पुस २७, २०८०
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
शिरडी साई बाबाको जन्मस्थानका विषयमा विवाद हुँदा शिरडी शहर बन्द गराइएको छ । बजार पूरै शून्य छ । पसलहरू बन्द छन् । सडकमा एकर्दुजना मात्र हिँडेका देखिन्छन् ।
साईबाबा मन्दिरका पुजारीहरूले बन्द भए पनि मन्दिर खुला रहने बताएका छन् । महराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले साईबाबाको जन्मस्थानका विषयमा उठेको विवाद समाधान गर्न कुराकानी गर्ने इच्छा देखाएका छन् ।
ठाकरेले परभणी जिल्लाको पाथरीमा साईबाबासँग जोडिएको स्थानमा सुविधाहरूको विकासका लागि १०० करोड भारु छुट्ट्याउने घोषणा गरेपछि विवाद उठेको हो । केही श्रद्धालुहरू पाथरीलाई साईबाबाको जन्मस्थान मान्छन् भने शिरडीका मानिस चाहिँ उहाँको जन्मस्थान अज्ञात रहेको बताउँछन् ।
परभणी जिल्लाको पाथरी शिरडीभन्दा लगभग २७५ किलोमिटर टाढा छ । ठाकरेले साईबाबाको जन्मभूमि त्यही भएको बताउँदै विकासका लागि भारी रकम छुट्ट्याएका हुन् ।
त्यसो त साईबाबाको जन्मका विषयमा प्रस्ट जानकारी कसैलाई पनि छैन तर उहाँ शिरडी आएर बसेको र त्यहीँको स्थायी निवासी बनेको बताइन्छ । त्यसपछि शिरडी नगर नै साईबाबाको नामबाट प्रसिद्ध भयो ।
शिरडी साई ट्रस्टका कार्यकर्ताहरूले पाथरीको विकासप्रति आपत्ति नरहेको तर त्यसलाई साईको जन्मभूमि भन्नु ठीक नहुने उनीहरूको भनाइ छ । उद्धव ठाकरेको बयानपछि शिरडीवासीहरू मर्माहत भएर शिरडी बन्द आह्वान गरेका हुन् ।
एजेन्सी
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...