×

NMB BANK
NIC ASIA

हिमपहिरोमा बेपत्ताको जमिनबाट खोजी कठिन, हराएकाको अवस्था अझै अज्ञात

माघ ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ को हिमालय र देउरालीको बीचमा पर्ने हिङ्कुखोलामा गएको हिमपहिरोमा हराएका ४ कोरियाली र ३ नेपाली पर्यटकको सिम्रिक एयरको हेलिकप्टरले आइतबार उद्धार टोलीसहित खोजी गरेको छ।

Muktinath Bank

रेक्को डिभाइसले हराएकाहरूको मेटल सिग्नल पाएको उद्धार टोली कोअर्डिनेटर सुरज पौडेलले जानकारी दिए। सिम्रिक एयरका पाइलट आनन्द थापा उद्धार टोलीका प्राविधिक छिरिङ डेन्डुप भोटे, आङतासी शेर्पा र पौडेलसहितको टोलीले आइतबार दिउँसो ३ बजेदेखि हिमपहिरो गएको हिङ्कु खोलामा मानिसको सिग्नल पाएको उनले जानकारी दिए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रेक्को हराएका मानिस खोजी गर्ने विशेष यन्त्र हो। स्विट्जरल्यान्डमा तालिम लिएका सिम्रिक एयरका पाइलट थापासहितको टोलीले दिउँसो ३ बजेदेखि ५ बजेसम्म खोजी गरेको थियो। हिङ्कु खोला क्षेत्रमा ठूलो हिमपहिरो रहेको पनि उनले बताए। सोमबार पनि यही प्रक्रियाअनुसार फेरि खोजी गरिने उनले बताए।


Advertisment
Nabil box
Kumari

मौसमका कारण जमिनबाट खोजी गर्न सकिएको छैन। शनिबार बेलुकी फेरि हिमपात भएकाले पुनः पहिरो गएको र आइतबार दिउँसो १२ बजेदेखि पुनः हिम परेकाले खोजीकार्य अवरुद्ध भएको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ का वडाध्यक्ष हिमबहादुर गुरुङले जानकारी दिए।

Vianet communication
Laxmi Bank

ठूलो हिमपहिरो गएको र पहिरो गएको ठाउँ साँघुरो र जोखिमयुक्त भएकाले जमिनबाट खोजी गर्न कठिन भएको टे«किङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष हरि भुजेलले बताए। प्रहरी र स्थानीय बासिन्दा पहिरो क्षेत्रतर्फ रहे पनि हिउँ परिरहेकाले खोजीमा समस्या परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए।

ली मिन सु, किम सुक जा, जोङ पिल बोङ र चोई ह्यो वोन गरि चार जना कोरियाली र नेपाली पथप्रदर्शक सरोज परियार र २ सहयोगी मिनबहादुर लामा (तामाङ) तथा छिरिङ भोटे पहिरोपछि सम्पर्कविहीन छन्।

चार चिनियाँ सम्पर्कमा

अन्नपूर्ण फेरोको पदयात्रा जाने क्रममा मनाङबाट सम्पर्कविहीन भएका दुई महिला र दुई पुरुष गरि ४ जना चिनियाँ पर्यटक सम्पर्कमा आएका छन्। उनीहरू मुस्ताङबाट थोरङ पास हुँदै मनाङ झरेर पदयात्रा पूरा गरी पोखरा आइसकेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का सूचना अधिकारी ऋषि बरालले जानकारी दिए। मनाङ निस्याङ गाउँपालिका–९ स्थित एक्याप चेकपोस्टमा पुस २७ गते इन्ट्री भएका उनीहरू शनिबारसम्म सम्पर्कमा नआउँदा प्रहरी र स्थानीयले खोजी गरेका थिए।

एक्याप प्रमुख राजकुमार गुरुङले ४ विदेशी पर्यटक र ३ नेपालीसहित ७ जनाबाहेक अन्य हराएको सूचना नआएको बताए। अन्नपूर्ण पदयात्रा क्षेत्रमा जाने पर्यटकको अवस्थाबारे विभिन्न चेक पोस्टबाट जानकारी लिइरहेको र थप पर्यटक हराएको सूचना नपाएको उनले बताए।

यो सिजनमा सबैभन्दा धेरै नेपाली र विदेशी गरेर सयदेखि डेढ सयको हाराहारीमा अन्नपूर्ण आधार शिविर जाने गरेको उनले बताए। अन्नपूर्ण फेरोको पदयात्रामा दैनिक १५÷२० जना जाने गरेको मनाङको धारापानी चेकपोस्टकी सुमी गुरुङले जानकारी दिइन्। उनीहरूलाई पुस र माघ महिनामा जोखिम क्षेत्र तिलिचोको पदयात्रामा जान रोक लगाइएको पनि उनले सुनाइन्।

एक्लै जाने पर्यटकको अवस्था अज्ञात

गाइड वा भरिया नलिइ एक्लै पदयात्रामा जाने विदेशी र नेपाली पर्यटक हिमपहिरो खस्दा उनीहरूको खोजीमा विशेष ध्यान दिनुपर्ने पर्यटन व्यवसायीले बताएका छन्।

ट्रेकिङ एजेन्सीबाट गाइड र भरिया लिएर जाने विदेशी र नेपाली पर्यटकको अवस्थाबारे कम्पनी र गाइडले दैनिक सूचना आदानप्रदान गर्ने भएकाले उनीहरूको अवस्था बेलैमा थाहा हुने भए पनि बिनागाइड एक्लै जानेको अवस्था अज्ञात हुने टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पोखराका उद्धार संयोजक दीपकराज अधिकारीले बताए।

यस्तो हिमपात र पहिरो जाँदा अरु धेरै सम्पर्क बाहिर रहेको हुन सक्ने भएकाले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र सरकारले विशेष खोजी गर्नुपर्ने टान पोखराका अध्यक्ष हरि भुजेलले बताए। ‘हामीले पनि आफ्ना तर्फबाट खोजी गरिरहेका छौं। सम्बन्धित निकायले पनि भिजिट नेपाल २०२० भनेर पर्यटकलाई बोलाउने तर आपत्बिपत् पर्दा खोजी गर्न ढिलासुस्ती गर्न हुँदैन,’ उद्धार संयोजक अधिकारीले बताए। संघीय र प्रदेश सरकारले पनि खोजी गर्नुपर्नेमा नगरेको पर्यटन व्यवसायीले गुनासो गरेका छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x