×

NMB BANK
NIC ASIA

१९ सय हेक्टरमै तीन रनवेसहितको निजगढ विमानस्थल, त्रिभुवन विमानस्थलभन्दा तीन गुणा ठूलो

माघ ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निजी लगानीमा निर्माण गर्ने अवधारणाअनुसार स्विट्जरल्यान्डको जुरिच इन्टरनेसनल एयरपोर्ट लिमिटेडलाई जिम्मा दिने अन्तिम तयारी गरेको छ ।  विमानस्थल निर्माणका लागि निजी–सार्वजनिक साझेदारी (पिपिपी मोडल) को प्रस्ताव गरेको जुरिचलाई सरकारले तीन धावनमार्गसहितको विमानस्थल बनाउन दिने भएको हो । यसका लागि जुरिचसँग प्राविधिक तथा आर्थिक प्रस्ताव माग गर्दै शुक्रबार रिक्वेस्ट फर प्रपोजल (आरएफपी) जारी गरेको लगानी बोर्डका प्रवक्ता बलराम रिज्यालले जानकारी दिए । 

Muktinath Bank

यो विमानस्थल निर्माणमा इच्छा देखाएका ७ अन्तर्राष्ट्रिय कम्पनीमध्ये सर्ट लिस्टमा परेको जुरिचसँग परियोजना निर्माणका लागि थप प्रस्ताव माग गरिएको हो । ‘संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको संयोजकत्वको मूल्यांकन समितिले ‘आरएफपी डकुमेन्ट’ तयार गरेको थियो । आरएफपीमा निर्माण र सञ्चालनको मापदण्ड तोकिएको छ । त्यही मापदण्डका आधारमा जुरिचले प्रस्ताव पेस गर्नुपर्नेछ । प्रस्ताव मूल्यांकनपछि प्रभावकारी हुने देखिएमा जुरिचलाई निजी लगानीमा विमानस्थल निर्माण गर्न दिने बाटो खुल्नेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 कस्तो कम्पनी हो जुरिच ? 
यो कम्पनीले स्विट्जरल्यान्डकै जुरिच विमास्थलको निर्माण र व्यवस्थापन गरिरहेको छ, जुन विमानस्थल संसारको उत्कृष्ट १०औँ स्थानमा पर्छ । यसले दक्षिण अफ्रिकालगायत विभिन्न देशमा विमानस्थल निर्माण गरिसकेको छ । साथै, अन्य विमानस्थल सञ्चालन तथा व्यवस्थापन पनि गर्दै आएको छ । गत चैत मध्यतिर भएको लगानी सम्मेलनमा लगानी बोर्डले ‘सोकेस’मा राखेका विभिन्न आयोजनाका लागि मागिएको प्रस्तावमा निजगढ विमानस्थल पनि थियो । सम्मेलनपछि जुरिचका एसिया प्रमुख कार्यकारी अधिकृत (सिइओ) डेनियल बिर्चर नेपाल आएर विमानस्थल निर्माण तथा यहाँको वैदेशिक लगानीको वातावरणबारे जानकारी लिएका थिए । त्यसपछि जुरिचले सार्वजनिक–निजी साझेदारी मोडेलमा निर्माण गर्ने इच्छा जनाएको हो । 


Advertisment
Nabil box
Kumari

३ खर्ब रुपैयाँ लागत अनुमान गरिएको यो परियोजना निर्माणमा रुचि देखाउनेमा दक्षिण कोरियाको कुन्वा कम्पनी लिमिटेड, जापान क्लब इन्टरनेसनल, म्याट्रिक्स इन्टरप्राइजेज प्रालि, चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी लिमिटेड, भारतको जिएमआर ग्रुप र चाइना एयरपोर्ट कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेड थिए । तर, अन्यले आर्थिक क्षमता तथा प्राविधिक मापदण्ड पूरा गर्न नसकेपछि जुरिच मात्र छनोटमा परेको थियो ।

Vianet communication
Laxmi Bank

१९ सय हेक्टरमै तीन धावनमार्ग बनाइने 
निजगढमा सुरुमा २५ सय हेक्टरमा विमानस्थल निर्माण गर्ने योजना थियो । तर, हाल १ हजार ९ सय हेक्टरमै तीन धावनमार्गसहितको विमानस्थल निर्माण गर्न सकिने नागरिक उड्डयन प्राधिकरणको अध्ययनमा देखिएको छ । प्राधिकरणले त्यसैअनुसार प्रक्रिया अगाडि बढाइरहेको छ । पहिलो चरणमा एउटा मात्रै धावनमार्ग बनाउने तयारी छ । ४ हजार मिटर लामो, ६० मिटर चौडाको धावनमार्ग हुनेछ । त्यस्तै, ३ सय मिटर चौडाइ र ४ हजार १ सय २० मिटर लम्बाइको क्षेत्र खाली रहनेछ । चौडापट्टि २ सय ५० मिटर लामो र ५० मिटर चौडा ट्याक्सी वे हुनेछ । 

त्यस्तै, धावनमार्गको समानान्तर हुने गरी ४ हजार मिटर लम्बाइ र ५० मिटर चौडाइ ट्याक्सी वेल बनाइनेछ । अन्तर्राष्ट्रिय टर्मिनल भवन १ लाख स्क्वायर मिटर क्षेत्रफलमा तयार हुनेछ । आन्तरिक टर्मिनल भवन १५ हजार स्क्वायर मिटर क्षेत्रफलमा निर्माण हुनेछ । 

त्रिभुवन विमानस्थलभन्दा तेब्बर ठूलो विमानस्थल पहिलो चरणमै 
पहिलो चरणमा निर्माण हुने विमानस्थल वार्षिक १ करोड ५० लाख यात्रु धन्न सक्ने क्षमताको हुनेछ । विमानस्थलको वरपर ८ किलोमिटर क्षेत्र रहने भएकाले पनि हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा तीन गुणा (तेब्बर) ठूलो विमानस्थल पहिलो चरणमानै तयार हुनेछ । हाल उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दैनिक १ सयभन्दा बढी अन्तर्राष्ट्रिय उडान–अवतरण गर्न सक्दैन । तर, निजगढ अन्तर्राष्ट्रिय विमानस्थले पहिलो चरणमै ३ सय उडान–अवतरण धान्न सक्ने क्षमताको हुनेछ ।

 १० स्थानको अध्ययनपछि छनोटमा निजगढ नै उपयुक्त 
सरकारले सन् १९९५ मा नेप्को परामर्शदाता कम्पनीमार्फत अन्तर्राष्ट्रिय विमानस्थलका लागि उपयुक्त स्थान पहिचान गर्न देशभर अध्ययन गराएको थियो । उक्त परामर्शदाता कम्पनीले बाराको सिमरा, पथलैया, रतनपुर, निजगढ र भरतपुरको शुक्रनगरको अध्ययन गरेको थियो । त्यस्तै भैरहवा, नेपालगन्ज, विराटनगर, पोखरा र दाङको अध्ययन गरेको थियो । यी सबै अध्ययनपछि निजगढ नै उपयुक्त हुने निष्कर्षसहितको प्रतिवेदन सरकारलाई दिइएको थियो । सरकारले ०३७ सालदेखि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्न प्रत्येक वर्ष वार्षिक बजेट र पञ्चवर्षीय र त्रिवर्षीय योजनामा समावेश गर्दै आएको छ । १९९५ मा नेप्कोको अध्ययन प्रतिवेदन प्राप्त भएपछि सरकारले त्यहीँ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने योजनालाई वार्षिक योजनामा समावेश गर्दै आएको छ । 

रूख नकाट्न सर्वोच्चको अन्तरिम आदेश 
यसअघि सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माणका लागि तत्काल रूख कटान नगर्न अन्तरिम आदेश दिएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र कुमार रेग्मीको संयुक्त इजलासले पुस ६ गते यस्तो आदेश दिएको थियो ।  नेपाल सरकारका पूर्वसचिव डा. द्वारिकानाथ ढुंगेल, अधिवक्ता कृष्णप्रसाद भण्डारी, रञ्जुहजुर पाण्डे, डा. विजयकुमारसिंह दनुवार, पंकजकुमार कर्णसमेतले सरकारलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्चले यसतो आदेश जारी गरेको हो । त्यसअघि २० मंसिरमा न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले समेत निजगढ विमानस्थलका लागि रूख कटान नगर्न आदेश दिएको थियो । राणा र रेग्मीको संयुक्त इजलासले उक्त आदेशलाई नै निरन्तरता दिएको थियो । 

निजगढ विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका अनुसार विमानस्थल निर्माण गर्ने २४ लाख ५० हजार ८ सय २१ वटा रूख काट्नुपर्ने उल्लेख थियो । तर, विमानस्थलको काम अघि बढाइरहेको निकाय नागरिक उड्डयन प्राधिकरणले १ लाख १४ हजार रुख काटे पुग्ने गरी विमानस्थलको वैकल्पिक योजना प्रस्तुत गरेको छ । सकेसम्म कम रूख काटिने गरी आयोजना अघि बढाउनुको विकल्प नरहेको प्राधिकरणको भनाइ छ । 

अन्योल चाँडै हट्नेछ 
 योगेश भट्टराई
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री

सम्मानित सर्वोच्च अदालतले वनका रूख तत्काल नकाट्न आदेश दिएको छ । त्यसो हुँदा हामीले रूखबाहेक अन्य विषयका काम सम्बन्धित मन्त्रालय, प्राधिकरण र लगानी बोर्ड मिलेर काम अगाडि बढाएका छौँ । सर्ट लिस्टमा परेको स्विट्जरल्यान्डको कम्पनी जुरिचसँग आर्थिक तथा प्राविधिक प्रस्ताव माग गरेका छौँ । लगानी बोर्डले सोहीअनुसार काम गरिरहेको छ । जुरिचले प्रस्ताव पेस गरेपछि त्यसको अध्ययन मूल्यांकन हुनेछ । निजगढ विमानस्थल निर्माणमा सरकारले अब कुनै पनि कसर बाँकी राख्दैन । एसियाकै हब विमानस्थलका रूपमा निर्माण गर्ने तयारी भएकाले लगानीको कुरा ठूलो हुन्छ । हामीले पहिलो चरणमा लगानीको विषय टुंग्याउँदै छौँ । नयाँ पत्रिकामा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x