कात्तिक १८, २०८०
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
माघ ५, २०७६
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आइतवार अपराह्न ४ बजे सचिवालय बैठक बोलाएको छ । बैठकले सभामुखको उम्मेदवार तय गर्ने बताइएको छ ।
आइतवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले सभामुखकै विषयमा छलफल गरेका थिए ।
यौन दुर्व्यवहारको आरोप लागेपछि असोजको दोस्रो साता तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि प्रतिनिधि सभा सभामुखविहीन बनेको थियो ।
सभामुखका लागि दुवै अध्यक्षले आफूनिकट नेताहरूको दाबी प्रस्तुत गरेका थिए ।
सभामुखको आकांक्षी बनेकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले पार्टीले सभामुखको उम्मेदवार तय गरेपछि राजीनामा बुझाउने बताएकी थिइन् ।
आइतवार बस्ने सचिवालयले उम्मेदवार टुंगो लगाएपछि उपसभामुख तुम्बाहाम्फेले राजीनामा गर्ने अपेक्षा गरिएको छ ।
सभामुखका लागि दुई अध्यक्षबीच शक्ति संघर्ष चलेपछि गतसाता बुधवार प्रचण्डले पार्टीका शीर्षनेतासँग वामदेव गौतमनिवास भैंसेपाटीमा भेला गरेका थिए ।
अध्यक्ष प्रचण्डले वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, संगठन विभाग प्रमुख गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग परामर्श गरेपछि अर्का अध्यक्ष ओलीमाथि सभामुख छोड्न दबाब परेको थियो ।
सभामुखका लागि अग्नि सापकोटा, हरिबोल गजुरेल, सुवासचन्द्र नेम्वाङ, पम्फा भुसाल र देव गुरुङको नाम चर्चामा थियो । उपसभामुख तुम्बाहाम्फे स्वयंले पनि आफूलाई सभामुख बनाउनुपर्ने अडान छाडेकी छैनन् ।
सभामुखका प्रत्यासी गजुरेलले अध्यक्षद्वयले गरेको निर्णय आफूलाई थाहा नभएको बताए ।
लोकान्तरसँग कुरा गर्दै गजुरेलले भने, 'उहाँहरू बसेर तय गर्नुभएको छ । कसको नाममा सहमति जुट्यो, त्यो चाहिँ मैले बुझ्न पाएको छैन ।'
यसअघि गजुरेलले सापकोटालाई प्रस्ताव गरेका थिए भने सापकोटाले गजुरेललाई सभामुख बन्न प्रस्ताव गरेका थिए ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीमाथि दबाब परेपछि उनले सभामुख पूर्वमाओवादीकै भएपनि हुने तर सरकार सञ्चालनमा पूर्ण सहयोग हुनुपर्ने शर्त राखेको स्रोतले दाबी गरेको छ ।
अध्यक्षद्वयको पछिल्लो छलफलपछि सभामुखमा सापकोटाको चर्चा बढेको छ ।
सापकोटाले शनिवार अपराह्न अध्यक्ष प्रचण्डलाई भेटेका थिए । स्रोतको दाबीअनुसार प्रचण्डले सापकोटालाई तयार रहन आग्रह गरेका थिए ।
‘अग्नि सापकोटालाई सभमुख बनाउने विषयमा लगभग सहमति जुटेको छ, सचिवालय बैठकले आधिकारिक निर्णय गर्नेछ’ प्रचण्ड निकट स्रोतले लोकान्तरसँग भन्यो ।
सापकोटाको नाममा प्रचण्डले लामो समय देखि अडान लिएका थिए । सभामुखको उम्मेदवारलाई लिएर अर्का अध्यक्ष ओलीसँग तनाव बढेको समयमा प्रचण्ड 'रिफ्रेसमेन्ट'का लागि सापकोटासँग सिन्धुपाल्चोकको गाउँमा पुगेका थिए ।
पार्टीमा अप्ठेरो परेको समयमा प्रचण्डले सापकोटासँग परामर्श गर्ने गरेका छन् । पछिल्ला तीनवटा निर्वाचनमा लगातार प्रत्यक्ष निर्वाचित हुने नेकपाका सीमित नेतामा उनी पर्छन ।
२०६४ सालको संविधानसभा, २०७० सालको संविधानसभा र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा सापकोटा लोकप्रिय मतका साथ सिन्धुपाल्चोकबाट विजयी भएका थिए । राजनीतिमा लाग्नुपूर्व उनी शिक्षक थिए ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...