×

NMB BANK
NIC ASIA

लिवियामा वैदेशिक हस्तक्षेप रोकिनुपर्छ : राष्ट्रसंघ प्रतिनिधि

माघ ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

लिवियाली द्वन्द्वमा अन्तर्राष्ट्रिय शक्तिहरूले आफ्नो हस्तक्षेपलाई रोक्नुपर्ने लिवियाका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधिले बताएका छन् ।

Muktinath Bank

लिवियामा विदेशी हस्तक्षेपका कारण क्षणभर केही शान्ति भएजस्तो देखिने भएपनि यहाँको दीर्घकालिन राजनीतिक समाधानका लागि कुनै अर्थ नरहने गरेको शनिबार राष्ट्रसंघीय विशेष दूत घसाम सलामीले बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्वका शक्तिराष्ट्रहरू लिवियामा जारी द्वन्द्वको अन्त्यका लागि जर्मनीको बर्लिनमा भेला भएका समय त्यहाँ कार्यरत राष्ट्रसंघीय विशेष दूत सलामीले लिवियाको समाधान लिवियाभित्रका प्रतिद्वन्द्वीबीच वार्ता गराएर मात्र सम्भव देखिएको बताएका हुन्। उत्तर अफ्रिकी मुलुक लिवियामा वैदेशिक हस्तक्षेपका कारण लिवियाली नागरिकबीच ठूलो विभाजन ल्याएको उनको ठहर थियो । 


Advertisment
Nabil box
Kumari

सलामीले भने, 'लिवियाली जनताले सहयोगका लागि विदेशी गुहार्ने दुश्चक्रलाई अन्त्य गरी लिवियाली जनताबीचको एकता त्यहाँको स्थायी शान्तिको सहज बाटो हो । तर विदेशीहरूको स्वार्थसिद्धका लागि फरक फरक देशले छुट्टाछुट्टै समूहलाई च्याप्दा समस्या झनै बल्झिने गरेको देखिएको छ । त्यसैले उनीहरूको समस्यामा मध्यस्थता गर्दै लिवियाली समूहबीच वार्ता र सहमति निर्माणको वातावरण हुनुपर्छ ।'

Vianet communication
Laxmi Bank

लिवियाली प्रधानमन्त्री फायज अल–साराज र सैनिक नेता खालिफा हफ्तर बर्लिनमा आइतबार हुने सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको छ भने मध्यस्थताका लागि सम्मेलनमा अमेरिका, रुस, बेलायत, फ्रान्स, चीन र संयुक्त अरब इमिरेट्स (युएई), टर्की, गणतन्त्र कंगो, इटाली, इजिप्ट र अल्जेरियाका प्रतिनिधिहरु सहभागी हुनेछन् । 

त्यसैगरी संयुक्त राष्ट्रसंघ, युरोपेली संघ, अफ्रिकन युनियन र अरब लिगलगायतका संघ संस्थाका प्रतिनिधिहरु पनि सम्मेलनमा सहभागी हुने जर्मनीका सरकारी अधिकारीहरुले जारी गरेको वक्तव्यमा जनाइएको छ।   

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x