×

NMB BANK
NIC ASIA

मौसम खुलेपनि तराईमा हुस्सु र कुहिरोको सम्भावना, थाहा पाउनुस् २४ घन्टाकाे पूर्वानुमान

माघ ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

गत बिहीबार र शुक्रबार देशभर वर्षा भएकोमा शनिबार यता मौसममा सुधार आएको छ। आइतबार काठमाडौँ उपत्यकासहित देशभर घाम लागेको थियो। यद्यपि, आइतबार काठमाडौँमा मध्यान्न पश्चात बादल लागेपछि चिसो बढेको थियो।

Sagarmatha Cement
Muktinath Bank


मौसम पूर्वानुमान महाशाखाका अनुसार  पश्चिमी लगायत मध्य तथा पूर्वका पहाडी क्षेत्रमा सामान्य बदली रहेको छ। बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ।  मध्य र पूर्वी तराईका केही स्थानमा हुस्सु र कुहिरो समेत लागेको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महाशाखाका अनुसार सोमबार  पश्चिम र मध्यका उच्च पहाडी भेगमा हल्कादेखि  मध्यम हिमपातको सम्भावना छ।


Advertisment
Nabil box
Kumari

त्यस्तै मंगलबार दिउँसो  देशका अधिकांश क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। यो दिन पश्चिमी र मध्य भेगका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको र मध्य तथा पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Vianet communication
Laxmi Bank

घाम लाग्न थालेपछि बाक्लो कुहिरो हट्दै गएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। 

तर तराईका केही स्थानमा हुस्सु र कुहिरो समेत रहने भएकोले चिसोबाट बच्न महाशाखाले अनुरोध गरेको छ।  यो अवधिमा उच्च हिमाली भेगका हिमपातको सम्भावना छ।

यस्ताे छ तीन दिनकाे माैसमकाे पूर्वानुमान

आइतबार 

रातीःदेशको पश्चिमी भूभागमा आंशिक बदली रही मध्य तथा पूर्वका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। मध्यका पहाडी भूभागका एक-दुई स्थानहरूमा र पूर्वी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।

 सोमबार 

दिउँसो : पश्चिमी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहेनछ भने देशका मध्य र पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। पश्चिम र मध्यका उच्च पहाडी भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

 रातीः देशका पश्चिमी भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। पूर्व र मध्यका तराई भूभागमा मौसम सामान्यतया सफा रहनेछ। मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना छ।

मंगलबार 

दिउँसो :देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। पश्चिमी र मध्य भेगका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना छ।
 

रातीः  देशको पूर्वी भूभागमा सामान्यदेखि पूर्ण बदली रही मध्य तथा पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना छ।

 आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
उच्च हिमाली भेगका हल्का हिमपात हुने सम्भावना रहेको साथै तराईका केही स्थानहरुमा हुस्सु,कुहिरो समेत रहने भएकोले चिसोबाट बच्न सर्वसाधारणलाई अनुरोध छ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x