×

NMB BANK
NIC ASIA

डेढ वर्षमै ५०६ विरुद्ध १५ अर्बको कर छली मुद्दा

माघ ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालमा पेप्सी उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी बरुण वेभरेजले नक्कली बिलको कारोवार गर्नेसँग मिलेमतो गरेको भनेर राजश्व अनुसन्धान विभागमा विशेष सूचना आयो ।

Sagarmatha Cement
Muktinath Bank

विभागले गरेको लामो अनुसन्धानले प्राप्त सूचना सही भएको ठहर गर्दै गत पुस ३ गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गर्‍यो । विभागले दायर गरेको अभियोगपत्रमा बरुणले रु ६४ करोड ९६ लाख कर छली गरेकाले बिगो असुल गरी त्यसको दोब्बर जरिवाना र तीन वर्षको कैदको माग गरिएको छ । हिसाब गर्दा माग दाबी झण्डै रु दुई अर्ब हुन आउँछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त मुद्दामा सञ्चालक अमित गुप्तासहित सात प्रतिवादी छन् । विभागले रु एक अर्ब ६० करोडको त बैंक जमानत नै लिएको छ । “हामीले उच्च आर्थिक कारोवार हुने जोखिम क्षेत्र पहिचान गरेका छौँ, त्यही अन्तर्गतको बहुराष्ट्रिय  कम्पनी पनि अनुसन्धानको घेरामा छ, कैफियत हुने कुनै न कुनै दिन अनुसन्धानको दायरामा आउछन्”, विभागका महानिर्देशक दीर्घराज मैनालीले भने ।


Advertisment
Nabil box
Kumari

उनका अनुसार पहिचान भएका सयौँ फर्म र व्यक्तिको समेत हाल  अनुसन्धान जारी छ । तथ्य र प्रमाणले पुष्टि नभएसम्म हात नहाल्ने र हात हालेको ठाउँमा शतप्रतिशत सफल हुने उनी दाबी गर्छन् ।

Vianet communication
Laxmi Bank

अहिलेसम्मको मुद्दामा अदालतले कसैलाई पनि शुद्ध तारेखमा नछाडेकाले पनि कैफियत छ भन्ने दाबी पुष्टि हुने मैनाली बताउँछन् । हालै सर्वाेच्च अदालतले फैसला सुनाएको भाटभटेनीको मुद्दाको उठान पनि स्वयं मैनालीको टोलीले गरेको थियो । दश वर्षपछि पनि दोषी प्रमाणित भएको तथ्य प्रस्तुत गर्दै मैनालीले गलत क्रियाकलाप गर्नेहरु ढिलो चाँडो कारवाहीमा पर्ने बताए ।

गत पुस २८ गते सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलाशले नक्कली भ्याट बिल जारी गरी ठगी गरेको रु तीन अर्ब २५ करोड असुल गर्न बाटो खोलिदिएको छ । अर्थ मन्त्रालय मातहतमा रहेको विभाग विसं २०७४ फागुन १३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत आएको थियो ।

विभागले पूर्ण रुपमा काम थालेको भने विसं २०७५ साउनदेखि हो । डेढ वर्षको अवधीमा राजश्व चुहावटको कसुरमा ११ सरकारी कर्मचारीसहित ५०६ लाई प्रतिवादी बनाएर विभागले मुद्दा चलाएको छ । 

उनीहरु विरुद्धको मुद्दामा रु १५ अर्ब ३६ करोड १९ लाख विगो कायम गरी त्यसको दोब्बर जरिवाना र तीन वर्ष कैदको मागदाबी गरिएको छ । आरोपी कतिपय हिरासतमा छन् भने कतिपय फरार छन् ।

विभागले बाटोमा भेटिएको अपरिचितको नागरिकता प्रयोग गरी नक्कली कम्पनी खडा गर्ने, सरकारी कागजात र नक्कली बिल बिजक छाप्नेजस्ता गम्भीर प्रकृतिका आर्थिक अपराधविरुद्ध पनि कारवाही थालेको छ ।

मूल्य अभिवृद्धि कर (भ्याट) बिल/प्यान बिल, नक्कली बीजक बिक्री गरी राजस्व छल्नेदेखि नक्कली कारोवार गर्ने, अर्कैको नागरिकता प्रयोग गरी कम्पनी खडा गरेर कीर्ते गर्ने, वैदेशिक रोजगारीमा कर छली गर्ने, हुण्डीमार्फत अवैधरूपमा अन्तरदेशीय कारोवार गर्ने, विदेशी मुद्रा अपचलन गर्ने गिरोह पनि मुद्दा खेपिरहेका छन् । 

मजदूरलाई प्रलोभनमा पारी २४ फर्म खडा गरेर झुट्टा तथा नक्कली बिजक बिक्री गरी राजश्व छली गरेको आरोपमा जयकिशोर साह र परमेश्वर साहमाथि रु एक अर्ब ७५ करोड बिगो कायम गरी काठमाडौं जिल्ला अदालतमा गत पुस १९ गते मुद्दा दायर गरिएको छ ।

उनीहरुले आर्थिक प्रलोभनमा पारी मजदुरका नाममा कम्पनी दर्ता गराएर बैंक तथा वित्तीय संस्थामा खाता सञ्चालन गरी ती मजदुरमार्फत बैंक कारोवार गर्ने गरेको महानिर्देशक मैनालीको भनाइ छ । 

सूचनालाई भरपर्दाे बनाई बील बीजकलाई प्रभावकारी बनाउन सफ्टवेयर विकास गरेर काम अगाडि बढाइएको विभागको दाबी छ । राजश्व चुहावट नियन्त्रणमा र स्वेच्छिक कर सहभागिता अभिवृद्धिमा सहयोग पुर्‍याउने लक्ष्य विभागको हो । पूर्वाञ्चलको इटहरी, मध्यमाञ्चलको पथलैया, पश्चिमाञ्चलको बुटवल र मध्य तथा सुदूरपश्चिमाञ्चलको कोहलपुरमा विभागको कार्यालय छ । 

पुस मसान्तसम्मको विवरण अनुसार विभागले विदेशी विनिमय अपचलनतर्फ ३१५ विरुद्ध रु चार अर्ब ८५ करोड र झुटा तथा नक्कली भ्याट विलको सम्बन्धमा १३० विरुद्ध रु छ अर्बभन्दा बढी बिगो कायम गरी मुद्दा चलाइएको छ । नक्कली बिजक खरिद गर्ने ५७ फर्ममध्ये १८ को अनुसनधान सम्पन्न गरेर रु ७२ करोडको बिगो कायम गरी मुद्दा दर्ता गरिएको छ । 

चालु आर्थिक वर्षमा मात्रै राजश्व चुहावटको कसुरका ६२ मुद्दामा १९८ विरुद्ध रु पाँच अर्ब ५२ करोड ५० लाखको बिगो कायम गरी बिगोको दोब्बर जरिवाना र तीन वर्ष कैद सजायको मागसहित मुद्दा दर्ता गरिएको मैनालीले जानकारी दिए । चालु आर्थिक वर्षमा विदेशी विनिमय अपचलनतर्फ ८५ घटनामा रु २६ करोड १८ लाख बिगो कायम गरी १३३ विरुद्ध मुद्दा चलाइएको छ । 

विभागको पछिल्ला दिनमा देखिएको सक्रियताले कर छली गर्ने, राजश्व मार्ने तथा कर छली गर्नेलाई कुनै पनि अर्थमा छूट नदिन देखिएको छ ।

विभागलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नै कुनै पनि डर भर नमानी काम गर्न स्पष्ट मार्ग निर्देशन दिएका छन् ।

साङ्गठनिक, प्रशासनिक संरचनामा समेत सुधार गरेको विभागले कर प्रशासनमार्फत हुने चुहावटलाई निमट्यान्न पार्ने सङ्कल्प लिएको छ । रमेश लम्साल/नारायण ढुंगाना, रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x