माघ १८, २०८०
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
माघ ५, २०७६
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभाको सभामुखका लागि स्थायी कमिटी सदस्य समेत रहेका सांसद अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको सचिवालय बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।
सचिवालय बैठकअघि अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बिहान भएको छलफलमा सिन्धुपाल्चोकबाट प्रत्यक्ष निर्वाचित सांसद सापकोटालाई उम्मेदवार बनाउने सहमति जुटेको थियो ।
दुई अध्यक्षबीच भएको सहमति अनुमोदनका लागि सचिवालयको बैठक बोलाइएको थियो ।
यसअघि पुस २६ गते बसेको सचिवालय बैठकले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गर्न आग्रह गरेको थियो ।
को हुन्, सापकोटा ?
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ४ कुभिन्डेका स्थायी बासिन्दा अग्निप्रसाद सापकोटा उमेरले आगामी फागुनमा ६२ वर्ष टेक्दैछन् ।
उनका बुबा धनपति सापकोटा र आमा तिलमाया सापकोटा हुन् ।
अग्निका श्रीमती र तीन छोरा छन् । २०७४ सालको आमनिर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सापकोटा अहिले संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य छन् ।
पार्टी एकीकरण नहुँदासम्म तत्कालीन माओवादी केन्द्रमा कार्यालय सदस्य रहेका थिए । २०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादी एकीकरण भएपछि भने उनको घटुवा भयो ।
सापकोटा अहिले स्थायी कमिटी सदस्य छन् ।
सापकोटाले सिन्धुपाल्चोककै श्रीकृष्ण विद्याश्रमबाट एसएलसीसम्मको अध्ययन गरेका थिए । एमएसम्मको अध्ययन गरेका सापकोटाले एसएलसीपछि सबै तह प्राइभेट अध्ययन गरेको संसद् सचिवालयमा रहेको उनको परिचयात्मक भिडियोमा उल्लेख छ ।
सापकोटाले २०२९ सालदेखि विद्यार्थी राजनीति शुरू गरेका थिए । २०३२ सालमा उनी शिक्षक भए ।
त्यसपछि उनी शिक्षकको राजनीतिबाट उदाए । २०३६ सालको जनमत संग्रहपछि सापकोटा शिक्षक संघर्ष समितिको केन्द्रीय उपाध्यक्ष हुँदै महासचिवसम्म बने ।
२०४८ सालमा सापकोटाले शिक्षकबाट राजीनामा गरेर पूर्णकालीन राजनीतिमा होमिए । त्यसपछि उनी जनमोर्चाको केन्द्रीय सदस्य बने ।
२०५१ सालमा गठन भएको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा केन्द्रीय सदस्यका रूपमा आएपछि २०५२ साल फागुन १ गतेबाट शुरू भएको जनयुद्धमा उनी भूमिगत बने ।
बढी विचार गर्ने र कम बोल्ने नेताका रूपमा उनले तत्कालीन माओवादीभित्र आफ्नो प्रभाव विस्तार गर्दै लगेका थिए ।
सापकोटालाई हेटौंडा महाधिवेशनले पोलिटब्यूरो सदस्य बनायो भने विराटनगर सम्मेलनले स्थायी समिति सदस्य बनायो । '२०६२ सालको ठोकर्पामा भएको भीडन्तमा मेरो शरीरमा एम १६ को ३ वटा गोली लागेको थियो,' सापकोटाले आफ्नो परिचयात्मक भिडियोमा भनेका छन् ।
उनी शिक्षक संघर्षका सन्दर्भमा पटक-पटक जेल बसेका नेता हुन् ।
२०४२ साल वैशाखमा तत्कालीन पञ्चायती सरकारले उनलाई गिरफ्तार गरेर ५ महिना जेल राखेको थियो । सापकोटा भन्छन्, 'जेल जाने–आउने काम नियमित जस्तै थियो मेरा लागि ।'
सिन्धुपाल्चोकले उनलाई दुईपटकको संविधान सभा निर्वाचन र त्यसपछिको आम निर्वाचनमा जिताएर काठमाडौं पठाएको छ । पहिलो र दोस्रो संविधान सभामा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका सापकोटा २०७४ सालको आम निर्वाचनमा क्षेत्र नम्बर १ बाट विजयी बनेका थिए ।
सापकोटा दुईपटक मन्त्रीसमेत बनेका छन् । २०६८ सालको वैशाखमा सूचना तथा सञ्चारमन्त्री बनेका सापकोटा २०७२ सालको कात्तिकमा वन तथा भू-संरक्षणमन्त्री बनेका थिए ।
उनी आफूलाई विचारसँग लगाव भएको नेताका रूपमा चित्रण गर्छन् ।
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...