×

NMB BANK
NIC ASIA

सुन्तलाको भाउ बढाउन सुरक्षित भण्डारण गर्दै किसान

माघ ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

मौसमअनुसार कृषिउपज उत्पादन गर्ने कृषकले खासै राम्रो बजार नपाएको गुनासो आइरहेको सन्र्दभमा बाग्लुङका कृषकले सुन्तला बेमौसममा बिक्री गरी राम्रो आम्दानी गर्न सुरक्षित भण्डारणतर्फ अग्रसर भएका छन् ।  

Sagarmatha Cement
Muktinath Bank

सिगानामा हाल २ परम्परागत र १ आधुनिक सुन्तला भण्डारण गृह छन् । ३ वर्षदेखि परम्परागत भण्डारण गृहमा सुन्तला राखेर बेमौसममा महँगो मूल्यमा सुन्तला बिक्री वितरण गर्दै आएका सिगानाका अगुवा कृषक टोपबहादुर खड्काले बताए । अर्का कृषक अनन्तबहादुर खड्काले गत वर्षदेखि सुन्तला भण्डारण गृह निर्माण गरेर बेमौसममा सुन्तला बिक्री गर्दै आएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिगाना सुन्तलाका लागि प्रख्यात छ । सिगानालाई सुन्तला गाउँका रुपमा समेत चिनिँदै आइरहेको छ । वार्षिक २ करोड बढीको सुन्तला उत्पादन हुँदै आएको भए पनि मौसममा तीव्र प्रतिस्पधाले सस्तो मूल्यमा किसानले सुन्तला बिक्री गर्न परेको भन्दै गण्डकी प्रदेश सरकारले २० टन क्षमताको विद्युत्बाट चल्ने सुन्तला चिस्यान केन्द्र (कोल्ड रुम) निर्माण गरेपछि अधिकांश कृषकले सुन्तला भण्डारण गर्न थालेका हुन् । 


Advertisment
Nabil box
Kumari

गत वर्ष गण्डकी प्रदेश सरकारले सिगानामा क्रियाशील गणेश व्यावसायिक कृषि सहकारीमार्फत ३० लाख रुपैयाँको लागतमा सुन्तला चिस्यान केन्द्र निर्माण गरेपछि यहाँका कृषकले उत्पादन भएका सुन्तला भण्डारण गरेर बेमौसममा बिक्री गर्न थालेका हुन् । आधुनिक सुन्तला चिस्यान केन्द्रमा अहिले ७ जना कृषकको १६ टन सुन्तला भण्डारण गरिएको सहकारी संस्थाका अध्यक्ष रामबहादुर खड्काले बताए ।

Vianet communication
Laxmi Bank

‘जसले १ वर्षमा २ लाखभन्दा बढीका सुन्तला उत्पादन गर्छ, उसले उत्पादन गरेको केही सुन्तला मौसममा बजार पठाउँछ,’ खड्काले भने, ‘बाँकी सुन्तला सहकारीमार्फत चिस्यान केन्द्रमा राखेर चैत, वैशाखमा बिक्री गर्ने लक्ष्य राखेका छौं ।’ मौसममा किसानको बोटबाटै सुन्तला व्यापारीले प्रतिकेजी ५० देखि ६० रुपैयाँमा बिक्री गर्दै आएकोमा सुरक्षित भण्डारण गर्नसकेमा चैत वैशाखमा प्रतिकेजी १५० रुपैयाँभन्दा बढी मूल्य पर्ने भएकाले कृषक सुन्तला भण्डारणतर्फ अग्रसर भएका हुन् । 

जिल्लाको बागलुङ नगरपालिका–८ का कृषक टोपबहादुर खड्काले ८ रोपनी क्षेत्रफलमा व्यावसायिक सुन्तलाखेती गर्दै आएका छन् । उनले उत्पादन गरेका केही सुन्तला मौसममा नै बिक्री गर्छन् भने केही सुन्तला बगैंचा नजिकै निर्माण गरिएको भण्डारण गृहमा राखेर चैत वैशाखमा महंगोमा बिक्री गर्दै आएका छन् ।

तत्कालीन कृषि विकास मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजना अन्तर्गतको व्यावसायिक सुन्तला उत्पादन संकलन तथा भण्डारण उपआयोजना (प्याक्ट) कार्यक्रमले प्रदान गरेको १० लाख अनुदानमा २०७४ सालमा निर्माण गरिएको भण्डारण गृहमा अहिले सुन्तला राखिएको खड्काले बताए । ‘अहिले सुन्तलाको बजार मूल्य ६० रुपैयाँ प्रतिकेजी पर्दछ,’ खड्काले भने, ‘२ महिनापछि भण्डारणगृहमा राखिएको सुन्तलालाई १५० रुपैयाँ प्रतिकेजीमा बिक्री वितरण गर्न सकिने हुँदा यसको निकै महत्व छ ।’

कृषकले सुन्तलाको ग्रेडिङ समेत गर्दै आएका छन् । सुन्तलालाई ३ श्रेणीमा ग्रेडिङ गरिन्छ । पहिलो श्रेणीको सुन्तलाको बजार मूल्य निकै महंगो हुने चिस्यान केन्द्रमा सुन्तला राखेका शिव खड्काले बताए । ग्रेडिङ गरेका सुन्तला पोखराको बजारमा खपत हुन्छ ।

परम्परागत चिस्यान केन्द्रमा माटो, बालुवा तथा गिट्टीको समिश्रणमा ढुंगाको गाह्रो निर्माण गरिएको हुन्छ भने आधुनिक चिस्यान केन्द्र विद्युत्बाट सञ्चालन हुन्छ । दुवै प्रकारका भण्डारण गृहमा ४ महिनासम्म सुन्तला सुरक्षित गर्न सकिने अर्का कृषक लोकबहादुर थापाले बताए । ‘अहिले जहाँतहीँ सुन्तला फल्ने भएका कारण सुन्तलाको मूल्य त्यति धेरै पर्दैन,’ थापाले भने, ‘बेमौसममा धेरै मूल्य पार्नका लागि बाग्लुङ जिल्लाका अन्य किसानले आफ्नै घरमा पनि भण्डारण गृह बनाउन थालेका छन् ।’ – खेमराज गौतम/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x