×

NMB BANK
NIC ASIA

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताका लागि सम्झौताकाे तयारी

माघ ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता गर्ने र अफगानिस्तानमा स्थायी शान्तिका लागि यही जनवरीको अन्त्यसम्ममा सम्झौता गर्ने तयार भइरहेको तालिवान समूहले शनिबार बताएको छ ।

Muktinath Bank

तालिवान समूहले सम्झौताको तयारी भइरहँदा आफ्ना सैनिक गतिविधिलाई पनि बिस्तारै ‘घटाउँदै’ लगेको अफगानी विद्रोही समूहका प्रवक्ताले बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रवक्ता सुहाइल शाहिनलाई उद्धृत गरी पाकिस्तानी अङ्ग्रेजी दैनिक ‘डन’ले लेखेको छ, 'तालिवान समूह र अमेरिकी प्रतिनिधिबीच यसै हप्ता कतारको राजधानी दोहामा वार्ता भएको छ र सम्झौताका लागि सैन्य गतिविधि घटाउँदै लाने सहमति भएको छ ।' तालिवानी विद्रोहीले यसअघि एएफपीलाई दिएको सूचनामा उनीहरूले केही समय (छोटो) युद्धविराम गर्न लागेको बताएको थियो ।


Advertisment
Nabil box
Kumari

तालिवान समूह वाशिङ्टनसँग सम्झौता गर्ने बिषयमा निकै आशावादी रहेको छ प्रवक्ताले भने । सहमतिमा अफगानी सेनाले विद्रोहीविरूद्धको कारबाहीलाई देशभर घटाउँदै लाने पनि उल्लेख छ ।

Vianet communication
Laxmi Bank

यो बिषय अब केही दिनको हो, प्रवक्ताले भनेका छन् । वाशिङ्टनले केही हप्ता हिंसात्मक गतिविधि कम गरी तालिवान समूहले शान्तिको वातावरणलाई प्रत्याभूत गर्न आग्रह गरेको छ । तालिवान समूहले शान्तिको वातावरण प्रत्याभूत गरेपछि दुई दशकसम्म अफगानिस्तानको सरकारी सेनालाई सहयोग गर्दै आएको अमेरिकाले आफ्नो सेनालाई फिर्ता लान सुरू गर्नेछ ।

तालिवान र अमेरिकाले करिब एक वर्षपछिको वार्तापछि सन् २०१९ को सेप्टेम्बरमा सम्झौताको नजिक पुगेको घोषणा गरेको थियो तर राजधानी काबुलमा तालिवानी समूहको आक्रमणमा अमेरिकी अधिकारीको मृत्युपछि अमेरिकी राष्ट्रपतिले एकाएक सहमतिको प्रक्रिया ‘अन्त्य’ भएको घोषणा गरेका थिए।

 अमेरिका र तालिवानी प्रतिनिधिबीच डिसेम्बरपछि कतारमा पुनः वार्ता सुरू भएको थियो तर अफगानिस्तानको बाग्राम सैन्य शिविरमा तालिवानी समूहले आक्रमण गरेपछि फेरि केही समय वार्ता अवरूद्ध भएको थियो। बाग्राम सैन्य शिविरलाई अमेरिकाले सञ्चालन गर्दै आएको छ । 

अमेरिकासँगको सम्झौतापछि तालिवान समूह र अफगानी सरकारबीच वार्ताका लागि बाटो खुल्ने बताइएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले अफगानिस्तानबाट सेना फिर्ता गर्न सहमति जनाइसकेका छन् भने तालिवानले पनि विदेशी जिहादी समूहलाई अफगानिस्तानमा आश्रय नदिने बिषयमा सहमति जनाएको छ । अमेरिकाले अफगानिस्तानमा आफ्नो प्रवेश अल–कायदासँगको तालिवानी सम्बन्ध भएको बताएको छ। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x