मंसिर १६, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
माघ ५, २०७६
संसदको पहिलो दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखको उम्मेदवार टुंगो लगाएपछि प्रतिनिधि सभाले सभामुख पाउने बाटो खुलेको छ ।
नेकपा अनिर्णित बन्दा लामो समयदेखि प्रतिनिधि सभा सभामुखबिहीन बनेको थियो ।
नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सभामुखको उम्मेदवारमा सहमति भएपछि यसैसाता सभामुख निर्वाचनको तयारीमा संघीय संसद सचिवालय जुटेको छ ।
अध्यक्षद्वयबीच सिन्धुपाल्चोकबाट प्रत्यक्ष निर्वाचित सांसद अग्नि सापकोटालाई सभामुख बनाउने सहमति भएको नेकपा स्रोतले लोकान्तरलाई जानकारी दियो । अध्यक्षद्वयबीच भएको सहमति अनुमोदनका लागि आइतवार अपरान्ह नेकपा सचिवालय बैठक बस्दैछ ।
नेकपाले सभामुखको उम्मेदवार घोषणा गर्नासाथ प्रतिनिधि सभाले सभामुख निर्वाचनको आन्तरिक गृहकार्य थाल्ने भएको छ । पटक-पटक सूचना टाँसेर स्थगित भई सोमवारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकमा सभामुख निर्वाचनको कार्यसूची छ ।
‘नेकपाले सभामुखको उम्मेदवार टुंगो लगाएमा भोलि सभामुख निर्वाचन कार्यतालिका प्रकाशित गर्ने तयारी छ’ सचिवालय स्रोतले लोकान्तरसँग भन्यो, ‘सोमवारको बैठकबाट सभामुख निर्वाचनका लागि निर्वाचन अधिकृत तोक्ने सम्भावित कार्यसूची छ ।’
दलहरुबीच सहमति भएमा मंगलवारका लागि उम्मेदवारको नाम दर्ता र अन्तिम नामावली प्रकाशित गर्ने तथा बुधवारको बैठकबाट सभामुखको लागि मतदान गर्ने तयारी संसद सचिवालयले गेरको छ ।
नेकपाले सभामुखको उम्मेदवार टुंग्याएपछि उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजीनामाको तयारी गरेकी छन् ।
यसअघि आफूलाई नै सभामुखको उम्मेदवार बनाउन माग गर्दै उनले पार्टीले सभामुख उम्मेदवार टुंगो लगाएपछि मात्र राजीनामा दिने बताएकी थिइन् । नेपाली कांग्रेसले भने अहिलेसम्म सभामुखको उम्मेदवार टुंगो लगाएको छैन ।
सचेतक पुष्पा भुसाल या पूर्व उपसभामुख चित्रलेखा यादवलाई सभामुखको उम्मेदवार बनाउने कांग्रेसको तयारी छ ।
पढ्नुहोस् यो पनि -
सभामुखमा सुवास नेम्वाङको च्याप्टर क्लोज, अब प्रचण्डले जो चाह्यो त्यही
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...