×

NMB BANK
NIC ASIA

'जय मम्मी दी' फिल्म समीक्षा : यो कमेडीले खासै हसाउँदैन

माघ ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कमेडी फिल्म बनाउनु कुनै मजाक हैन । कमेडी फिल्मको कथामा पात्रहरूलाई रमाइलो पाराले ढाल्न सकिएन भने दर्शक हाँस्दैनन् । 

Muktinath Bank

निर्देशक नवजोत गुलाटीको फिल्ममा भएको यही हो । फिल्म कमेडी विधाको भए पनि पेट मिचीमिची हास्ने दृश्य कम, सतही र जबर्जस्ती हसाउने दृश्य भरमार छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दिल्लीमा बस्ने दुई परिवार छिमेकी हुन् तर उनीहरू कट्टर दुश्मन बनेका छन् । कलेज पढ्दाताक पिंकी (पुनम ढिल्लों) र लाली (सुप्रिया पाठक) राम्रो साथी थिए तर अहिले एकअर्कालाई उनीहरू देखिसहँदैनन् । 


Advertisment
Nabil box
Kumari

यी दुईको दुश्मनी परिवारमा पनि सरेको छ । तर पिंकी र लालीका छोरा र छोरी पुनीत खन्ना (सनी सिंह) र साँझ भल्ला (सोनाली सहगल) एकअर्कालाई प्रेम गर्छन् भन्ने कुरा थाहै छैन । साँझले पुनीतलाई बिहेका लागि प्रस्ताव राख्दा डरका कारण पुनीत मान्दैन । दुःखी भएकी साँझको बिहे अन्तै निश्चित हुन्छ र लालीले पनि आफ्नो छोरो पुनीतको बिहे अन्तै फिक्स गरिदिन्छिन् । तर पुनीत र साँझ छुटिट्न सक्दैनन् । अनि दुवैजनाले फिक्स भएको बिहे नगराउनका लागि कोशिश गर्छन् । 

Vianet communication
Laxmi Bank

निर्देशकले पुरानो र थिन लाइन भएको कथा छानेर त्यसलाई विस्तार गर्न चुकेका छन् । त्यसैले इन्टरभलसम्म कथै अगाडि बढ्दैन । फिल्मको गति सुस्त छ । 

फिल्ममा हसाउनका लागि राखिएका वान लाइनरहरू छन् तर तिनले दर्शकलाई खासै प्रभावित पार्दैनन् । 

इन्टरभलपछि कथा अलिक अगाडि बढ्छ तर तर्कहीन र केटाकेटी पाराका दृश्यले फिल्मले कुनै नतिजामा पुर्‍याउँदैन । पिंकी र लालीको दुश्मनी के कारणले भएको हो भन्ने कुरा क्लाइमेक्समा खुल्छ तर त्यसबाट दर्शकले आफूलाई बेवकूफ बनाइएको अनुभव गर्छन् । 

फिल्ममा थुप्रो गीत राखिएकाले कथा अगाडि बढ्न अवरोध पुग्छ । 

सनी सिंहले पुनीतका रूपमा पात्रलाई रमाइलो बनाउन भरपूर कोशिश गरेका छन् । साँझका रूपमा सोनाली ग्ल्यामरस त लाग्छिन् तर आफ्नो भूमिकालाई उनले समात्न सकेको जस्तो लाग्दैन । सनी र सोनाली यसअघि प्यार का पंचनामा २ मा देखिएका थिए तर यस फिल्ममा उनीहरूबीचको केमिस्ट्री जमेको छैन । 

पुनम ढिल्लों र सुप्रिया पाठकलाई फिल्ममा मोग्याम्बो र गब्बरको संज्ञा दिइएको छ तर उनीहरूको भूमिकामा खलनायकी देखिँदैन । भन्ने नै हो भने उनीहरूको भूमिकालाई राम्ररी लेखिएको छैन । यी दुई अभिनेत्रीको लामो अनुभवका कारण अभिनय त गरेका छन् तर पात्र नै लाउड र मेलोड्रामाटिक भएकाले दर्शकमा खासै प्रभाव पर्दैन ।

फिल्म : जय मम्मी दी
कलाकार : सनी सिंह, सोनाली सहगल, सुप्रिया पाठक, पुनम ढिल्लों आदि
निर्देशक : नवजोत गुलाटी 
विधा : रोमान्टिक कमेडी
अवधि : २ घन्टा २ मिनेट
रेटिङ : २/५

नवभारत टाइम्समा प्रकाशित समीक्षा 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x