले दिएको ‘सम्पादक’को मुटु छैन भन्ने अभिव्यक्ति पनि विवादमा परेको छ ।
भीड देखेपछि उत्तेजित हुने भाषण
प्रचण्डसँग लामो समयदेखि संगत गरेका पूर्व माओवादीका एक नेता भीडलाई खुशी बनाउने नाममा प्रचण्डले पटक–पटक यस्ता अभिव्यक्ति दिने गरेको टिप्पणी गर्छन् । ‘त्यसको दूरगामी असर के पर्छ भनेर सोच्दै नसोची प्रचण्डले बोल्दिनुहुन्छ, त्यसको असर पछिसम्म पर्ने गरेको छ,’ ती नेता भन्छन् ।
२०६६ सालमा सत्ताबाट बाहिरिएपछि नेपाली कांग्रेस र तत्कालीन एमालेका नेतालाई आरोप लगाउँदै ‘खेताला होइन मालिकसँग मात्र वार्ता गर्ने’ अभिव्यक्तिका कारण वातावरण नै बिथोलिएको उनले स्मरण गरे ।
प्रचण्डको मनोविज्ञानलाई बुझ्ने वामपन्थी विश्लेषक नरेन्द्रजंग पिटर शान्ति प्रक्रिया टुंगाउनमा भइरहेको आलटाल र दोषजति माओवादीको टाउकोमा राख्न खोजेका कारण बेलाबखत प्रचण्डबाट यस्ता प्रतिक्रिया आउने गरेको बताउँछन् । ‘प्रचण्डले हिजो त्यसो नभनेको भए राम्रो हुन्थ्यो । उहाँ तीतो सत्य बोल्नुभयो तर यो विषय त्यहाँ बोल्न जरुरी थिएन,’ पिटरले लोकान्तरसँग भने ।
संयुक्त राष्ट्र संघको मध्यस्थतामा शुरू भएको शान्ति प्रक्रिया र राष्ट्र संघको सुरक्षा परिषद्का ५ वटै सदस्य राष्टका राजदूतलाई साक्षी राखेर गरिएको शान्ति सम्झौताको मौलिकता बिर्सन नहुने उनले बताए । ‘नेपालको शान्ति प्रक्रिया दक्षिण अफ्रिकी मोडेल (फरगेट एण्ड फरगिभ) माफी दिएर बिर्सने सिद्धान्त अनुसार गरिएको हो,’ पिटरले भने, ‘दोस्रो विश्वयुद्ध पछाडिको नोभेम्बर ट्रायल जस्तो होइन ।’
प्रचण्डको अभिव्यक्ति ‘साविती बयान’
संक्रमणकालीन न्यायबारे सूक्ष्म अध्ययन गरिरहेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी ५ हजारको जिम्मा लिन तयार रहेको भन्ने प्रचण्डको अभिव्यक्ति साविती बयान जस्तो भएको टिप्पणी गर्छन् ।
‘प्रचण्डको अभिव्यक्ति साविती बयान जस्तै भयो, नम्बरको विवाद होला तर ५ हजार मान्छे मारेको जिम्मा लिन्छु भन्ने कुरा कानूनी प्रमाण हो । एउटा मान्छे मारिँदा त जन्मकैद हुन्छ भने ५ हजार मार्नेले उन्मुक्ति पाउँछ त ?’ त्रिपाठीले लोकान्तरसँग भने ।
द्वन्द्वकालीन मुद्दाको विषयमा सरोकार नराख्ने फोरममा बोलेको भएपनि उनका अभिव्यक्तिलाई अदालतले प्रमाणको रुपमा लिनसक्ने उनी दाबी गर्छन् । ‘प्रचण्ड पब्लिक फिगर भएकाले जुनसुकै फोरममा बोलेपनि उनको बोली औपचारिक अभिव्यक्ति हो,’ त्रिपाठी दाबी गर्छन् ।
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...