×

NMB BANK
NIC ASIA

मूल्य वृद्धिदर ६.५५ प्रतिशत

माघ ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

गत मंसिरमा बजार भाउ (मूल्य वृद्धिदर) ६.५५ प्रतिशत बढ्यो । गत वर्षको पाँच महिनाको तुलनामा यो करिब २.८४ प्रतिशत विन्दुले बढी हो । उक्त अवधिमा खाद्य तथा पेय पदार्थको मूल्य वृद्धिदर करिब १० प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ४.१० प्रतिशत बढेपछि मंसिरमा मूल्य वृद्धिदर अकासिएको राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको पाँच महिनाको समग्र आर्थिक तथा वित्तीय स्थितिमा उल्लेख छ ।

Sagarmatha Cement
Muktinath Bank

‘तरकारी, मसला, फलफूल र दाल तथा गेडागुडी उपसमूहको मूल्य वृद्धि उच्च छ,’ राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ, ‘शिक्षा, लुगा तथा जुत्ता र फर्निसिङ तथा घरायसी उपकरण उपसमूहको मूल्य बढेको छ ।’ पाँच महिनाको अवधिमा बजार मूल्य वृद्धिदरमा निकै उतारचढाव देखियो । गत साउनमा वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ६.९५ प्रतिशत थियो । भदौमा केही घटेर ६.१६ प्रतिशत रहेको मूल्य वृद्धिदर असोजमा ६.२१ प्रतिशत रह्यो । कात्तिकमा फेरि यस्तो वृद्धिदर घटेर ५.७६ प्रतिशतमा झर्‍यो । यो सुधार धेरै दिन टिकेन । कात्तिकमा मूल्य वृद्धिदर ०.७९ प्रतिशत विन्दु बढेर ६.५५ प्रतिशतमा उक्लियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बजारमा मूल्य वृद्धिदर निरन्तर बढ्नु नयाँ होइन । वस्तु तथा सेवाको मूल्य दिनहुँजसो उच्च दरले बढिरहेको छ । विगतमा पनि यस्तै थियो । तर विगतमा सरकारी तथ्यांकले मूल्य वृद्धिदर बढेको पुष्टि गर्न अप्ठ्यारो थियो । किनकि तथ्यांकमा मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहँदै आएको थियो । चालु आर्थिक वर्षको सुरुवातसँगै परिस्थिति बदलिएको छ । यस वर्षका सबै महिनामा मूल्य वृद्धिका तथ्यांक पनि बढेर आएका छन् । तथ्यांकले बजार भाउ अचाक्ली महँगिएको पुष्टि हुने विज्ञहरू बताउँछन् ।


Advertisment
Nabil box
Kumari

मूल्य वृद्धि हुँदा सरकारद्वारा लक्षित आर्थिक वृद्धिदर प्राप्तिमा पनि असर पर्ने उनीहरूको भनाइ छ । यो वर्ष सरकारले साढे ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य तय गरेको छ । सो लक्ष्य प्राप्तिका लागि सरकारी खर्च बढाउनुपर्ने र त्यसले मूल्य वृद्धिमा झनै दबाब पार्ने विज्ञहरूको भनाइ छ । आन्तरिकभन्दा पनि बाह्य कारणले मूल्य वृद्धि दबाबमा रहेको विज्ञहरू बताउँछन् ।

Vianet communication
Laxmi Bank

पछिल्ला महिनामा भारतमा मूल्य वृद्धि बढ्दो क्रममा छ । त्यसको असर नेपालमा पनि परेकाले मूल्य वृद्धि अकासिएको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले बताए । ‘नेपालको मूल्य वृद्धि आपूर्ति पक्ष वा आयातित हो,’ उनले भने, ‘मागका कारणले मूल्य बढको भए मौद्रिक उपरकरणमार्फत नियन्त्रणका उपाय निकाल्न सकिन्थ्यो ।’ नेपालको अधिकांश व्यापार भारत केन्द्रित भएकाले त्यहाँको मूल्य वृद्धिको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको हो । ‘पछिल्ला महिनामा आयात बढ्दो छ, धेरै आयात भारतबाटै हुन्छ,’ उनले थपे, ‘भारतमा मूल्य वृद्धि तत्काल घट्ने सम्भावना छैन । यसकारण आउँदा दिनमा नेपालको मूल्य वृद्धि पनि दबाबमा रहन सक्छ ।’

राष्ट्र बैंकका अनुसार गत मंसिरमा तरकारीको मूल्य वृद्धिदर सबैभन्दा बढी ४२.२१ प्रतिशत छ । यस्तै मसलाको मूल्य वृद्धिदर करिब १५ प्रतिशत, रक्सीजन्य पेयपदार्थको १०.०४ प्रतिशत, सुर्तीजन्यको ९.७१ प्रतिशत र फलफूलको ८.६० प्रतिशत बढेको छ । गत वर्षको तुलनामा गत मंसिरमा रक्सीजन्य पेयपदार्थ र सुर्तीजन्य वस्तुको बाहेक उल्लिखित सबै वस्तुको मूल्य वृद्धिदर बढेको हो । यी वस्तुलाई खाद्य तथा पेय समूहमा राखिएको छ ।

खाद्यको तुलनामा गैरखाद्य वस्तुको मूल्य वृद्धिदर भने कम मात्र बढेको छ । मंसिरसम्म लुगा तथा जुत्ताको मूल्य ५.४४ प्रतिशत, घरायसी सामग्रीको ४.६० प्रतिशत र शिक्षाको ५.९४ प्रतिशतले बढेको छ ।

भुक्तानी सन्तुलनामा सुधार
गत आर्थिक वर्षका सबै महिना ऋणात्मक रहेको भुक्तानी सन्तुलन (शोधनान्तर) यो वर्षको पाँचौं महिनामा पनि बचतमा छ । मुलुक भित्रिने र बाहिरिने मुद्राको अवस्था मापन गर्ने सूचक शोधनान्तर हो । मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम धेरै भएमा शोधनान्तर ऋणात्मक हुन्छ । बाहिरिनेभन्दा भित्रिने रकम धेरै भएपछि शोधनान्तर स्थिति बचतमा हुन्छ ।

राष्ट्र बैंकका अनुसार गत मंसिरमा शोधनान्तर २३ अर्ब ३० करोड रुपैयाँले बचतमा छ । कात्तिकको तुलनामा शोधानान्तर बचत थोरै घटेको हो । अघिल्लो वर्षको पाँच महिनामा यो ८५ अर्ब ३२ करोड घाटामा थियो । ‘अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको पाँच महिनामा ७५ करोड १ लाखले घाटामा रहेकामा समीक्षा अवधिमा २० करोड ५९ लाखले बचतमा छ,’ राष्ट्र बैंकले भनेको छ ।
गत वर्षको तुलनामा यो वर्ष वैदेशिक ऋण सहायता परिचालन दोब्बरभन्दा बढी पुगेको छ । चालु आवको पाँच महिनामा ३४ अर्ब ५ करोड रुपैयाँ वैदेशिक ऋण सहायता परिचालन भएको छ । गत वर्षको सोही अवधिमा यस्तो ऋण परिचालन १५ अर्ब ७६ करोड रुपैयाँ थियो । यही कारण यो वर्ष शोधनान्तर स्थितिमा सुधार भएको राष्ट्र बैंकले जनाएको छ ।

शोधनान्तर स्थितिमा सुधार भए पनि चालु खाता घाटामा भने सुधार आउन सकेको छैन । राष्ट्र बैंकका अनुसार गत मंसिरमा चालु खाता ७० अर्ब ३२ करोड घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १ खर्ब १९ अर्ब ३३ करोड थियो ।

३ खर्ब ७७ अर्ब रेमिट्यान्स
गत मंसिरमा रेमिट्यान्समार्फत ३ खर्ब ७६ अर्ब ९९ करोड रुपैयाँ नेपाल भित्रिएको छ । गत वर्षको तुलनामा यो ०.१ प्रतिशत बढेको हो । अघिल्लो वर्षको मंसिरमा रेमिट्यान्स आप्रवाह ३१.९ प्रतिशत बढेको थियो । ‘अमेरिकी डलरमा रेमिट्यान्स ०.७ प्रतिशत वृद्धि भएको छ,’ राष्ट्र बैंकले भनेको छ, ‘अघिल्लो वर्ष यस्तो आप्रवाह १९.२ प्रतिशत बढेको थियो ।’
निक्षेपभन्दा कर्जा बढी

गत मंसिरमा पनि बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन दरभन्दा कर्जा वृद्धिदर उच्च छ । पाँच महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ४.० प्रतिशत बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ६.२ प्रतिशत बढेको थियो । वार्षिक विन्दुगत आधारमा ०७६ मंसिरसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप १५.६ प्रतिशत बढेको छ ।

मंसिरसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जा ६.२ प्रतिशत बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १०.२ प्रतिशत बढेको थियो । वार्षिक विन्दुगत आधारमा ०७६ मंसिरसम्ममा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १५ प्रतिशत बढेको छ । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x