×

NMB BANK
NIC ASIA

‘सभामुख–उपसभामुख राष्ट्रिय हैसियतको फरक दलबाट’

माघ ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रमुख प्रतिपक्षी कांग्रेसले सभामुख सत्तारूढ नेकपाले लिए उपसभामुख संसद्‌मा दलीय हैसियत प्राप्त गर्ने फरक दलबाट हुनुपर्ने माग उठाएको छ । संसद्‌मा दलीय हैसियत प्राप्त गरेका दलको संख्या चार छ । समानुपातिकतर्फ प्रतिनिधिसभामा तीन प्रतिशत र प्रदेशसभामा डेढ प्रतिशतभन्दा कम मत ल्याउने दलको हैसियत संसद्मा स्वतन्त्रसरह मानिन्छ ।

Muktinath Bank

कांग्रेस संसदीय दलले नेकपाले सभामुख लिए उपसभामुख दलीय हैसियत प्राप्त कांग्रेस, समाजवादी र राजपामध्ये एक दलबाट हुनुपर्ने मत अघि सारेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संसदीय दलको शुक्रबार भएको बैठकपछि राष्ट्रिय सभाका कांग्रेस संसदीय दल नेता सुरेन्द्र पाण्डेले संसद्ले चारवटा दललाई मात्रै चिन्ने बताए । ‘सभामुख सत्तारूढ दलले लिए उपसभामुख हैसियत प्राप्त गरेको फरक दलबाट हुनुपर्ने संवैधानिक व्यवस्थाप्रति कांग्रेसले ध्यानाकर्षण गराएको हो,’ उनले कान्तिपुरसित भने ।


Advertisment
Nabil box
Kumari

संसद्मा चार दलका अतिरिक्त राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्रको एक/एक सिट छ । सत्तारूढ दलले सभामुख लिने पक्कापक्की छ । सभामुख कसलाई बनाउने भन्नेमै सत्तारूढ दलभित्र रस्साकसी चलिरहेकाले उपसभामुखबारे उसले केही बोलेको छैन । संवैधानिक परिषद्को सदस्यसमेत रहने भएकाले उपसभामुख कसले पाउने भन्ने विषयमा सत्तारूढ र विपक्षी दुवैका लागि चासो बढेको छ । सत्तारूढ दलले संवैधानिक परिषद्मा समेत आफ्नो अनुकूल हुने गरी उपसभामुख अर्को दललाई दिने तयारी गरेको छ ।

Vianet communication
Laxmi Bank

कांग्रेस केन्द्रीय सदस्य मीनेन्द्र रिजालले भने, ‘माघ ६ गते प्रक्रिया अघि बढाउनुपर्छ । प्रक्रिया अघि बढाउनुअघि नै उपसभामुखले राजीनामा दिए केही भएन । तर उपसभामुखले नै सभामुख निर्वाचनको प्रक्रिया अघि बढाउनुभयो भने त्यतिबेला सभामुख अर्को पार्टीले पाउनुपर्छ ।’

सत्तारूढ दल नेकपाका राष्ट्रिय सभा सांसद रामनारायण बिडारी संविधानले संसद्मा राष्ट्रिय हैसियत प्राप्त गरेको नभनी निर्वाचन आयोगमा दर्ता भएका र संसद्‌मा प्रतिनिधित्व रहेका सबै दलले उपसभामुखमा दाबी गर्न मिल्ने बताउँछन् । ‘सेवा र सुविधा पाउने हिसाबले संसद्मा राष्ट्रिय हैसियत प्राप्त दल भनिएको हो । तर निर्वाचन आयोगमा दल दर्ता गर्ने भनेको के हो ? आयोगमा दर्ता भएको छ र संसद्मा समेत प्रतिनिधित्व छ भने फरक दल जोकोहीले उपसभामुखमा दाबी गर्न मिल्छ,’ उनले भने ।

कांग्रेस संसदीय दलले सत्तारूढ नेकपाका दुई शीर्ष नेताको विवादका कारण संसद्लाई बन्धक बनाइएको भन्दै आपत्ति जनाएको छ । उसले आगामी माघ ६ गतेको प्रतिनिधिसभाको बैठक सञ्चालन गरी सभामुख निर्वाचन प्रक्रिया अघि बढाउनसमेत माग गरेको छ ।

सभामुखको रिक्त पदको निर्वाचनलाई कारण देखाएर प्रतिनिधिसभा बैठक अवरुद्ध भइरहनुलाई सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीको घोर अकर्मण्यता भनी कांग्रेसले टिप्पणी गरेको छ । आन्तरिक विवादलाई केन्द्रीय विषय बनाएर नेकपाले संसदीय परिपाटीको धज्जी उडाएको र यसले संसदीय व्यवस्थाप्रतिको आस्थामै गम्भीर प्रश्न खडा गरेको कांग्रेसले जनाएको छ । ‘यस्ता गैरजिम्मेवार क्रियाकलापप्रति घोर आपत्ति प्रकट गर्छौं,’ संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले मुलुकको हितमा रहेको जनाउँदै अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग भएको सम्झौतालाई तत्काल संसद्बाट अनुमोदन गर्न माग गरेको छ । कतिपय सञ्चार माध्यमबाट एमसीसीका विरुद्धमा पार्टी सभापति एवं दलका नेता शेरबहादुर देउवा र कांग्रेसका कतिपय सांसद तथा नेताहरूबाट आएको भनिएको अभिव्यक्ति भ्रमपूर्ण र कपोलकल्पित रहेको भनी कांग्रेसले खण्डन गरेको छ । ‘यस सम्झौतालाई यथाशीघ्र सदनबाट अनुमोदन गर्ने पक्षमा नेपाली कांग्रेस रहेको स्मरण गराउन चाहन्छौं,’ कांग्रेसले भनेको छ । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x