×

NMB BANK
NIC ASIA

व्यंग्य गर्दै प्रचण्डलाई ओलीले भने – ‘मैले नै संसदीय दलबाट चुनूँ कि कसो ?’

माघ ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नयाँ सभामुख चयनका विषयमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल सकारात्मक रूपमा अघि बढेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार र शुक्रबार गरी करिब साढे ४ घण्टा दाहालसँग छलफल गरेपछि ओलीले ‘केही भ्रम चिरिएको’ बताएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको माघ ६ को बैठक नसर्ने गरी सहमति हुने दाबी गरेका छन् । सभामुख कसलाई बनाउने भन्नेबारे भने दुई अध्यक्षबीच अझै कुरा मिलिनसकेको स्रोतको भनाइ छ । ‘पात्रबारे अडान यथावत् छ,’ स्रोतले भन्यो, ‘अरू कुरा मिलेर पात्रका विषयमा मात्रै छलफल हुन्थ्यो भने दुई अढाई घण्टासम्म बसेर सघन छलफल गर्नै पर्दैनथ्यो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि अध्यक्षद्वयबीच पछिल्लो समयमा भएको छलफल सकारात्मक रूपमा अघि बढेको जानकारी दिए । ‘यसअघि पनि छलफलबाटै धेरै विषयको टुंगो लगाएझैं अध्यक्षद्वयले छलफल गरेरै सहमति गर्नुहुन्छ,’ थापाले भने, ‘पछिल्ला दुई दिनको छलफलले छिट्टै निकास निकाल्नेमा उहाँहरू प्रतिबद्ध देखिएको संकेत गर्छ ।’ उनले दुई अध्यक्षबीच दरार सिर्जना गरेर स्वार्थसिद्ध गर्ने उद्देश्यले विभिन्न पक्षहरू खेले पनि त्यो सफल नहुने दाबी गरे ।


Advertisment
Nabil box
Kumari

ओली र दाहालबीचको सहमतिकै आधारमा सरकारले पुस ४ गतेका लागि संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । त्यतिखेर संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई नै सभामुखको उम्मेदवार बनाउने विषयमा दुई अध्यक्षबीच भद्र सहमति भएको प्रधानमन्त्री निकट स्रोतको भनाइ छ । त्यही सहमतिका आधारमा अध्यक्षद्वयले नेम्वाङलाई सभामुख चयनबारे सार्वजनिक रूपमा धारणा नराख्न सुझाव पनि दिएका थिए तर पछि पूर्वमाओवादी पक्षको दबाबका कारण अध्यक्ष दाहालले कुरा फेरेको आरोप ओली पक्षधर नेताहरूको छ ।

Vianet communication
Laxmi Bank

पछिल्लोपटक नेता वामदेव गौतमको निवासमा भएको भेलामा उपसभामुखको राजीनामा मागेर मात्रै सभामुखको उम्मेदवार चयन गर्ने विषयमा अध्यक्ष दाहालसहितका नेताले सहमति जुटाएपछि ओली रुष्ट बनेका थिए । उनले बाहिर भेला र बैठक गर्नेले नै सभामुख तय गर्नुपर्ने अभिव्यक्ति दिँदै आएका थिए । शुक्रबार पनि अध्यक्ष दाहालसँगको भेटमा उनले ‘तपाईंले पार्टीमा सर्वसम्मत उम्मेदवार तय गर्न सक्नुभएन, मैले नै संसदीय दलबाट चुनूँ कि कसो ?’ व्यंग्य गरेका थिए । प्रधानमन्त्रीको यो कटाक्ष भैंसेपाटी भेलाप्रति केन्द्रित रहेको स्रोतको दाबी छ । दाहालले अहिले पार्टीको जिम्मेवारी लिइरहेका छन् भने ओली संसदीय दलका नेता हुन् ।

दाहाल पक्षधर नेताहरू भने प्रधानमन्त्री ओलीसँग दाहालले सभामुख चयनका विषयमा पहिले कुनै सहमति नगरेको दाबी गर्छन् तर सभामुख चयन गर्नुपर्छ भनेरै सरकारले यसअघि भन्दा करिब साता दिनअघि संसद् अधिवेशन डाकेको ब्रिफिङ दाहालले नेकपा संसदीय दलको बैठकमा पनि गरेका थिए । उनले उक्त बैठकमा सभामुखमा सबैलाई मान्य हुने व्यक्ति चयन गरिने पनि बताएका थिए ।

पछि दुई अध्यक्षले आफ्नै पक्षको सभामुख चयन गर्ने कुरालाई प्रतिष्ठाको विषय बनाएपछि उनीहरूबीच केही दिन संवादहीनतासमेत भयो । यसअघि गत असारमा पनि पार्टी एकताका विषयमा दुई अध्यक्षबीच कुरा नहुँदा उनीहरूबीच झन्डै साता दिनसम्म छलफल भएको थिएन । बिहीबार र शुक्रबार भएको छलफल भने सहमतिको निकै नजिक पुगेको अध्यक्षहरूले आफूनिकट नेताहरूलाई बताएका छन् । नेकपा स्थायी समिति सदस्य हरिबोल गजुरेलले पनि दुई अध्यक्षको छलफल सकारात्मक भएको जानकारी आएको बताए । ‘प्रधानमन्त्रीज्यू पूर्वमाओवादीलाई नै सभामुख दिन तयार हुनुहुन्छ भन्ने जानकारी आयो तर पात्रका विषयमा उहाँहरूबीच अझै कुरा मिलिसकेको रहेनछ,’ उनले भने । गजुरेल उनै हुन्, जसलाई पछिल्लो समय अध्यक्ष दाहालले सभामुखको दाबेदारका रूपमा प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरिरहेका छन् । ‘सुरुमा अग्नि सापकोटाको नाम आएको थियो तर उहाँका विरुद्ध मुद्दा छ भन्ने भएपछि अर्को व्यक्ति खोजौं भन्ने कुरा भयो,’ प्रधानमन्त्री निकट एक मन्त्रीले भने, ‘त्यसपछि दाहालले गजुरेलको नाम अघि सार्नुभएको छ तर प्रधानमन्त्रीले जवाफ दिनुभएको छैन ।’ ती मन्त्रीका अनुसार प्रधानमन्त्री अहिले पनि सुवास नेम्वाङकै नाममा अडिग छन् ।

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पनि सभामुखको दाबेदारी प्रस्तुत गरिरहेकी छन् तर उनको नाममा अध्यक्ष दाहालले रुचि नदेखाएपछि तुम्बाहाङ्फेको सम्भावना क्षीण भइसकेको स्रोतहरू बताउँछन् ।

तुम्बाहाङ्फेले पनि सभामुखको उम्मेदवार तय हुनेबित्तिकै आफूले उपसभामुखबाट राजीनामा दिने बताइसकेकी छन् । यसअघि उनले आफैंलाई सभामुखको उम्मेदवार नबनाए उपसभामुखबाट पनि राजीनामा नदिने बताउँदै आएकी थिइन् । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x