×

NMB BANK
NIC ASIA

सभामुखको उम्मेदवार छान्न बालुवाटारमा नेकपा सचिवालय बैठक

माघ ५, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

प्रतिनिधि सभाको सभामुख उम्मेदवार छान्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

नेकपा सचिवालयका ९ सदस्यमध्ये प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशबाहेक ८ सदस्य सहभागी बैठकले पार्टीका तर्फबाट प्रतिनिधि सभा सभामुखको उम्मेदवारबारे निर्णय गर्नेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रवक्ता श्रेष्ठ राष्ट्रिय सभाको आसन्न निर्वाचनमा उम्मेदवार बनेकाले चुनावी प्रचारमा छन् । 


Advertisment
Nabil box
Kumari

सचिवालय बैठकअघि अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहान भएको छलफलमा सिन्धुपाल्चोकबाट प्रत्यक्ष निर्वाचित सांसद अग्नि सापकोटालाई उम्मेदवार बनाउने सहमति भएको थियो । 

Vianet communication
Laxmi Bank

दुई अध्यक्षबीच भएको सहमति अनुमोदनका लागि सचिवालयको बैठक बोलाइएको हो । सचिवालय बैठकले सापकोटाको नाम सभामुखको उम्मेदवारका रूपमा अनुमोदन गर्ने नेकपा स्रोतले बतायो । 

यसअघि पुस २६ गते बसेको सचिवालय बैठकले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गर्न आग्रह गरेको थियो तर आफैंलाई सभामुख बनाउनुपर्ने अडानसहित सचिवालयको निर्णयलाई उपसभामुख तुम्बाहाम्फेले चुनौती दिएकी थिइन् । 

नेकपाले सभामुखको उम्मेदवार छान्न नसक्दा पटक–पटक सूचना टाँसेर स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ ।

नेकपाले सभामुखको उम्मेदवार छान्नेलगत्तै सभामुख निर्वाचन प्रक्रिया अगाडि बढाउने संसद् सचिवालयको तयारी छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x