×

NMB BANK
NIC ASIA

राष्ट्रिय सभा निर्वाचन : मत खोस्ने र जोगाउने कसरतमा गठबन्धन

माघ ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय सभा चुनावले प्रदेश २ मा सरगर्मी बढाएको छ । प्रदेशमा सरकार चलाइरहेका समाजवादी पार्टी र राजपा प्रदेशसभाका विपक्षी दलसँग अलग–अलग गठबन्धन बनाएर चुनावी प्रचारमा होमिएका छन् । नेकपा–राजपा गठबन्धनमा बहुमत रहे पनि कांग्रेस–समाजवादी गठबन्धनसँग फराकिलो मतान्तर छैन । त्यसैले नेकपा–राजपा आफ्नो मत सुरक्षित राख्ने प्रयत्नमा देखिन्छन् भने अर्को गठबन्धन मतदाता खोस्ने दाउमा छ । 

Sagarmatha Cement
Muktinath Bank

प्रदेशगत रूपमा हुने राष्ट्रिय सभा चुनावमा प्रदेशसभाका सदस्य, नगरपालिकाका प्रमुख, उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता छन् । यसअघि प्रदेश २ बाट निर्वाचित राष्ट्रिय सभाका ८ जनामध्ये चार जनाको दुईवर्षे कार्यकाल सकिन लागेकाले माघ ९ गते निर्वाचन हुँदै छ । बाँकी ६ वटा प्रदेशमा पनि रिक्त हुन लागेका १४ पदका लागि त्यही दिन निर्वाचन हुने हो । अन्य प्रदेशमा नेकपाको सहज बहुमत छ । प्रदेश २ मा सहज नभएपछि उसले राजपासँग गठबन्धन गरेको हो । केन्द्रमा समाजवादी पार्टी सत्तामा सँगै रहेकै बेला नेकपाले राजपासित गठबन्धन बनाएको हो । पछि सरकारबाट बाहिरिएको समाजवादीले कांग्रेससँग गठबन्धन गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेस र समाजवादी अर्को गठबन्धनमा देखिएका कमजोरी र असन्तुष्टिको लाभ लिने सुरमा छन् । त्यसैले नेकपा–राजपाले आफ्ना मतदातामाथि निगरानी बढाएका छन् ।


Advertisment
Nabil box
Kumari

प्रदेश २ मा १ सय ७ जना प्रदेशसभा सदस्य छन् । जसमा नेकपाका ३२ र राजपाका २५ गरी उक्त गठबन्धनसँग ५७ जना छन् । स्थानीय तहका २ सय ७२ मतदातामा नेकपाका ८३ र राजपाका ५४ गरी नेकपा–राजपा गठबन्धनमा १ सय ३७ मतदाता छन् । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रतिनिधिको मतभार १८ छ । त्यसअनुसार नेकपा–राजपासँग कुल मत ५ हजार २ सय २ छ ।

Vianet communication
Laxmi Bank

प्रदेशसभामा कांग्रेस–समाजवादी पार्टी गठबन्धनको संख्या नेकपा–राजपाभन्दा ८ ले कम छ । कांग्रेसको १९ र समाजवादीका ३० जना सदस्य जोड्दा प्रदेशसभामा उनीहरूसँग ४९ जना मतदाता छन् । स्थानीय तहमा कांग्रेसका ८१ र समाजवादीका ५२ गरेर १ सय ३३ जना मतदाता छन् । नेकपा–राजपाभन्दा ४ जना मतदाता मात्रै कम छन् । मतदाता संख्यामा थोरैले मात्र अन्तर रहेकाले कांग्रेस–समाजवादी ‘क्रस भोटिङ’ गराउन सकिन्छ कि भन्ने प्रयत्नमा लागेका छन् । यस गठबन्धनसँग कुल मतभार ४ हजार ७ सय ४६ छ । दुई गठबन्धनबीच ४ सय ५६ मतको अन्तर छ ।

समाजवादी पार्टीका प्रदेश अध्यक्ष विजय यादव चुनाव जित्ने दाबी गर्छन् । नेकपा–राजपाभन्दा प्रदेशसभा र स्थानीय तहका मतदाता कम हुँदाहुँदै जित्ने आधार के ? उनी भन्छन्, ‘मतदान व्यक्तिको स्वतन्त्रताको अधिकार हो । गोप्य मतदान हुन्छ । हामी सफलता प्राप्त गर्छौं ।’

उनले नेकपा–राजपाको गठबन्धनलाई अपवित्र गठबन्धनको संज्ञा दिँदै त्यसलाई मतदाताले अस्वीकार गर्ने दाबी गरे । उक्त प्रदेशमा दुई गठबन्धनभन्दा बाहिर संघीय समाजवादी पार्टीबाट प्रदेशसभा सदस्य १ जना तथा स्थानीय तहबाट जनता दलका २ जना मतदाता छन् । ती तीन जना मतदाताको मत प्राप्त गर्ने दुइटै गठबन्धनको दाबी रहँदै आएको छ । यादवले ती तीन जनाको मत आफूहरूले पाउने दाबी गरे । त्यो तीन मत प्राप्त गरे पनि नेकपा–राजपाभन्दा कांग्रेस–समाजवादीको मतभार ३ सय ७३ कम हुन्छ ।

प्रदेश २ मा नेकपाबाट राधेश्याम पासवान, तुलसा दाहाल तथा राजपाबाट मृगेन्द्रसिंह यादव र शेखर सिंह उम्मेदवार छन् । अर्को गठबन्धनमा कांग्रेसबाट नगिना यादव, भोला पञ्जियार तथा समाजवादी पार्टीबाट रामलाल पासवान र अनिरुद्रसिंह यादव उम्मेदवार छन् ।

राजपाबाट चुनावी गठबन्धनको मोर्चा सम्हालिरहेका प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले आफूहरूले सहजै चुनाव जित्ने दाबी गरे । ‘यो आम मानिसले गर्ने मतदान होइन, पार्टीको चिह्नबाट चुनाव जितेकाहरू मतदाता छन्,’ उनले भने, ‘जुन चिह्नबाट चुनाव जितेका छन् । उनीहरूले त्यही पार्टी र पार्टीले गरेको गठबन्धनका उम्मेदवारलाई मतदान गर्नेछन् ।’ उनले ‘भोट क्रस’ हुने सम्भावना नरहेको बताए । उनले पनि गठबन्धन बाहिर रहेका प्रदेशसभाको १ र स्थानीय तहका २ जनाको मत आफूहरूको गठबन्धनले पाउने दाबी गरे ।

नेकपा र राजपाले शनिबार राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्न ‘ह्वीप’ जारी गरेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x