सेनाले अघि सारेको एकीकरण मार्ग पर्यटनका निम्ति महत्वपूर्ण : उपप्रम पोखरेल

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले  ‘एकीकरण मार्ग कार्यक्रम’ ले मुलुकको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन्।

नेपाली सेनाले मुख्यालयमा आयोजना गरेको एकीकरण मार्गसम्बन्धी तीन दिवसीय ‘एकीकरण मार्ग कार्यक्रम बृहत् सेमिनार’ को समापन समारोहमा आइतबार मन्त्री पोखरेलले नेपाल राष्ट्र एकीकरणको सिलसिलामा प्रयोग भएको ऐतिहासिक सम्पदा र धरोहरलाई समेटेर निर्माण गरिने एकीकरण मार्गले सिंगो मुलुक र जनतालाई राष्ट्रिय एकताको भावना जगाउन अभिप्रेरित गर्ने बताए।


Advertisement

उपप्रधानमन्त्री पोखरेलले सरकारको नीति तथा कार्यक्रममा समाविष्ट एकीकरण मार्गको प्रभावकारी रुपमा प्रवर्द्धन गर्दै मुलुकको आर्थिक समृद्धिसँग जोड्ने गरी आगामी कार्यक्रम अघि बढाइने उल्लेख गरे।

नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहले शुरु गरेको एकीकरण अभियानमा योद्धाहरुले हिँडेको बाटो, बनाएका दरबार, किल्ला तथा गढीलाई एकआपसमा जोडेर राष्ट्रिय एकताको भावना जागृत गर्ने उद्देश्यले नेपाली सेनाले एकीकरण मार्ग बनाउन लागेको हो ।
एकीकरण मार्गका संयोजक उपरथी सुवर्णबहादुर शाहले राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्ने उपयुक्त माध्यम एकीकरण मार्ग कार्यक्रम भएको र यो ऐतिहासिक पर्यटन प्रवद्र्धनमा कोसेढुङ्गा सावित हुने बताए।


Advertisement


महासेनानी कृष्णप्रसाद भण्डारीले बृहत् सेमिनारले एकीकरण मार्गको आगामी कार्यक्रमलाई दिशाबोध गर्न फलदायी भएको बताए।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्