‘सोनाम ल्होछार पर्वलाई राष्ट्रकै पर्वका रुपमा विकास गर्नपर्छ’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरुङले तामाङ समुदायको सोनाम ल्होछार पर्वलाई राष्ट्रकै पर्वका रुपमा विकास गर्नुपर्ने बताएका छन्।

नेपाल तामाङ घेदुङ चिती एकाइले शनिबार तामाङ जातिको महान राष्ट्रिय सांस्कृतिक पर्व २८५६औँ मुसा वर्ग (जिवा ल्हो) को पूर्वसन्ध्यामा आयोजना गरेको सोनाम ल्होछार उत्सवमा उनले बहुभाषा, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकको पहिचान जोगाउनुपर्नेमा जोड दिए। 


Advertisement

मुलुकमा रहेका सबै जातजाति समुदायको भाषा, संस्कार संस्कृति तथा पहिचानको संरक्षण गर्न वर्तमान सरकारले योजना बनाएर अघि बढेको उल्लेख गर्दै उनले तामाङ समुदायको ठूलो पर्व सोनाम ल्होछार पर्वलाई राष्ट्रकै पर्वका रुपमा विकास गर्नतर्फ सरकार र तामाङ समुदाय लाग्नुपर्ने धारणा राखे। 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्